‘हृदयेश त्रिपाठीलाई जितायौं पटकपटक, विनोद चौधरीलाई जिताऔं यसपटक’ « Eglish Khabarhub

‘हृदयेश त्रिपाठीलाई जितायौं पटकपटक, विनोद चौधरीलाई जिताऔं यसपटक’


३० कार्तिक २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

नवलपरासी । तराईमा मध्यदिनको गर्मी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेद्वार उद्योगी विनोद चौधरी कात्तिकको अन्त्यका दिनहरुमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

उद्योग व्यवसायमा व्यस्त हुने उनी यतिबेला देहातका गाउँ बस्तीहरुमा मतदातासँगको भेटघाटमा व्यस्त छन् । घरदैलोमा जाँदा चौधरीले मोटरसाइकलको प्रयोग गरेका छन् । जसले आफू अर्बपति भएपनि सरल जीवन जिउन सक्ने प्रष्ट सन्देश दिएका छन् ।

दुई पटक समानुपातिक सांसद् बनिसकेका चौधरी यतिबेला जनताको मतबाट अनुमोदित हुने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका हुन् ।

काठमाडौंसहितका पहाडी क्षेत्रमा मौसम चिसिएको छ भने तराईमा दिउँसो पसिना छुट्ने गर्मी छ । मंसिर ४ आउनै लाग्दा उम्मेदवार र राजनीतिक दलहरुको सक्रियता बढेको छ । त्यसमा होमिएका छन् चौधरी ।

आफ्नो निर्वाचन क्षेत्र बर्दघाट नगरपालिकाको वडा नम्बर १५ स्थित कांग्रेस चोकमा उनी गत शुक्रबार घरदैलो कार्यक्रममा व्यस्त थिए ।

आफूले चुनाव जिते पाँच वर्षमा गर्ने कामहरुको फेहरिस्त लिपिवद्धरुपमा जनताको हातमा पुर्याएका चौधरी उनीहरुसँगको प्रत्यक्ष भेटवार्ताका लागि चोकचोक पुगिरहेका हुन् ।

झण्डै तीन दशकदेखि जनताबाट अनुमोदित हुँदै आइरहेका हृदयेश त्रिपाठीलाई पराजित गर्ने चुनौती चौधरीलाई छ । तीन दशकदेखि जिते पनि जिल्लामा भौतिक पूर्वाधारमा विकास हुन नसकेको र नागरिकको जीवनस्तरमा सुधार नआएको भन्दै चौधरी मतदातालाई यसपटक आफूलाई जिताएर पाँच वर्ष हेर्न भनिरहेका छन् ।

‘३०औं वर्ष मलाई जिताउनुस् भन्दिन्,’ घरदैलो कार्यक्रममा उनले भने, ‘पाँच वर्षमा सुधार भएन भने तपाईंहरुसँग फेरि मताधिकार प्रयोग गरेर मलाई हटाउन सक्नुहुन्छ ।’

बोलेको कुरा पूरा गर्ने भन्दै उनले मतदातालाई आश्वस्त बनाउन खोजिरहेका छन् ।

पूराना नेताले केही नगरेको भन्दै मतदातामा आक्रोश रहिरहेको बेला उनी पुरानै दलका तर नयाँ पात्र बनेका छन् । जसको पहिचान नेपालकै सबैभन्दा धनी व्यक्तिकारुपमा छ । फोर्ब्स म्यागेजिनका अनुसार उनीसँग झन्डै २ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति छ ।

उनले मतदातासँग आफू राजनीतिका लागि मात्र मैदानमा नउत्रिएको बताइरहेका छन् । आर्थिक विकासको जनताका आकांक्षा पूरा गर्न ढिला भइसकेकाले सक्रिय राजनीतिमा आउने निर्णयमा पुगेको बताइरहँदा त्यसलाई जनताबाट अनुमोदित भएर पूरा गर्ने महत्त्वकांक्षा उनमा देखिएको स्थानीय कांग्रेस नेताहरु बताउँछन् ।

चौधरी स्वयं मतदाताहरुसँग विकास र रोजगारीका लागि आफूलाई अनुमोदित गराउन भनिरहेका छन् ।

‘हाम्रो देशमा ठूल्ठूला राजनीतिक परिवर्तन भए । तर, जनताको जीवनस्तर जहाँको त्यहीँ छ । जनताको जीवनस्तर उकास्न उनीहरुको खल्तीमा पैसा पुग्नुपर्छ । जुन विकास र रोजगारीले मात्रै संभव छ’ उनी भन्छन् ।

चौधरी अहिले अति व्यस्त दैनिकी बिताइरहेका छन् । दैनिकजसो बिहानै ८ बजे उनको चुनावी प्रचारप्रसार शुरु हुन्छ । बेलुकी ६/७ बजेसम्म उनी आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा पुग्छन् । मतदाताहरुको कुरा सुन्छन् । समस्या बुझ्छन् । विगतदेखि आफूले चुनेर पठाएका प्रतिनिधिहरुले आफूलाई गरेको वेवास्ताका कारण आक्रोशित रहेका मतदाताहरु चौधरी आफ्नो क्षेत्रबाट उठेका कारण यसपटक भने केही हुन्छ कि भन्ने आशमा देखिन्छन् ।

‘उहाँहरुले त तपाईंहरुले भनेको काम हामीले गर्छौं भन्नुभएको छ, तर आजसम्म कुनै नेताले पनि हाम्रो काम गरेका छैनन्,’ चौधरीको चुनावी कार्यक्रम सुन्न आएकी स्थानीय मतदाता मिना शुक्ला भन्छिन् ।

शुक्ला आफूसँग नेपाली नागरिकता हुँदाहुँदै आफ्ना छोराहरु नागरिकताबिहीन भएको समस्या सुनाउँछिन् । तर, यसअघिसम्म जिताएका प्रतिनिधिहरुले आफ्नो समस्या समाधान नगरेकोमा उनीभित्र आक्रोश छ ।

भन्छिन्, ‘हामीले यतिका वर्षदेखि हृदयेशलाई जितायौं । तर, हाम्रो समस्या उनले सुनेनन् । यसपटक आश छ । नयाँ अनुहार हामीले पाएका छौं । उहाँबाट केही न केही हुन्छ भन्ने लागेको छ ।’

शुक्ला अर्बपति व्यापारी भएकाले चौधरीलाई पैसा कमाउने, ठेक्कापट्टा लगाउने लोभ नभएकाले मतदाताहरुको समस्या समाधान हुनेमा विश्वस्त भएको बताउँछिन् ।

भन्छिन्, ‘हामीले यसअघि जिताएका उम्मेदवारले फर्किएर पनि हेरेनन् । यही माटोमा आमाबुबा मरे । मसँग नागरिकता छ । तर, मेरो छोरा नागरिकताबिहीन छन्, खाने पानीको समस्या छ । डुवान हुन्छ ।’

चौधरी तीनै महिलाका समस्याहरु सुनेर घरदैलो कार्यक्रममा भेला भएकाहरु सामुन्ने आफू निर्वाचित भएपछि आफ्नो अधिकारले भ्याएसम्मका सबै कुराहरु समाधान गर्ने प्रतिवद्धता जनाइरहेका छन् ।

उनले चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरुले चुनेका प्रतिनिधिहरुले कस्तो व्यवहार गर्छन्, देखिसक्नुभयो । तीसौं वर्षदेखि पटकपटक एकै व्यक्तिलाई छान्नुभयो, अब यसपटक विचार गर्नुहोला ।’

चौधरीको घरदैलो कार्यक्रममा उनी आम मतदाताका समस्या सुन्ने र त्यसका लागि आफूले बनाएका आवश्यक खाकाबारे बताउँछन् ।

उनी भन्छन्, ‘अरुले छेकेर राखेको बाटो हामीले खोल्ने हो । राम्रो खाका बनाउने हो । खाद्य समस्या, राम्रो अस्पताल, स्वरोजगार जस्ता सुविधाहरु उपलब्ध हुनेछन् । नागरिकता नभएर कामबाट रोकिएकाको समस्या समाधान हुनेछ । २ सय डलरको सट्टा ४ सय डलर कमाउने बनाउनु पर्यो ।’

चौधरी मतदाताका माझमा आफूले बोलेका कुराहरु पूरा गर्ने कुराहरु मात्रै भएको बताउँछन् । उनले पश्चिम नवलपरासीमा स्थानीय कृषि उत्पादनमा आधारित उद्योग खोल्ने बताएका थिए । केही दिनअघि केरामा आधारित उद्योगको शिल्यानास गरेर आफू आफ्नो बाचाप्रति प्रतिवद्ध रहेको प्रमाणित गर्न खोजेका छन् ।

उनी आफूले पाँच वर्षका लागि कुरा गरिरहेको बताउँदै भन्छन्, ‘बोलेको कुरा पुरा गर्ने हो । पाँच वर्षको लागि मात्र कुरा गरिरहेका छौं । यसो गर्छौं, उसो गर्छौं भन्नेहरुको विश्वास डगमगाएको छ ।’

नागरिकताको समस्या समाधानका लागि आफ्नो दलले प्रयास गरेको भए पनि त्यसलाई राष्ट्रपतिद्धारा रोक्ने प्रयास भएको भन्दै उनी मतदातालाई आगामी दिनमा समस्या समाधान हुने आश्वस्त पारिरहेका छन् ।

‘नगारिकता दिन खोज्दा रोक्न खोजे, चुनाव सकिएको २ हप्तापछि नयाँ मान्छे आउँछ र ठप्पा लाउँछ अनि नागरिकताको समस्या समाधान हुन्छ’ उनले भने । चौधरी सबैले नागरिकता पाउने र जग्गा हुनेहरुले कागजात पाउने बताउँछन् ।

मतदाताहरुम पनि विगतमा भएका अनुभवहरुले यसपटक नयाँ मान्छे छान्ने हुटहुटी जागेको छ । सुस्ता गाउँपालिकामा २७ वर्षिया सुरज मगर आफूले यसअघि एमालेलाई मत हालेको बताउँछन् । उनी भन्छन्, ‘हामीले अघिल्लो पटक एमालेलाई मत हालेका थियौं । तर, केही भएन । सबै समस्या उस्तै छ । अब यसपटक हेरेर भोट हाल्ने हो नयाँ र केही गर्ने मान्छे छान्नेछौं ।’

त्यस्तै, सोही गाउँपालिकाका रामलाल साहानी पनि अघिल्लो पटकको मतदान सम्झिदैं भन्छन्, ‘अघिल्लो पटक भोट दिएकाले केही गरेनन् । हामीले वर्षौदेखि उनीहरुलाई विश्वास गरेका छौं । अब मान्छे फेर्ने समय आएको छ । यसपटक हामी पहिलेको जस्तो गल्ती गर्दैनौं । विकासको बाटो बनाउनेलाई भोट हाल्छौं ।’

सुस्ता गाउँपलिकाकै २२ वर्षिया राम दुलारा पहिलो पटक मतदान गर्न लागेका छन् । भारतको सीमा नजिकैको गाउँमा बसोबास गर्ने उनी आफ्नो पहिलो मत कसलाई दिने भन्नेमा विश्वस्त छन् । भन्छन्, ‘हाम्रो बाआमाले दिएको मतको सम्मान पहिलेकोले गरेनन् । अब यसपटक म चाहीँ सही मान्छेलाई मत दिन्छु ।’

मतदान नजिकिदैं गर्दा उनले विभिन्न दल र विभिन्न पार्टीका मानिसहरु प्रचारपसार गरिरहेको र आफूसँग मत मागिरहेको देखेका छन् । नेकपा एमाले लगायतका दलहरुसँग गठबन्धन गरेका त्रिपाठी, चौधरीलगायतका अन्य उम्मेदवारहरुले पनि मतका लागि आफ्नो बस्तीमा आएको बताउँछन् उनी ।

दुलारा भन्छन्, ‘सबैको कुरा सुनिरहेको छु । मत कसलाई हाल्ने भन्नेमा पनि मैले निधो गरेको छु । यसअघिका कुनै मान्छेले केही पनि गरेनन् । उनीहरुलाई मत दिन्न । नयाँ मान्छेले मत पाउँछन् ।’

बर्दघाट नगरपालिका वडा नम्बर १४ का यामबहादुर थारु भने आफ्नो क्षेत्रमा आएका उम्मेद्वारहरुमध्येमा विनोद चौधरी ठीक लागेको बताउँछन् । उनी भन्छन्, ‘अहिले घण्टी वालाहरुको पनि कुरा आएको छ । विनोद चौधरी पनि हुनुहुन्छ । यसअघि जिताएकोले केही नगरेकाले यसपटक म चाहिँ चौधरीलाई नै भोट हाल्छु । उहाँले नै जित्नुपर्छ ।’

उनले पटकपटक हृदयेशलाई जिताएकालाई विकासको हुटहुटी भएका चौधरीलाई मत हाल्न आह्न गर्दै भन्छन्, ‘हृदयेशलाई जितायौं पटकपटक, विनोद चौधरीलाई जिताऔं यसपटक ।’

बर्दघाट नगरपालिका-७, जिमिरेभारमा पर्ने त्रिनेत्र अध्यात्म धाममा चौधरीले चुनावी कार्यालय खोलेका छन् ।

चौधरीको कार्यालय नजिकै किराना पसल चलाइरहेकी पवित्रा पौडेलले यसपटकको चुनाव प्रतिस्पर्धात्मक हुने अनुमान गरिन् । एमालेको राम्रो मत रहे पनि पार्टीले उम्मेदवार नउठाएकोले उसको मत उक्त दलले समर्थन गरेको हृदयेशको चुनाव चिह्नमा जानेमा उनले आशंका व्यक्त गरिन् ।

‘कांग्रेसको भोट काटिदैंन । बरु, एमालेको भोट अन्तै जान्छ । शहरी क्षेत्र भएकाले यहाँ एमालेको भोट घण्टीलाई जाने देखिएको छ । यसले चौधरीलाई फाइदा पुग्छ,’ उनले भनिन् ।

आम मतदातामा विनोद चौधरीको उम्मेदवारीले शंका पैदा गरेको भए पनि उनका प्रतिबद्धताहरुले मतदाताको विश्वास जितेको बताउँछिन् पवित्रा । उनी भन्छिन्, ‘चौधरी यहाँ किन आए ? खोल्नु थियो भने सबै उद्योगहरु पहिले नै यहाँ खोल्थे भन्नेजस्ता कुराहरु पनि छन् । तर, उनको प्रतिबद्धता र उनको पृष्ठभूमिले गर्दा उनलाई फाइदा छ । पहिल्यै अर्बपति भएको मानिस पैसा नै कमाउन नभएर केही गर्नकै लागि चुनावमा आएको भन्ने मतदातालाई लागेको छ ।’

पौडेल जातीयताका हिसाबले पनि चौधरीलाई फाइदा रहेको बताउँछिन् । ‘धेरै मतदाता चौधरी रहेको लाभ उहाँलाई हुनसक्छ’ उनी भन्छिन् ।

पौडेल एमालेको मत राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिह्न)लाई जाने सम्भावना रहेको बताउँछिन् ।

चौधरी र त्रिपाठीबीच भिडन्तः कसलाई कति चुनौती ?

नवलपरासी वर्दाघाट सुस्ता पश्चिमको निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुसँग हामीले गरेको कुराकानीले उक्त क्षेत्रमा प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

शहरी क्षेत्रमा केही मात्रामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिह्न)को प्रभाव रहे पनि देहात र भित्री बस्तीहरुमा भने उक्त दलको प्रभाव शून्यप्राय देखियो । त्यसैले यहाँ त्रिपाठी र चौधरीबीच कडा टक्कर हुने देखिएको छ ।

अघिल्लो पटक निर्वाचनमा सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएका त्रिपाठी यसपटक फरक चुनाव चिह्नबाट उठेका छन् जसले गर्दा एमालेको मत बाँडिने सम्भावना स्वयं एमालेका नेता कार्यकर्ताको भनाइ छ । त्रिपाठीको घर दैलोमा सहभागी एक एमाले कार्यकर्ताले गत निर्वाचन जस्तो सहज अवस्था त्रिपाठीलाई नभएको स्वीकार गरे ।

नाम प्रकाशन नगर्ने शर्तमा उनले भने, ‘पहिला हामीले ८ हजार मतले जितेको हो । तर अहिले अवस्था फेरिएको छ । नेपालकै धनी मान्छे चुनाव लड्न आएका छन् त्यसले केही प्रभाव पार्छ । प्रतिस्पर्धामा यसै भन्ने अवस्था छैन ।’

मतदाताहरुले भने पटकपटक चुनाव जिते पनि त्रिपाठीले आफ्नो क्षेत्रलाई वेवास्ता गरेको र चुनावअघि गरेका वाचालाई पूरा नगरको आरोप लगाएका छन् । तर, नयाँ जित्नेले पनि गर्छ भन्नेमा आशंका रहेको उनीहरुको भनाइ छ ।

यता शहरी क्षेत्रमा हेर्दा दलगत राजनीतिबाट दिक्दार भएका मतदाताहरु छन् । कुनै निश्चित पार्टीको व्यक्तिलाई जिताउने प्रवृत्तिका कारण आफ्नो क्षेत्रको विकास नभएको हो भन्ने उनीहरुमा मनोविज्ञान विकसित देखिन्छ ।

बर्दाघाटका मतदाता रहेका होटल व्यवसायी नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता गोपाल चालिसे भन्छन्, ‘दलका मानिसहरुप्रति सबैजनामा दिक्दारी देखिन्छ । यसपटक यहाँ एमालेको मत काटिएर घण्टीलाई जाने अवस्था छ । कांग्रेसको मत पनि काटिने सम्भावना छ । तर, नयाँ मान्छे भएका कारण कांग्रेसमा धेरै मतको अन्तर पार्नेगरी घण्टीतर्फ मत नजान सक्छ ।’

त्रिपाठी भने चौधरी राजनीतिक व्यक्ति नभएकाले आफूलाई सहज भएको दाबी गर्छन् । पैसाको बलमा मात्र चुनाव नजितिने उनी बताउँछन्।

आफू उम्मेदवार बन्न नचाहेको भए पनि चौधरी आएकाले आफू चुनाव लड्न बाध्य भएको त्रिपाठीको दाबी छ ।

‘म यसपटक निर्वाचनमा उम्मेदवारी नदिने सोचमा थिए । तर, पैसामा बिक्यो भन्ने कलंकबाट बच्न र उहाँ (चौधरी)लाई यहाँ पैसाको बलमा जितिदैंन भन्ने सन्देश दिन मैले उम्मेद्वारी दिएको हुँ’ उनले भने ।

मतमा गठबन्धन बलियो, चौधरीको संभावना बलियो

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा चौधरी बलिया देखिन्छन् । यो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका वडामा कांग्रेसले ३० हजार ३४२ मत प्राप्त गरेको थियो ।

एमालेले २६ हजार ७७९ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जनता प्रगतिशील पार्टीले ४ हजार ६९० मत पाएको थियो । जसपाले ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीले १ हजार १४१ र लोसपाले १०० मत प्राप्त गरेको थियो ।

यहाँ सत्ता गठबन्धनका दलको मत ३६ हजार ९३० छ । हृदयेशको पक्षमा एमालेको २६ हजार ७७९, जसपाको ३ हजार ५५९ र जनता प्रगतिशील पार्टीको गरी ३५ हजार ६८ मत छ ।

गत स्थानीय तहको निर्वाचनको परिणाम र प्रतिस्पर्धी त्रिपाठीका कारण आक्रोशित भएका मतदाताहरुलाई नियाल्दा चौधरी भने निर्वाचनमा बलियो देखिन्छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ००:००  २ : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping