![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai-andolan2.png)
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको अभियानले बिहीबार काठमाडौं केन्द्रित प्रदर्शन सुरु गरेको छ । तीन चल्ने प्रदर्शनको पहिलो दिन बल्खुमा आयोजित कार्यक्रममा देशका विभिन्न भागबाट प्रसाईं पक्षधरहरुको उपस्थिति रहेको थियो ।
बिहीबार बिहान सवा १० बजेदेखि काठमाडौंका विभिन्न नाकाबाट प्रदर्शनी स्थल बल्खुमा प्रदर्शनकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
राजतन्त्र पुन: स्थापना, लघुवित्त सहकारी लगायतको ऋण मिनाहसहितका माग राखेर प्रदर्शनमा उत्रिएका प्रसाईं पक्षधरको कार्यक्रममा झडपसमेत भएको थियो ।
सुरुमा माइतीघरमा गर्ने तयारी गरिएको कार्यक्रममा स्थानीय प्रशासनले रोक लगाएपछि कार्यक्रम बल्खुमा गरिएको थियो । शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउन खोजेको भन्दै प्रसाईं पक्षधरले बिरोध गरेका थिए । तर आजको प्रदर्शन भने शान्तिपूर्ण हुन सकेन ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai-andolan.png)
त्यसक्रममा करिब एक दर्जन प्रदर्शनकारी घाइते भएका थिए भने केही प्रहरी अधिकारी पनि घाइते भएका छन् ।
प्रदर्शनकारी बल्खुबाट कालिमाटीतर्फ जान खोजेपछि प्रहरीले उनीहरुलाई रोक्न खोजेको थियो । त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरे । प्रहरीले अश्रुग्यास प्रहार गर्दै भीड हटाउन खोजे पनि प्रदर्शनकारी पछि नहटेपछि प्रहरीले पानीको फोहरा हानेको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai-andolan3.png)
प्रहरीसँगको झडपका क्रममा घाइते भएका प्रदर्शनकारीलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai-andolan4.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai-andolan5.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai-andolan6.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai-andolan7.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/prahari.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/prahari1.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai-andolan8-1.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai-andolan9.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/durga-parsai-andolan10.png)
प्रतिक्रिया