स्वार्थ बाझिने गरी रेटिङ गरेको केयर रेटिङले धितोपत्र बोर्डमा बुझायो स्पष्टीकरण « Eglish Khabarhub

स्वार्थ बाझिने गरी रेटिङ गरेको केयर रेटिङले धितोपत्र बोर्डमा बुझायो स्पष्टीकरण



काठमाडौं । केयर रेटिङ नेपालले नेपाल धितोपत्र बोर्डमा स्पष्टीकरण पेश गरेको छ ।

केयर रेटिङले कानून विपरित मुख्य सेयरधनीको रेटिङ गरेपछि बोर्डले कम्पनीलाई हदैसम्मको कारबाही किन नगर्ने भन्दै स्पष्टीककरण सोधेको थियो ।

रेटिङ कम्पनीले शुक्रबार बोर्डमा स्पष्टीकरण पेश गरेको बताइएको छ । स्रोतका अनुसार कम्पनीले नियमन अनुसारनै रेटिङ गरेको जवाफमा उल्लेख छ ।

बोर्डले पुस २६ गते क्रेडिङ रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिंग गरेको भन्दै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेश गर्न भनेको थियो ।

यस्तै सेबोनले उक्त कम्पनीले क्रेडिट रेटिंग नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिंग गरेको भन्दै रेटिंग नियमावली २०६८ अनुसार रेटिंगको रद्द नगर्ने तथा केयर रेटिंग नेपालको अनुमतिपत्र किन निलम्बन नगर्ने भनी स्पष्टिकरण पेश गर्न भनेको थियो । त्यसको जवाफा शुक्रबार कम्पनीले बोर्डमा पठाएको हो ।

केयर रेटिङले विगत लामो समयदेखि मुख्य लगानी रहेको विशाल ग्रुप र आइएमई समूहको रेटिङ गर्दै आएको छ । लगानी भएको सोही कम्पनीको केयर नेपालले नियम विपरित रेटिङ गर्दै आएको छ । नियमन विपरित रेटिङ भएको पाएपछि बोर्डले स्पष्टिकरण सोधेको जनाएको छ ।

क्रेडिट रेटिङको नियमवलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मूख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने स्पष्ट उल्लेख गरेको छ ।

साथै, क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य शेयरधनी वा मुख्य शेयरधनी कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ गर्न पाउने छैन भनी नियमावलीमा व्यवस्था गरेको छ ।

साथै, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफैले वा आफूसहित आफ्नो एकाघरको परिवारको सदस्यसमेत मिली क्रेडिट रेटिङ संस्थाको कम्तीमा १० प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको वा क्रेडिट रेटिङ संस्था आफै वा मूख्य कम्पनी वा सहायक कम्पनीसँग मिलेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १० प्रतिशतभन्दा कम नहुने गरी सेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको कम्पनीको रेटिङ गर्न नपाउने व्यवस्था छ ।

तर, विशाल ग्रुप र आइएमई ग्रुपको लगानी रहेको रेटिङले भने विभिन्न समयमा आफ्नो कम्पनीको रेटिङ गर्दै आएको छ ।

विशाल ग्रुपको लगानी भएको उद्योग तथा ट्रेडिङ कम्पनीमा कमला रोलिङ मिल, यती ब्रुअरी, ग्रीन भेन्चर, मैनावत्ती स्टील, युनाइटेड डिस्ट्रिब्युटर, प्यारामाउन्ट मोटर्स, भिजी अटोमोबाइल्स, एडभान्स अटोमोबाइल्स, ग्लोबल ट्रेडिङ, कन्र्सन, लाइफ केयर डिस्ट्रिब्युसन तथा घोराही सिमेन्ट छन् ।

यस्तै, आइएमई समूहको लगानी रहेको आइएमई लाइफ इन्स्योरेन्स, डिस मिडिया नेटवर्क, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी नेपाल लिमिटे र हाउथवे फाइनान्स कम्पनी लिमिटेडको केयर रेटिङले रेटिङ गरेका छन् ।

Publish on: