शिव शिखर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब ठगेका शर्माको सम्पत्ति २२ अर्ब, ६ अर्ब भारत पुर्‍याए « Eglish Khabarhub

शिव शिखर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब ठगेका शर्माको सम्पत्ति २२ अर्ब, ६ अर्ब भारत पुर्‍याए


१३ असार २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड ५१ लाख ८३ हजार ५७७ रुपैयाँ रकम अपचलन गरेको फेला परेको छ ।

उक्त रकममध्ये ६ अर्ब रुपैयाँभन्दा बढी भारतमा लगेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जानकारी गराएको छ ।

शर्माले सहकारीको पैसामध्ये केही ऋणको रुपमा र केही सापटीकारुपमा लैजाने गरेको पाइएको छ । यसरी सहकरीका बचतकर्ताको बचत हिनामिना गरेर आफ्नो निजी ब्यापारीक साम्म्राज्य बिस्तार गरेको सीआइबीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सहकारीमा जम्मा भएको बचत हिनामिना गरी ४३ वटा आफ्ना निजी कम्पनीमा लगानी गरेको र उक्त कम्पनीहरुको भ्यालुएशन २२ अर्ब रुपैयाँ बराबरको देखिएको सीआइबीले जनाएको छ ।

यतिसम्मकी शर्माले भारतमा कम्पनी खोलेर उक्त कम्पनीमा लगानी गर्नका लागि ६ अर्ब रुपैयाँको हाराहाररीमा लगेको सीआइबीलाई दिएको प्रारम्भिक बयानबाट खुल्न आएको हो । भारतबाट विभिन्न प्रकारका खाद्य वस्तु आयत गरी बिक्री वितरण गर्दै आएका थिए । पछिल्ला वर्षहरुमा शर्माले भारतमा राजनीतिक र कर्मचारीतन्त्रसँग सम्बन्ध स्थापित गरी भारतीय नागरिकसँगको साझेदारीमा कम्पनी दर्ता गरी नेपालबाट पुँजी पलायन गर्दै आएका थिए ।

उक्त रकम कसरी भारतमा पुर्याए भन्ने विषय पत्ता लाग्न सकेको छैन । शर्माले भारतीय साझेदारीसहित शिव शिखर अर्गनाइजेसनको नाममा भारतमा कम्पनी खोलेको र बचतकर्ताबाट उठाएको रकम उक्त कम्पनी पनि लगानी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको सीआइबी प्रमुखसमेत रहेकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले बताइन् ।

‘शर्माले अर्बौं रकम भारतमा पलायन गरेको देखिन्छ, तर कहिले र कसरी पुर्याए भन्ने विषय अनुसन्धानकै क्रममा छ,’ बज्राचार्यले भनिन् ।

शर्माले बचतकर्ताको रकमले सहकारी संस्थाका साथै उनले खोलेको ४३ वटा कम्पनी तथा आफ्ना आफन्त, नजिकका नातेदारको नाममा २८९ सवारी साधान खरिद गरेको समेत अनुसन्धानबाट खुलेको छ । शर्माले ६ हजार जनाभन्दा बढीलाई रोजगारी समेत दिएको पाइएको छ ।

शर्माले बचतकर्ताको नामबाट आफू र आफ्ना नजिकका व्यक्तिको नाममा जग्गाजमिन समेत किनेको पाइएको छ । केही जग्गा भने निजी कम्पनीको नाममा विभिन्न नाममा उद्योग खोल्न भनेर किनेको पाइएको सीआइबीले जनाएको छ ।

शर्माले ४ वर्षअघि अध्यक्ष छोडेर सुशिल बानियाँलाई डमी अध्यक्ष बनाएका छन् । बानियाँ अध्यक्ष भएपनि निर्णय शर्माकै चल्ने गरेको पाइएको छ । ४ वर्षअघि सहकारीको अध्यक्षबाट शर्मा हटेपछि सहकारीको वित्तीय विवरणको लेखापरिक्षणसमेत नभएको सीआइबीले जनाएको छ । जसले गर्दा सहकारीले के कति कर्जा प्रवाह गरेको भन्ने यहिन तथ्यांक संकलन गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

शर्माले आफ्नो श्रीमती गिता शर्मालाई शिव शिखर अर्गनाइजेशनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाएका छन् । गिता शर्मालाई यसअघि नै ब्यूरोले पक्राउ गरिसकेको छ ।

भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारीका १ लाख ६८ हजार ७२५ बचतकर्ताको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५८६ रुपैयाँ र तुलसी बहुमुखी सहकारीका २१ हजार १५४ बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय भक्तपुरको कौशलटारमा रहेको र नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको पाइएको छ ।

शर्माले प्रचलित सहकारी ऐन र नियमावलीविपरीत सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित सहकारीबाहेक ४३ वटा कम्पनी रहेको पाइएको छ । शर्माले बचतकर्ताको पैसा उक्त कम्पनीमा ऋण लगानी गरी उक्त रकमको साँवा ब्याजसमेत कुनै बचतकर्ताको फिर्ता नगरेको पाइएको छ ।

२०६० सालतिर सामान्य किराना पसल गर्ने ४७ बर्षीय शर्मा अहिले कसरी २२ अर्बको मालिक बने र अहिलेको अवस्थामा आए भन्ने अध्ययनको विषय भएको सीआइबीले जनाएको छ ।

शिखर अर्गनाइजेशनका विभिन्न ४३ वटा सहायक कम्पनीमा सहकारीका बचतकर्ताको लगानी रहेको भन्दै बचतकर्ताहरुलाई देखाउने गरेको तर ती कम्पनी आफ्ना निजी रहेको प्रहरीले जनाएको छ ।

‘अति महत्वाकांक्षा र विदेशमा पुँजी पलायन गर्ने नियतका साथ शर्माले काम गरेको देखिन्छ,’ सीआइबी प्रमुख बज्राचायले भनिन्।

यी हुन् केदारनाथ शर्माको शिव शिखर अर्गनाइजेशन अन्तर्गतका ४३ कम्पनी

शिव शिखर अर्गनाइजेशन अन्तर्गतका ४३ कम्पनीमा कृषि, उद्योग, कन्सल्टेन्सि, मिडिया, फार्म, आईटी, होटल लगायत प्रा.लि रहेका छन् ।

जसमा तुलसी कृषि अनुसन्धान केन्द्र प्रा.लि, गार्डेन मार्ट प्रा.लि, तुलसी माहुरी फार्म प्रा.लि, नटराज फुड इण्डष्ट्रि प्रा.लि, नटराज एग्रो प्रा.लि, शिव शिखर एग्रो प्रा.लि, तुलसी काउ फार्म एण्ड डेरी प्रा.लि, आधुनिक शिव शिखर कृषि अनुसन्धान केन्द्र प्रा.लि रहेका छन् ।

यस्तै गोर्खा टि एण्ड कफी इण्डष्ट्रिज प्रा.लि,गोर्खा वेभरेज प्रा.लि, शिखर मेसेनरी एण्ड अटोमोबाइल्स प्रा.लि, तुलसी मोटर पम्प इण्डष्ट्रि प्रा.लि, तुलसी फुड इण्डष्ट्रि प्रा.लि, शिखर दिप फुड इण्डष्ट्रिज प्रा.लि, शिव शिखर इन्भेष्टमेन्ट प्रा.लि रहेका छन् ।

यस्तै उपकार गार्मेन्ट प्रा.लि, तुलसी कफी उद्योग प्रा.लि, शिखर मिनरल वाटर एण्ड वेभरेज प्रा.लि, उपकार अगरबत्ती उद्योग प्रा.लि, शिव शिखर खाध्य उद्योग प्रा.लि, शिखर स्पाइस एण्ड फ्रुट इण्डष्ट्रिज प्रा.लि, उपकार ओयल इण्डष्ट्रिज प्रा.लि, त्रिदेवी फ्लोर एण्ड ओयल इण्डष्ट्रि प्रा.लि, हिमालयन लायन कन्ष्ट्रक्सन एण्ड मल्टीसोलुसन प्रा.लि, उपकार फाउण्डेसन प्रा.लि, उपकार इम्पोर्ट प्रा.लि, युरोप ओभरसिज स्टडिज कन्सल्टेन्सी प्रा.लि रहेका छन् ।

नेपा टेक्नोलोजी प्रा.लि, वेजन इन्टरनेशनल प्रा.लि, होटल होप लाइफ प्रा.लि टेक्नो ड्रोन प्रा.लि, काइन्डली केयर इण्डष्ट्रिज प्रा.लि, डिजिटल शिखर प्रा.लि, त्रिदेवी फुड इण्डष्ट्रिज प्रा.लि, उपकार सोलुसन प्रा.लि, भेहिकल सोलुसन एण्ड सर्भिस प्रा.लि, शिखर अर्गनाइजेशन प्रा.लि, गोरखा सोप एण्ड केमिकल इण्डष्ट्रिज प्रा.लि, फोर स्टर ग्रुप प्रा.लि, ब्रिटिस गोर्खा ट्रेड प्रा.लि उपकार मडिया ग्रुप प्रा.लि, न्यूज अखबार मिडिया प्रा.लि, रहेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार ००:००  ५ : ५५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping