५ वर्षअघि सकिनु पर्ने मध्यपहाडी लोकमार्गको काम यसवर्ष पनि नसकिने, ४ वर्ष थप्ने तयारी « Eglish Khabarhub

५ वर्षअघि सकिनु पर्ने मध्यपहाडी लोकमार्गको काम यसवर्ष पनि नसकिने, ४ वर्ष थप्ने तयारी


५ आश्विन २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने भनिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माण थप समय लाग्ने भएको छ ।

सरकारको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको आयोजना पूरा गर्न थप चार वर्ष लाग्ने भएको छ । आयोजनाका निर्देशक हरिकुमार पोखरेलकाअनुसार तोकिएको समयमा काम सक्न नसक्ने अवस्था देखिएकाले अझैं चार वर्षको समय थप हुनसक्ने बताए‍ । हाल लोकमार्गअन्तर्गत ६२० किलोमिटर सडक र ४४ वटा पुलको काम सम्पन्न हुन बाँकी नै छ ।

आर्थिक वर्ष २०६४/०६५ मा निर्माण शुरु भएको लोकमार्ग पछिल्लो पटक २०७४/०७५ मा सम्पन्न हुनुपर्ने थियो । तर, सो अवधिमा सम्पन्न नभएपछि लोकमार्ग निर्माणका लागि समय लम्ब्याएर २०७९/०८० मा सम्पन्न गर्ने भनिएको थियो ।
तर, संशोधित कार्यतालिकामा पनि लोकमार्गको निर्माणको काम सम्पन्न नहुने भएको छ ।

आयोजना निर्देशनालयका प्रवक्ता सुरजहरी अधिकारीकाअनुसार हालसम्म लोकमार्ग निर्माणको क्रममा १४१७ मध्ये ७९९ किमि सडक कालोपत्रे भएको छ । जसमध्ये गत आवमा १४३ किमि सडक कालोपत्रे भएको थियो । यसमध्ये गोरखामा ८ किमि, पर्वतमा १७ किमि र दैलेखमा ९२.४ किमि सडक कालोपत्रे भएको हो ।

त्यस्तै, १२९ मध्ये हालसम्म ९३ वटा पुल सम्पन्न भएका छन् । गत आवमा भने तीन वटा मात्रै पुल निर्माण भएको छ । आयोजनाको निर्देशनालयकाअनुसार गत आवमा गोरखाको जराङ खोला पुल, खोटाङको दाउन्ते खोला पुल र धनकुटाको माङमाया खोला पुलको निर्माण सम्पन्न भएको छ ।

संशोधित निर्माण अवधीअनुसार आव २०७९/०८० मा सम्पन्न हुनुपर्ने पुष्पलाल (मध्य पहाडी) लोकमार्ग आयोजनाका लागि हालसम्म ५८ अर्ब ७५ करोड रकम खर्च भइसकेको छ । हाल निर्माणाधीन ४१५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ भने २५ वटा पुलको काम पनि भइरहेको छ । गत आवमा ठेक्का व्यवस्थापन हुन बाँकी रहेको २०५ किमि सडकको हाल डीपीआर तयार गरेर ठेक्का लगाइएको छ ।

‘निर्माणाधीन रहेका सडक र पुलको काम अहिले भइरहेको छ,’ आयोजनाका प्रमुख पोखरेलले भने, ‘अहिले ७ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ ।’ पूर्व निर्धारित समयमा लोकमार्गको काम सम्पन्न नहुने भएपछि थप चारवर्ष लगाएर मात्रै काम सक्ने अवस्था रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘पोखरा क्षेत्रको लोकमार्ग निर्माण हुने ठाउँमा पुनः काम गर्नुपर्ने देखिएको छ । विगतमा गरिएको योजनाअनुसार केही ठाउँहरु छुटेका छन् । अन्य ठाउँमा पनि थुप्रै काम हुन बाँकी छ । त्यसैले तोकिएकै मितिमा लोकमार्गको काम सक्ने अवस्था देखिँदैन् ।’

महालेखा परीक्षकको कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा आयोजनलााई संशोधित कार्यातालिकाअनुसार नै सक्नुपर्ने भनिएको थियो । तर, भइरहेको कामको गति र अन्य कारणहरुले चालु आवमा काम नसकिने देखिएको छ ।

आयोजनाको निर्देशनालयले जनाएअनुसार समयमा ठेक्का व्यवस्थापन नहुनु, जग्गा प्राप्तिलगायतका विषयमा समस्या हुनु, बिनियोजित बजेट अपुग हुनेजस्ता कारणहरुले गर्दा आयोजना समयमा पूरा नहुने अवस्था सिर्जना भएको हो ।

राष्ट्रिय योजना आयोगको प्रतिवेदनले सडक सीमा निर्धारण नभएकाले र मुआब्जा दिने प्रचलन नरहेकाले जग्गा प्राप्तिमा समस्या हुने, जग्गा अधिग्रहण हुन नसक्ने अवस्था सिर्जना हुने, मुआब्जा वितरण नहुँदा रेखांकनमा पनि विवाद सिर्जना हुने जस्ता समस्या मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा देखिएका छन् ।

सडक सञ्जाल निर्माण हुने क्षेत्रमा विभिन्न जलाशययुक्त जलविद्युत् आयोजना निर्माण भइरहँदा सडकको रेखांकन पनि परिवर्तन गर्नुपर्ने अवस्था आएको छ ।

हालसम्म आयोजना अन्तर्गत ७९९ किमि सडक कालोपत्रे र ९३ वटा पुलको निर्माण भएको छ । यो अवधिसम्ममा ५८ अर्ब ७५ करोड रकम खर्च भइसकेको छ ।

मध्यपहाडी भूभागलाई यातायात सञ्जालमा जोड्ने गरि पाँचथरको चियो भञ्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ८७९ किमि सडक र १२९ पुलको निर्माण मध्य पहाडी लोकमार्गअन्तर्गत रहेका छन् । लोकमार्गअन्तर्गत पहाडका २४ जिल्ला रहेका छन् ।

आव २०६४/०६५ मा सुरु भएर पछिल्लो पटक २०७४/०७५ मा सक्ने भनिएको लोकमार्गको अनुमानित लागत त्यो बेला ८४ अर्ब ३३ करोड थियो । तर, कार्यतालिकालाई संशोधन गर्दै आव २०७९/०८० सम्म आइपुग्दा लागत बढेर १ खर्ब १ अर्ब ५० करोड पुगेको थियो । आयोजनाको घोषणा हुँदा सुरुवाती लागत ३३ अर्ब ३६ करोड लाग्ने अनुमान गरिएको थियो । पटक पटक आयोजनाको कार्यतालिका संशोधन हुँदा लागत बढ्दै गएको छ ।

आयोजना निर्देशनालयका प्रमुख पोखरेल अब थप समय संशोधन हुँदा निर्माणका लागि आवश्यक लागत पनि बढ्ने बताउँछन् । उनी भन्छन्, ‘आयोजनाको सुरुवातमा भएको योजनाभन्दा धेरै कुराहरु थपिएका छन् । अब सम्पन्न गर्नुपर्ने अवधि थपिँनेवित्तिकै लागत पनि बढ्छ । त्यसको यकिन मूल्यांकन भने गर्न बाँकी छ ।’

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार ००:००  ५ : ४९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping