प्राधिकरणका डिजीको नीतिले भारतीय कम्पनीलाई फाइदाः काठमाडौं-दिल्ली हवाई भाडा ४ गुणा बढ्यो « Eglish Khabarhub

प्राधिकरणका डिजीको नीतिले भारतीय कम्पनीलाई फाइदाः काठमाडौं-दिल्ली हवाई भाडा ४ गुणा बढ्यो


२७ कार्तिक २०७९, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गत असोज १३ गते भिस्तारा एयरलाइन्सबाट काठमाडौं-दिल्ली उडान गर्दा टिकटको मूल्य १२ हजार १४१ रुपैयाँ थियो ।

त्यसबखत काठमाडौं–धनगढीको हवाई भाडादर १७ हजार र काठमाडौं-दिल्लीको हवाई भाडा १२ हजार रुपैयाँ भनेर समाजिक संजालमा चर्चा भयो । वायुसेवा कम्पनीले बजारको माग र आपुर्तिका आधारमा टिकटको मूल्य तय गरेका हुन्छन् ।

यात्रुको संख्या कम र उडान बढी भएको समयमा सस्तो मूल्यमा पनि टिकट पाइने गर्छ । यात्रु बढी र उडान संख्या कम हुँदा महँगो मूल्यमा टिकट खरिद गर्नुपर्छ । पछिल्लो समय काठमाडौं–दिल्ली हवाई भाडा उच्च दरमा बढेको छ ।

कात्तिक ३० गते भिस्तारा एयरलाइन्स काठमाडौं दिल्लीको टिकट मूल्य ५४ हजार ९१८ रुपैयाँ तय गरेको छ । यस्तै इन्डिगो र एयर इण्डियाको पनि भाडादर ५० हजार रुपैयाँ भन्दा बढी छ ।

आगामी शनिबार भारतीय वायुसेवा कम्पनीबाट दिल्ली जान आजै (आइतबार) टिकट काट्ने हो भने पनि ३७ हजार रुपैयाँ भन्दा बढी तिर्नु पर्छ । अनलाईन टिकट बिक्री गर्ने बिभिन्न कम्पनीमा हेर्दा मंसिर १३ गते काठमाडौं–दिल्लीको भाडादर २४ हजार ८६९ रुपैयाँ छ ।

नेपाल वायुसेवा निगमले अहिले पनि काठमाडौं दिल्लीमा ९ हजार रुपैयाँदेखि टिकट बिक्री गरिरहेको छ । दुई महिना अगाडि १२ हजार रुपैयाँ रहेको काठमाडौं–दिल्लीको भाडादर एक्कासी कसरी बढ्यो ?

‘नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवाबाट उडान गर्नै पर्ने नियम बनाएर नेपाल वायुसेवा निगमको दिल्ली उडान कटौती गरेपछि भारतीय वायु सेवा कम्पनीले भाडादर बढाएका हुन्,’ नेपाल वायु सेवा निगमका एक अधिकारी भन्छन्,‘निगमको ४ वटा उडान कटौतिहुँदा विदेशी वायुसेवा कम्पनीको टिकट किन्ने १ हजार यात्रु थपिए । अहिले पर्यटकीय सिजन पनि भएकाले यात्रुको संख्या थपिएको छ । यस्तोमा उडान कटौति गर्ने प्राधिकरणकोे निर्णयले टिकट महँगो भएको हो ।’

काठमाडौं–दिल्लीको भाडा महँगो भएपनि दिल्ली–काठमाडौंको भाडा भने सस्तो नै छ । दिल्लीबाट काठमाडौं उड्न सोमबारका लागि भिस्तारा एयरलाइन्सले ११ हजार ३०० रुपैयाँमा टिकट बिक्री गरिरहेको छ ।

प्राधिकरणको हँचुवाको निर्णयले मारमा यात्रु
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक १३ गतेबाट कार्यान्वयनमा ल्याएको नियमले नेपाल वायुसेवा निगमको काठमाडौं–दिल्ली उडान कटौति भएको छ । प्राधिकरणले काठमाडौंबाट दैनिक ३ वटा भन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले भैरहवाबाट पनि अन्तर्राष्ट्रिय उडान गर्नु पर्ने नियम बनाएको थियो ।

आफ्नो नियम विपरित उडान स्वीकृत नगरी उडान गर्न लागेको भन्दै गत कात्तिक १३ गते प्राधिकरणले दिल्ली उडान गर्न लागेको निगमको विमान रोकेको थियो । निगमले भने पूर्वनिर्धारित उडान तालिका अनुसार टिकट बिक्री गरेको थियो । तर, प्राधिकरणले कात्तिक १३ गतेबाट लागू भएको विन्टर सेड्युलमा निगमको उडान कटौति गरेको थियो ।

नेपाल वायुसेवा निगमका अधिकारीहरु कुनै पनि सेक्टरको सेड्युल १ सातामा घटबढ गर्न नसकिने बताउँछन् । प्राधिकरणले कात्तिक ६ गते भैरहवाबाट अनिवार्य उडान गर्नुपर्ने गरी नियम बनाएको थियो ।

‘हामीले ६ महिना अगाडिदेखि टिकट बिक्री गरेका हुन्छौं, एक साता अगाडि नयाँ सेड्युल स्वीकृत गरेर यसरी उडान गर्नु भन्न मिल्दैन,’ निगमका एक निर्देशक भन्छन्, ‘प्राधिकरणका डिजी (महानिर्देशक)लाई सनक चढ्दैमाा स्ल्ट क्यान्सिल गर्ने वा उडान रद्द गर्ने जात्रा गर्नु हुँदैन ।’

प्राधिकरणको अपरिपक्क निर्णयले यात्रुले दुःख पाएको र टिकटको मूल्य समेत बढेको निगमका अधिकारीहरु आरोप लगाउँछन् । प्रधिकरणका अधिकारीहरु भैरहवाबाट पनि अन्तर्राष्ट्रिय उडानहोस् भन्ने उद्देश्य रहेको दाबी गर्छन् ।
निगमको काठमाडौं–दिल्ली तर्फको ४ वटा उडान कटौती भएपनि भैरहवाबाट यात्रु पाउने सुनिश्चित नभएपछि निगमले भैरहवा–दिल्ली उडान गरेको छैन ।

उडान कटौति हुनु भन्दा अगाडि निगमको वाइडबडी र न्यारोबडीले दैनिक काठमाडौं–दिल्ली तर्फ एक÷एक उडान गर्दै आएका थिए । तर, अहिले निगमको वाइडबडी विमानले शनिबार र सोमबार काठमाडौं–दिल्ली उडान गर्दैनन् । त्यसैगरि, न्यारोबडी विमानले बुधबार र शुक्रबार काठमाडौं–दिल्ली उडान गर्दैन् ।

जसले गर्दा पछिल्लो समय भारतीय वायु सेवा कम्पनीले हवाई भाडा बढाउनुको साथैं उडान समेत थप गरेका छन् ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतीय वायुसेवा कम्पनीलाई पोस्ने गरी निगमको काठमाडौं–दिल्ली उडान कटौती गरेको निगमका एक अधिकारीको आरोप छ । हुन् पनि प्राधिकरणले निगमको दिल्ली उडान कटौति गरे लगत्तै भारतीय वायुसेवा कम्पनी इन्डिगोले काठमाडौं–दिल्ली तर्फ दैनिक एक उडान थप गरेको छ ।

हाल काठमाडौं–दिल्ली तर्फ दैनिक इन्डिगोले ३, एयर इण्डियाले २ र भिस्ताराले १ उडान गर्ने गर्छन । काठमाडौं–दिल्ली तर्फ भारतीय वायु सेवा कम्पनीले सातामा ४२ उडान गर्दा प्राधिकरणका महानिर्देशक अधिकारीले निगमको उडान १४ बाट घटाएर १० बनाइदिएका छन् ।

बढी यात्रु पाइने सिजनमा प्राधिकरणले उडान कटौति गर्दा निगमले सातामा ४ करोड रुपैयाँ आम्दानी गुमाउनु परेको निगमका अधिकारीहरु बताउँछन् ।

दिल्ली–काठमाडौं टिकटको दर महँगो हुँदा भारतबाट नेपाल आउने पर्यटकको संख्या समेत कम भएको पर्यटन व्यवसायीको भनाइ छ ।‘धेरै पर्यटकहरु केही दिन भारत घुमेर नेपाल आउने गर्छन्,’ एक पर्यटन व्यवसायी भन्छन्,‘काठमाडौं–दिल्लीको हवाई भाडा तीन चार गुणा महँगो हुँदा नेपाल आउने पर्यटकको लागत बढेको छ ।’

दिल्लीको भाडा महँगो हुँदा भारतमा क्यान्सर र अन्य रोगको उपचारकालागि दिल्ली पुग्ने यात्रुलाई समस्या परेको छ । दिल्लीमा क्यान्सरको नियमित उपचारका लागि पुग्ने नेपालीको संख्या ठूलो भएको नेपाल वायु सेवा निगमको दिल्ली स्टेशनमा काम गरेका एक अधिकारी बताउँछन् ।

विगतमा पनि नेपाल वायु सेवा निगमले काठमाडौं–दिल्ली उडान नगर्दा यो सेक्टरमा भाडादर महँगो हुने गरेको थियो ।
तर, निगमले इकनोमी क्लासको ९ हजार रुपैयाँमै बिक्री गर्ने थालेपछि विदेशी वायु सेवा कम्पनीले टिकटको दर घटाएका थिए । अहिले पनि निगमको सातामा ४ वटा उडान कटौति भएलगत्तै फेरी टिकटको मूल्य बढेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार ००:००  ६ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping