बिल नभए पनि सरकारले डेडिकेटेड लाइनमा उद्योगीबाट पैसा उठाउन खोज्दैछ, यो गलत हो: ओली « Eglish Khabarhub

बिल नभए पनि सरकारले डेडिकेटेड लाइनमा उद्योगीबाट पैसा उठाउन खोज्दैछ, यो गलत हो: ओली


८ पुस २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड लाइनबाट विद्युत उपयोग नगरेका उद्योगीहरुको विद्युत नकाट्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले उद्योगी, व्यवसायीहरु मारमा परेर आफैँ उद्योग बन्द गर्ने अवस्थामा पुगेका बेला सरकारले कोरोनाकालका बेला डेडिकेटेड लाइन लिएका तर विद्युत खपत नगरेका उद्योगीहरुको पनि विद्युत लाइन काटेको भन्दै आपत्ति जनाए ।

‘उद्योगहरु, उद्यमी, व्यवसायीहरु तड्पीरहेका छन् । कराइरहेका छन् अहिले । यस्तो अवस्थामा आफैँ उद्योगहरु बन्दै हुँदैछन् । झन लाइन काटेर उद्योगहरु बन्द गरिदिने ?’ ओलीले प्रश्न गरे ।

ओलीले बिल नै नभएको कुरा सरकारले असुल गर्न खोजिरहेको भन्दै बिल नभएको कुरा सरकारले कसरी असुल गर्छ? भन्दै प्रश्न गरे ।

‘डेडिकेटेड लाइन त जोड्यो । तर, लाइन जोडेर त विद्युत खपत त हुँदैन नि । त्यसकारण लाइन जोड्दैमा यो सरकारले बुझन के पर्‍यो भने डेडिकेटेड लाइन, ट्रंक लाइन विद्युत आपूर्ति गरिएको छ भने आपूर्ति गरेपछि विद्युतको महशुल लिनुस्,’ उनले भने, ‘ यदी लाइन जोडेको छ तर लाइन चाहीँ दिएको छैन भने अनि के को पैसा उठाउनु हुन्छ ?’

प्रमाणका आधारमा खपत गरेको विद्युतको महशुल लिन मिल्ने भन्दै उनले खपत नगरेको बिजुलीको रकम लिन नमिल्ने बताए।

‘जहिलेदेखि लोडसेडिङ समाप्त भयो । त्यसको लिने । जहिलेदेखि थियो । सम्झौता भएको थियो । सम्झौता एकातिर छ । सरकारले अर्कातिर पैसा छैन भनेर बुलडोजिङ गर्न मिल्दैन’ उनले भने ।

ओलीले संवादको माध्यमबाट डेडिकेटेड लाइन लिएका उद्योगीहरुको समस्या समाधान गर्न पनि सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार ००:००  ४ : २० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping