प्रतिबन्धले आश्चर्यमा परेको भन्दै नेपाललाई टिकटकको ७ बुँदे पत्र (पत्रसहित) « Eglish Khabarhub

प्रतिबन्धले आश्चर्यमा परेको भन्दै नेपाललाई टिकटकको ७ बुँदे पत्र (पत्रसहित)


१ मंसिर २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयपछि टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ।

नेपाल सरकारको निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले आफ्ना असहतिहरु व्यक्त गर्दै सात बुँदे पत्र नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको हो ।

प्राधिकरणका प्रमुख पुरुषोत्तम खनाललाई सम्बोधन गरिएको पत्रमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको छ ।

कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सोही दिन यसको जानकारी प्राधिकरणले इमेल गरी टिकटकलाई दिइएको थियो । जसको जवाफी पत्र टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष खनाललाई सम्बोधन गर्दै पठाएका हुन् ।

टिकटक बन्द गर्ने सरकारको निर्णयबाट आफूहरुसहित लाखौं नेपाली जनताहरु आश्चर्यमा परेको पत्रमा उल्लेख गरिएको छ । टिकटिकको प्लेटफर्मलाई छोटो समयमा नै नेपालको विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक थतहमा मानिसहरुले अंगालेको पत्रमा उल्लेख गरिएको छ ।

‘नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं,’ पत्रमा भनिएको छ, ‘यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेका छन् । उनीहरूले यो प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरेका छन् ।’

टिकटक बन्द हुँदा युवा पुस्ताका धरै नेपाली कन्टेन्ट क्रिएटरहरुलाई असर गरेको टिकटकको दाबी छ ।

नेपालका थुप्रै युवाले टिकटकमार्फत व्यवसाय सञ्चालन गरेको र यसरी बन्द गर्दा उनीहरूको व्‍यवसायमै समस्या आउने भन्दै टिकटकले पत्रमार्फत चिन्‍ता व्यक्त गरेको छ ।

नेपालमा सञ्चालनका लागि भएका प्रयासहरुबारे टिकटकले पत्रमार्फत स्मरण गराएको छ ।

आफ्ना प्रतिनिधिहरूले गत कात्तिक १७ गते (नोभेम्बर ३) गृह मन्त्रालयअन्तर्गत साइबर अपराध नियन्त्रण र साइबर सुरक्षाको कमिटीसँग भेटघाट गरेको पत्रमा उल्लेख छ । त्यसै गरि गत अक्टोबर ५ मा नेपालमा इन्टरनेट सुरक्षा सचेतना सम्बन्धी अभियान चलाउने सहमति पत्रमा हस्ताक्षर भएको टिकटकले स्मरण गराएको छ ।

टिकटकले नेपालको कानुनद्वारा बर्जित कुनै पनि सामग्री हटाउन सिधै अनुरोध गर्न सकिने पोर्टल, ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूल’ को पहुँच पनि प्राधिकरणलाई दिएको पत्रमा उल्लेख गरिएको छ । टिकटकले ट्यास प्येयरको रुपमा दर्ता भएको पत्रमा स्मरण गराएको छ ।

‘हामीले नेपाल सरकारलाई ७ जुमा नेपालको कानुनद्वारा वर्जित कुनै पनि सामग्री हटाउन सिधै अनुरोध गर्न सकिने पोर्टल, ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टूल’ को पहुँच दिएका थियौं । त्यस्तै २९ अगस्टमा डिजिटल सर्भिस ट्याक्स पेयरका रूपमा दर्ता पनि गरेका छौं’ पत्रमा भनिएको छ ।

कम्युनिटी गाइडलाइन्स भ्वाइलेन्स गरेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको टिकटकले जनाएको छ । सन् २०२२ अक्टोबरदेखि सन् २०२३ जुनसम्म उक्त संख्यामा भिडिओहरू हटाइएको टिकटकको पत्रमा उल्लेख गरेको छ ।

यी प्रयत्नहरुले आफूहरु सरकारसँगको सहकार्यका लागि कति प्रतिबद्ध र प्रयासरत छौं भन्ने देखिने उल्लेख गर्दै टिकटकले भनेको छ, ”यसकारण टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारसँगको हाम्रो सहकार्य विपरीत छ । प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न र उनीहरूको कन्टेन्टमा के समस्या भएको हो भन्ने पहिचान गर्नका निम्ति टिकटक नेपाल सरकारसँग काम गरिरहन प्रतिबद्ध छ । त्यसैले हामी टिकटक बन्द गर्नुपर्ने वास्तविक र विशिष्ट कारणहरू के हुन् भनेर हामीलाई प्रस्ट जानकारी दिन नेपाल सरकारसँग अनुरोध गर्छौं ।’

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ००:००  ७ : १५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping