अर्थतन्त्र सुधार्न सरकारले उच्चस्तरीय संयन्त्र तत्काल गठन गर्नुपर्छ: चन्द्र ढकाल « Eglish Khabarhub

अर्थतन्त्र सुधार्न सरकारले उच्चस्तरीय संयन्त्र तत्काल गठन गर्नुपर्छ: चन्द्र ढकाल


२९ आश्विन २०८०, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका समस्या समाधान गर्न तत्काल उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमा अध्यक्ष ढकालले अहिले अर्थतन्त्र असहज अवस्थामा रहेको बताए ।

‘अहिले अर्थतन्त्र निकै असहज अवस्थामा जान लागेको छ’, उनले भने, ‘महासंघले केही दिन अघि आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासंघले गरेको प्रस्ताव अनुसार नै उच्चस्तरिय संयन्त्र गठन गर्ने भन्नु भएको थियो । त्यो संयन्त्र चाँडो भन्दा चाँडो गठन गर्न सरकारसमक्ष माग गर्दछौं ।’

प्रधानमन्त्रीको अध्यक्षतामा बन्ने उच्चस्तरीय संयन्त्रले मेजर रिफर्मका लागि काम गर्ने ढकालको दाबी छ ।

कोरोना महामारीहुँदै रसिया–युक्रेन युद्धका कारण समस्यामा परेको अर्थतन्त्र पछिल्लो समय झनै असहज बन्न लागेको भन्दै अध्यक्ष ढकालले सरकारले उक्त उच्चस्तरीय संयन्त्र तत्काल गठन गरेर नीतिगत रुपमा गर्नुपर्ने सुधारकाम तत्काल गर्नुपर्ने बताए।

अहिले देखिएको समस्या समाधान गर्न टालटुले नीतिले काम नगर्ने उनको दाबी छ । सरकारले बनाउने नीति र लिने नीति दीर्धकालिन हुनुपर्ने उनको भनाइ छ ।

भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले दुई वर्ष अघि निजी क्षेत्रले भनेको कुरा राज्यले सुनेको भए अहिलेको अवस्था नआउने दाबी गरे । नीजि क्षेत्रले बढी कमायो भनेर लिएको कडा नीतिका कारण अहिलेको समस्या देखिएको उनको भनाइ छ । ‘त्यो समयमा निजी क्षेत्रले बढी कमायो भनेर भन्नु भन्दा पनि राज्यले लिने नीतिमा संवेदनशिल बन्न पटक पटक आग्रह गरेको हो’ उनले भने ‘त्यो बेला हामीले भनेको मानेनन् । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नै नकारात्मक मात्रै भयो । जसको परिणाम आज देखिएको छ । अब फन्डामेन्टल अवस्थालाई नै हेर्न आवश्यक भएको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले अब बैंकको ब्याजदर घटाउने मात्रै नभएर उद्योगी व्यवसायीको लागत घटाउने तर्फ राज्य लाग्नुपर्ने बताए । ‘अहिलको करको दर धेरै नै बढी भयो’ उनले भने ‘यी करका दरमा हेरफेर आवश्यक छ । सडकमा सहजै यात्रा गर्न सकिँदैन । यस्ता समस्या समाधान गर्न सकेको खण्डमा लागत पनि घट्ने छ ।’ श्रेष्ठले निजी क्षेत्रले विदेशबाट ऋण लिने व्यवस्था मिलाउन समेत सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ००:००  ५ : ३९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping