ऋण दिँदा एसबिआई बैंकका शाखा प्रमुखले लिए ९० लाख घुस ! « Eglish Khabarhub

ऋण दिँदा एसबिआई बैंकका शाखा प्रमुखले लिए ९० लाख घुस !


११ भाद्र २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बचतकर्ता ठगीको आरोपमा पक्राउ गरेका शिवशिखर बहुद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बैंकबाट कर्जा लिँदा ९० लाख घुस बुझाएको बयान दिएका छन् ।

सहकारीका बचतकर्ताको अर्बौं ठगेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोगपत्रमा शर्माले नेपाल एसबिआई बैंकबाट ९० करोड कर्जा लिँदा घुस बापत ९० लाख रुपैयाँ शाखा प्रबन्धकलाई बुझाउनु परेको बयान दिएका छन्।

‘पुष्कर मल्ल (शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक समितिका सदस्य तथा शिखर अर्गनाइजेशनका मेनेजर)को व्यक्तिगत खातामा जम्मा भएको ८९ लाख १३ हजार रकम समेत गरी ९० लाख एसबिआई बैंकका कमर्शियल ब्राञ्चका शाखा प्रबन्धक मनोज गौतमले शिवशिखर खाद्य उद्योगको नाममा स्वीकृत भएको ९० करोड ऋण बापत १ प्रतिशतका दरले हुन आउने रकम शिखर अर्गनाइजेशनको अफिसमा आई पुष्कर मल्लमार्फत ४० लाख र ५० लाख गरी ९० लाख लिएका हुन्’ शर्माको बयानमा उल्लेख छ ।

सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ ।

सहकारीका १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । सहकारीका सञ्चालकले २१ हजार ३६९ जना बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ३०० रुपैयाँ मध्ये ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ बचत फिर्ता नगरी हिनामिना गरेको भनी जाहेरी प्राप्त भएको भन्दै ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ माग दाबी गरिएको छ ।

यस्तै सहकारीका सञ्चालकहरुले संगठित अपराध गरेको भन्दै ६ देखि ८ वर्ष कैद सजाय माग दाबी गरेको छ ।
प्रतिवादीहरु केदारनाथ शर्मा, सुशिल बाँनिया, भोजराज पौडेल, तेज बहादुर तामाङ, पुष्कर मल्ल, दिपक बहादुर ऐर, राजु साखकर्मी, अमिशराज भण्डारी, लिलानाथ गौतम, गिता शर्मा, रसना शाक्य, शिव प्रसाद पौड्याल, रमेश खाईजु, शुर्दशन कपाली, कुमार श्रेष्ठ, त्रिचन्द्र सुवेदी, शमिना श्रेष्ठ, प्रदिप भट्टराई र बाल मुकुन्द कपालीले सहकारी ऐन अन्तगर्तको कसूर गर्न संगठित अपराध गरेको देखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

साविकको शिखरदीप बहुउदेश्यीय सहकारी संस्था सानोठिमी १५ भक्तपुरको नाममा रहेको बा ८९ प १२९४ नं को स्कुटर एक थान आवश्यक कारवाहीको लागी कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग पठाइएको छ ।

प्रतिवादीहरुको खातामा जम्मा रहेको १५ लाख ५७ हजार ९०७ रुपैयाँ अनुसन्धानको क्रममा रोक्का रहेकोमा स्कुटर र बैंकमा रहेको रकम १५ लाख ५७ हजार ९०७ रुपैयाँ संगठित अपराध निवारण ऐन, २०७० को दफा ५१ वमोजिम जफत गरिपाउन मागदाबी लिइएको जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती तथा शिखर अर्गनाइजेशनका निर्देशक गीता शर्मा, सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याल, गार्डेन मार्टका प्रबन्धक तथा सहकारीको लेखा समितिका सदस्य रमेश खाइजु, सहकारीका प्रबन्धक तथा खाता सञ्चालक रसना शाक्य, शिखर अर्गनाइजेशनका मेनेजर पुस्कर मल्ल, संस्थाको सञ्चालक समितिका सदस्य अमिश राजभण्डारीलाई प्रतिवादी बनाइएको छ ।

यस्तै शिखर बहुउदेश्यीय सहकारी संस्था भक्तपुरका अध्यक्ष सुशिल बानियाँ, सहकारीका सचिव तथा गोरखा टि एण्ड कफिका अध्यक्ष तेजबहादुर तामाङ, सहकारीका सदस्य राजु शाखकर्मी, सञ्चालक दिपक बहादुर ऐर, सहकारीका व्यवस्थापक लिलानाथ गौतम, शिखर सहकारीका उपाध्यक्ष भोजराज पौडेल, सहकारी लेखा समितिका पदाधिकारी, कौशलटारका प्रबन्धक तथा न्यूरोड सेवा केन्द्रका सञ्चालक शुदर्शन कपाली, शिखर टोवाको ईन्डष्ट्रिजका सञ्चालक प्रदिप भट्टराई,सहकारीका ऋण अधिकृत त्रि चन्द्र सुवेदी, लेखासुपरिवेक्षण समितिका सदस्य कुमार श्रेष्ठ, लेखा अधिकृत शमिना श्रेष्ठ र ऋण अधिकृत बालकमुकुन्दू कपाली प्रतिवादी रहेका छन् । १९ जना प्रतिवादीमा १२ जना फरार रहेका छन् ।

अभियोगपत्रको पूर्णपाठ

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  १२ : ५५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping