बेलायतसँग दौत्य सम्बन्ध कायम भएको १०० वर्ष पुग्दा पनि वार्षिक १० अर्बको व्यापार हुन सकेन « Eglish Khabarhub

बेलायतसँग दौत्य सम्बन्ध कायम भएको १०० वर्ष पुग्दा पनि वार्षिक १० अर्बको व्यापार हुन सकेन


१५ कार्तिक २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालको बेलायतसँग दौत्य सम्बन्ध कायम भएको १०० वर्ष हुँदा पनि व्यापार भने उल्लेख्य गर्न सकेको छैन । नेपालले पहिलोपटक दौत्य सम्बन्ध कायम गरेको देश बेलायतसँग वार्षिक १० अर्ब रुपैयाँको वैदेशिक व्यापार गर्न नसकेको सरकारी तथ्याङ्कले देखाउँछ ।

नेपाल र बेलायतबीच सन् १९२३ मा सन्धी हस्ताक्षर भएको थियो । उक्त सन्धीमा हस्ताक्षर गरेको १०० वर्ष भएको छ । सोही अवसरमा बेलायतका लागि नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ ।

पहिलो दौत्य सम्बन्ध कायम भएको बेलायतमा नेपालबाट निर्यातको उच्च सम्भावना भएपनि निकासीमा जोड दिन नसक्दा व्यापार निकै कमजोर देखिन्छ । वैदेशिक व्यापारको पछिल्लो १६ वर्षको तथ्याङ्क हेर्दा नेपालले हालसम्म एक आर्थिक वर्षमा १० अर्ब रुपैयाँको कारोबार गरेको देखिँदैन ।

नेपालले गत आर्थिक वर्ष बेलायतसँग ९ अर्ब ८२ करोड ७८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । गत वर्ष नेपालले बेलायतबाट ६ अर्ब ४८ करोड ८२ लाख ९९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो भने नेपालबाट ३ अर्ब ३३ करोड ९५ लाख रुपैयाँको वस्तु निकासी गरेको थियो । जसमा नेपालले उक्त अवधिमा ३ अर्ब १४ करोड ८८ करोड रुपैयाँको वैदेशिक व्यापारघाटा व्यहोरेको थियो । उक्त व्यापार गरेको हालसम्मै उच्च हो ।

संकलन गरेको तथ्याङ्कमा नेपालले आर्थिक वर्ष २०६४/६५ देखि आव २०७९/८० सम्ममा ९१ अर्ब ४ करोड ७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । त्यसमा नेपालले सो अवधिमा बेलायतबाट ५६ अर्ब ५२ करोड २ लाख रुपैयाँको वस्तु आयात गरेको छ भने नेपालबाट ३४ अर्ब ५२ करोड ५ लाख रुपैयाँको वस्तु निर्यात गरेको गरेको छ ।

नेपालले १६ वर्षको अवधिमा ९१ अर्बको वैदेशिक व्यापार गर्दा नेपालले २२ अर्ब रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । नेपालले आव २०७१/७२, २०७२/७३ र आव २०७४/७५ बाहेक अन्य वर्षहरुमा उच्च व्यापारघाटा व्यहोरेको देखिन्छ । दुई आर्थिक वर्षमा भने नेपालले बेलायतसँग गरेको वैदेशिक व्यापारबाट नाफा कमाएको पाइन्छ । नेपालले आव २०७१/७२ मा १ अर्ब ९१ करोड लाख रुपैयाँको वस्तु आयात गर्दा नेपालबाट २ अर्ब २ करोड १७ रुपैयाँको निर्यात गरेको थियो । जसमा नेपालले उक्त वर्ष ३० करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, आव २०७२/७३ मा बेलायतबाट २ अर्ब २१ करोड ५ लाख रुपैयाँको वस्तु आयात गर्दा नेपालबाट २ अर्ब ८५ करोड १६ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । नेपालले उक्त वर्ष बेलायतसँगको वैदेशिक व्यापारबाट ६४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

साथै, आव २०७४/७५ मा ५ अर्ब ४८ करोडको वैदेशिक व्यापार गर्दा २१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल र बेलायतबीचको लगानी प्रवर्द्धन र संरक्षणसम्बन्धी सम्झौता सन् १९९३ मार्च २ मा भएको थियो । नेपाल-बेलायत च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीलाई नेपाल र बेलायतबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने सक्रिय संस्था बनाउने सम्बन्धी १९९३ मै हस्ताक्षर भएपनि नेपालले बेलायत आयात गर्ने वस्तुको ग्राफ बढ्दो छ भने निकासीको अवस्था नाजुक हुँदै गएको छ ।

बेलायतले सन् २००१ मा नेपालबाट निर्यात गर्ने वस्तुमा ड्यूटी फ्रीको व्यवस्था गरेको थियो । त्यस्तै, नेपालले बेलायतसँग विकास साझेदारक व्यवस्था गर्न जीएसपीको व्यवस्था गरेको थियो । जसमा दुई देशले लगानी प्रवद्र्धन संरक्षण गर्न विकास साझेदार व्यवस्था हो ।

नेपालले बेलायतमा विशेषरी ऊनीको कार्पेट, तयारी पोशक, पश्मिना, फेल्ट, नेपाली कागजजन्य वस्तु, टोपी (ह्याट्स एण्ड हेडगेयर), झोला (कटन स्याकस्यान्ड ब्याग), हस्तकला र सेटका हाते उपकरहणहरु निर्यात गर्दै आएको छ ।

त्यसैगरी, नेपालले बेलायतबाट भने नेपालले ह्वीस्की, हवाइजहाज र हेलिकप्टरको पार्टपूर्जा, सफ्टवेयर, भेइकल र पार्ट्स, औषधी, मेशिनरी, प्लास्टिकजन्य वस्तु, बिस्कुट, रबर टायर र ब्रास र कपरजन्य वस्तु आयात गर्दै आएको छ ।

नेपालमा उत्पादित वस्तुको बेलायत बजारमा उच्च माग भएपनि उत्पादन निकै कमजोर हुँदा निर्यात हुन सकेको छैन । नेपालबाट निर्यातका लागि नीति नियम प्रभावकारी हुन नसक्दा निर्यात प्रवर्द्धन हुन सकेको छैन ।

बेलायतले शून्य ट्यारिफमा वस्तु निर्यातको सुविधा दिए पनि नेपालले भने फाइदा लिन सकेको छैन। साथै, नेपाली वस्तुले बेलायती बजारको लागि आवश्यक पर्ने गुणस्तरको सामग्री उत्पादन गरी निर्यात गर्न नसक्दा नेपालले अवसर गुमाएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  ५ : ५१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping