आकाशे पुलमा लिफ्ट जडान गर्दै काठमाडौं महानगरपालिका « Eglish Khabarhub

आकाशे पुलमा लिफ्ट जडान गर्दै काठमाडौं महानगरपालिका


१० भाद्र २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न तीन स्थानमा रहेका आकाशे पुलमा लिफ्ट जडान गर्न भएको छ ।

महानगरपालिकाले चाबहिल, नयाँ बानेश्वर र पुरानो बसपार्क अघि (विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको अगाडि) रहेका पुलहरुमा लिफ्ट जडान गर्न लागेको हो । अपांग तथा वद्धवृद्धामैत्री पुल बनाउने लक्ष्यका साथ महानगरपालिकाले यी तीन स्थानमा रहेका आकाशे पुलमा लिफ्ट जडान गर्न लागेको हो ।

काठमाडौं महानगरपालिकाअन्तर्गतको महानगर प्रहरी महाशाखाको ट्राफिक तथा यातायात ईकाई सहायक विज्ञ प्रशान्त खरेलकाअनुसार महानगरले आकाशेपुललाई हरेक किसिमले पैदलयात्री मैत्री बनाउनका लागि लिफ्टको जडान गर्न लागेको हो।

‘ह्विलचियर प्रयोगकर्ता, बृद्धबुद्धा, बालबािलका सबैका लागि आकाशे पुल सहयोग गर्न सहज होस भन्ने लक्ष्यसहित लिफ्टको जडान गर्न लागिएको हो । सहजै कसैको सहायता बिनानै आकाशे पुललाई प्रयोग गर्न मिल्ने गरि हामी लिफ्टको जडान गर्दैछौं’ उनले भने ।

आकाशे पुलमा लिफ्ट जडानका लागि अनुमानित लागत ४ करोड रुपैयाँ रहेको छ । कुल बजेट ५ करोड छुट्याइएकोमा ४ करोड रुपैयाँ लिफ्ट जडानाका लागि र अन्य बाँकी रहेको रकमबाट पुलमा सजावट, सुरक्षालगायतका कुराहरु राखिनेछन् । महानगरको नगर प्रहरीअन्तर्गत बिनियोजन भएको बजेटबाट यो योजनालाई अघि बढाइएको हो ।

खरेलकाअनुसार हाल लिफ्ट जडान गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । दशैंअघि नै डीपीआर तयार हुने र तत्पश्चात यो आर्थिक वर्षमा नै यसलाई सम्पूर्ण रुपमा निर्माण पूरा गर्ने उनले बताए ।

आकाशे पुलको एक पट्टिको भागमा लिफ्ट जडान हुनेछ । एउटा पुलमा दुई लिफ्ट (एक सेट लिफ्ट) जडान गरिनेछ । चाबहिलमा रहेको आकाशे पुल र विद्युत प्राधिकरणको कार्यालयअघि रहेको आकाशे पुलको एकापट्टिको भाग खाली नै रहेकाले त्यहाँ लिफ्ट जडान गर्नका लागि ल्याडिङ हटाउन पर्दैन । बानेश्वरमा रहेको आकाशे पुलमा भने एकपट्टिको ल्याण्डिङलाई हटाएर लिफ्ट जडान गरिने खरेलले बताए ।

यो आवभित्रमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको हाल डिपिआर तयार गर्ने काम भइरहेको छ । योजनालाई स्वीकृत गराएपश्चात दशैंभन्दा अघि नै ठेक्का प्रकृया सुरु गर्ने गरि काम भइरहेको छ ।

आकाशे पुलमा जडान गरिने लिफ्टलाई पारदर्शी किसिमले राखिएको हुनेछ । यसमा सीसीटिभीको पनि जडान गरिने र सुरुवातमा महानगरले नै नगरप्रहरीलाई राखेर सहायता दिने योजना रहेको छ । नयाँ सुरुवात भएकाले सुरुवातमा केही समयसम्म नगरप्रहरीलाईलाई राखेर सहजता सिर्जना गर्ने योजना रहेको छ ।

हाल काठमाडौं महानगरपालिकाभित्र रहेका आकाशेपुलहरु पैदलयात्रीमैत्री छैनन । मुख्य गरि बालबालिका, बृद्धबृद्धा, अपांगलगायतका मानिसहरुका लागि आकाशेपुलको प्रयोग गर्न निकै असहजता हुन्छ । आकाशे पुल यो समुदायका लागि पनि सहज बनोस भन्ने लक्ष्यका साथ महानगरले लिफ्टलाई जडान गर्न लागेको खरेलले बताए ।

‘हाम्रो मुख्य प्राथमिकता भनेको असक्त, फरक क्षमताका व्यक्तिहरु, बृद्धबृद्धा, बालबालिका लगायत हुन,’ उनले भने, ‘अरुले पनि लिफ्टको प्रयोग गर्न पाउनुहुन्छ । तर, प्राथमिकतामा भने यी समुदायका मान्छेहरु पर्नुहुन्छ ।’

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ४ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping