जीवन बिमा कम्पनीले कहाँ लगानी गर्दैछन् ६ खर्ब ? « Eglish Khabarhub

जीवन बिमा कम्पनीले कहाँ लगानी गर्दैछन् ६ खर्ब ?


१७ मंसिर २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गत असोजमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्दै एशियन लाइफ इन्स्योरेन्सले यति एयरलाइन्सको ४९ प्रतिशत सेयर किन्यो । र, सुभाष सापकोटालाई सीइओ बनाएर पठाइसकेको छ ।

त्यस्तै, केही महिनायता एशियन लाइफले प्रभु बैंकको पनि ठूलो परिमाणको संस्थापक सेयर किनेको छ । यद्यपि, आगामी साधारणसभाबाट मात्रै कम्पनीले बैंकमा आफ्नोतर्फबाट सञ्चालक पठाउने छ । प्रभु बैंकबाट पूर्वअध्यक्षसमेत रहेका देवी प्रकाश भट्टचनले ठूलो परिमाणमा सेयर बिक्री गरेका छन् ।

एशियन लाइफसँग ३९ अर्ब रुपैयाँ जीबन बिमा कोषमा छ, जुन रकम बिमा समितिले तोकेका विभिन्न ११ क्षेत्रमा लगानी गर्न पाउँछ ।

मार्केट लिडर रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘इन्भेष्टमेन्ट कम्पनी’ नै स्थापना गरेर विभिन्न क्षेत्रमा लगनी गर्ने तयारी गरिरहेको छ ।

‘इन्भेष्टमेन्ट कम्पनी नै स्थापना गरी अहिले हामी लगानीका क्षेत्रहरु पहिचान गरिरहेका छौं,’ नेपाल लाइफ इन्स्योरेन्सका सीइओ प्रविणरमण पराजुलीले भने, ‘घरजग्गासहित उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने योजनाअनुसार काम गरिरहेका छौं ।’

नेशनल लाइफ इन्स्योरेन्सले घरजग्गा क्षेत्रमा गरिने लगानीलाई विशेष प्राथामिकतामा राख्दै आक्रामकरुपमा लगानी विस्तार गरिरहेको छ । नेशनल लाइफले विर्तामोड, बुटवल, विराटनगर र इटहरीमा जग्गा खरिद प्रकृया अन्तिम चरणमा पुर्याएको छ भने उपत्यकाभित्रका ठमेल, लाजिम्पाट र बाहिरका विरगञ्ज, पोखरामा जग्गा खरिद गरिसकेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री घरजग्गा र इन्भेष्ट कम्पनीमा गरिने लगानीलाई विशेष प्राथामिकतामा राखिएको बताउँछन् ।

‘हामी प्राधिकरणले तोकिएका क्षेत्रमा नै लगानी गरिरहेका छौं, कतिपय लगानीको अन्तिम चरणमा पुगिसकेका छन् भने कतिपय क्षेत्रमा लगानी गर्ने योजना बन्दैछ,’ उनले भने ।

नेशनलसँग अहिले ६८ अर्ब रुपैयाँ जीवन बिमा कोषमा छ, जसको १० प्रतिशत रकम कम्पनीले घरजग्गामा लगानी गर्न पाउँछ ।

नयाँ बिमा ऐनमार्फत् प्राधिकरणले लगानी नीतिलाई सरलीकृत गरिदिएपछि बिमा कम्पनीहरु लगानी विस्तारमा आक्रामक बन्न थालेका छन् । २०७९ मंसिर २० गते नेपाल बिमा प्राधिकरणले घरजग्गासहित ११ क्षेत्रमा लगानी खुला गरेपछि बिमा कम्पनीहरु लगानीमा आक्रामक देखिएका हुन् ।

यतिबेला बिमा कम्पनीहरुले विभिन्न बैंकको संस्थापक सेयर तथा घरजग्गामा लगानी बढाएका छन् । दुबै क्षेत्र अहिले केही सस्तो भएको छ, त्यसको फाइदा बिमा कम्पनीहरुले उठाएका हुन् ।

जीवन बिमा कम्पनीहरुसँग बिमा कोषमा ६ खर्ब रुपैयाँभन्दा बढी छ, जुन विभिन्न क्षेत्रमा लगानी गर्न मिल्छ ।

विगतमा बैंकमा मुद्दति निक्षेपमा राखेर ब्याज खाँदै आएका बिमा कम्पनीहरु पछिल्लो सयम लगानीमा आक्रामक हुँदा बजार केही चलायमान हुने अपेक्षा गरिएको छ ।

‘प्राधिकरणले लगानीको विविधिकरणका लागि तोकिदिएको परिधिभित्र रहेर लगानी गर्दै हामी बजारको औसतभन्दा बढी प्रतिफल दिने योजनाका साथ अघि बढिरहेका छौं,’ नेपाल लाइफका सीइओ पराजुलीले भने ।

नेपाल लाइफसँग १ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको रकम बिमा कोषमा छ । कम्पनीले ‘नेपाल लाइफ क्यापिटल’ सञ्चालनमा ल्याएर त्यसमार्फत् विभिन्न क्षेत्रमा लगानी बढाइरहेको छ ।

लगानी विविधिकरणले कम्पनीको प्रतिफलमा पनि थप सुधार भएको सीईओ पराजुलीले बताउँछन् ।

२०७९ साल जेठयता सुस्ताएको घरजग्गा कारोबारलाई बिमा कम्पनीले केही त्राण दिने बजारको विश्वास छ । लगानी विविधिकरणको ढोका नखोल्दा गत वर्षसम्म बिमा कम्पनीहरुले सरकारले तोकेको सरकारी ऋणपत्र, मुद्दति निक्षेप, नागरिक लगानी कोष लगायतका सिमित क्षेत्रमा मात्रै लगानी गर्न पाउँथे । लामो समयदेखि बीमा कम्पनीहरुले लगानीको विविधकरण गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।

‘प्राधिकरणले बिमा कम्पनीहरुमा जम्मा भएको कोषलाई घरजग्गा, जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी विविधीकरणका लागि निर्देशिका नै जारी गरेपछि बैंकमा पैसा राखेर ब्याज खानुपर्ने बाध्यता हटेको छ,’ सगरमाथा लुम्बीनी जनरल इन्स्योरेन्सका सीइओ चंकी क्षेत्रीले भने, ‘प्रतिफलउन्मुख क्षेत्रमा लगानी गर्दा स्वयं कम्पनीले पनि प्रतिफल पाउँछ, यसले बिमितले बोनसमात्रै पाउँदैनन् समग्र देशले नै लगानीको स्रोत भेट्टाउँछ ।’

कुन कम्पनीसँग कति छ लगानी गर्न मिल्ने पैसा ?

आर्थिक बर्ष २०८०/८१ को पहिलो तीन महिनामा १४ वटा कम्पनीसँग बिमा कोषमा कुल ६ खर्ब ६ अर्ब रुपैयाँ रकम रहेको छ । जसमा सबैभन्दा धेरै १ खर्ब ७५ अर्ब रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्ससँग छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन पनि बिमा कोषको आकारका हिसाबले दोस्रो बलियो कम्पनी हो । यो कम्पनीसँग १ खर्ब १० अर्ब रुपैयाँ छ भने नेशनल लाइफसँग ६८ अर्ब रुपैयाँ छ ।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्ससँग ५५ अर्ब रुपैयाँ, राष्ट्रिय जिवन बिमा कम्पनीसँग ५१ अर्ब रुपैयाँ र एशियन लाइफ इन्योरेन्ससँग ३९ अर्ब रुपैयाँ रकम बिमा कोषमा रहेको छ ।

यी पाँच कम्पनी बाहेकका मध्यमस्तरका कम्पनीहरु अन्र्तगत सुर्यज्योति लाइफसँग २९ अर्ब, मेटलाइफसँग २४ अर्ब रुपैयाँ, सानिमा रिलायन्स र सिटिजन्स लाइफसँग ११/११ अर्ब रुपैयाँ रकम बिमा कोषमा छ । त्यस्तै रिलायबल नेपाल इन्स्योरेन्ससँग ८ अर्ब रुपैयाँ रहँदा प्रभु महालक्ष्मी र आइएमई लाइफ इन्स्योरेन्ससँग ७/७ अर्ब रुपैयाँ बिमा कोषमा छ ।

कुन क्षेत्रमा लगानी गर्न पाइन्छ ?

बिमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिका अनुसार बिमा कम्पनीहरुले हाल ११ वटा क्षेत्रमा लगानी गर्न पाउँछन्। जसमा सरकारी बचतपत्र वा ऋणपत्रमा अधिकतम २५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा ३० प्रतिशत (ख) वर्गकोमा १० प्रतिशत र ग वर्गकोमा ५ प्रतिशत रकम लगानी गर्न पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थाको बण्ड डिबेन्चर र ऋणपत्रमा कुल लगानीको ३० प्रतिशत, धितोपत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र विनियमय बजारमा सूचिकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा कुल लगानीको ३० प्रतिशत, धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा कुल लगानीको १० प्रतिशतसम्म र नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा कुल लगानीको ५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

यो बाहेक प्राधिकरणले सोही बर्षबाट घरजग्गा व्यवसायमा पनि कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ भने कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन, उद्योग, जलविद्युत्, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना, केवलकार, सडक, विद्युत् प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १० प्रतिशतसम्म र इन्भेष्टमेन्ट कम्पनीको शेयरमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार ००:००  ११ : ३९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping