बीबी एयरवेजको फेरि जहाज उडाउने योजना, १२ वर्षमा फर्केला त खोला ? « Eglish Khabarhub

बीबी एयरवेजको फेरि जहाज उडाउने योजना, १२ वर्षमा फर्केला त खोला ?


९ माघ २०८०, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । करिब १२ वर्ष अगाडि भाडामा ल्याएको एउटा जहाज विविध कारणले फिर्ता गएपछि तीन महिनामै बन्द भएको बीबी एयरवेजको जहाज उडाउने प्रयास अझै सफल हुन सकेको छैन ।

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले सन् २०१२ मा कम्बोडियाको टोन्ले साप कम्पनीबाट लिज पर्चेचमा एउटा जहाज ल्याएर काठमाडौं–मलेसिया उडान गरेको बीबी एयरवेज तीन महिनापछि जहाज अभावमा निष्कृय नै रह्यो ।

टोन्लेसँगको लिज पर्चेज सकिएर विविध कारणवश उसले जहाज फिर्ता लगेपछि बन्द भएको बीबीको उडान सपना पूरा गर्न १२ वर्ष कुरिसकेको छ ।

१२ वर्षमा फेरि उड्छ त बीबी एयरवेज ?

बीबीले वर्षेनी उडान सञ्चालन अनुमति (एओसी) नवीकरणको प्रयाससमेत गर्दै आएको छ । कतिसम्म भने ४ वर्ष अगाडि वायुसेवा निगमको एउटा कामै नलाग्ने बोइङ किनेर उडाउने प्रयाससमेत गरेको थियो ।

करिब १५ करोड रुपैयाँमा किनेको निगमको बोइङ ७५७ जहाज उडान गर्न नसकेको बीबीले नयाँ जहाज ल्याएर उठाउने तयारीमा १२ वर्ष बिताएको छ ।

हुनत बीबीले गत दुई वर्षदेखि नै जहाज ल्याउन कोसिस गरिरहेको छ । तर हालै बीबीले नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको बिजनेश प्लानअनुसार आगामी ६ महिनाभित्र २ वटा एयरवसको ए३२०–२०० न्यारोवडी जहाज ल्याएर उडान गर्ने छ ।

यसका लागि बीबीले आवेदन दिएर, डकुमेन्ट अध्ययन र उपयुक्त योजनालाई स्वीकृत गर्दै जहाज ल्याउन नो अब्जेक्सन लेटर (एनओसी) लिने चरणमा पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

बीबी एयरवेजकाअनुसार एनओसी आएको ६ महिनामा बीबीले जहाज ल्याएर उडाउने छ । बीबी एयरवेजका एकान्टेवल म्यानेजर सुरेशमान सिंहकाअनुसार प्राधिकरणसँग जहाज ल्याउन एनओसी मागिएको छ ।

बीबीले एनओसी पाएको ६ महिनाभित्रमा जहाज ल्याएर उडाउने गरी आवश्यक योजना बनाएको दाबी पनि सिंहले गरे । ‘एनओसी आएको ६ महिनामा उडान गर्ने गरी आवश्यक तयारी गरिरहेका छौं,’ सिंहले क्लिकमान्डुसँग भने, ‘बीबीले बनाएको योजनाअनुसार प्राधिकरणबाट एनओसी आएको अवस्थामा छिटो पनि जहाज ल्याएर उडान गर्न सकिन्छ ।’

‘बस चलाउन लागेको हैन एयरवस उडाउन लागेको हो,’ उनले भने, ‘त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरेर जहाज ल्याउनै समय पक्कै लाग्छ ।’

बीबीले काठमाडौं र भैरहवा दुबै ठाउँबाट अन्तर्राष्ट्रिय उडानको लागि तयारी गरेकोले पनि समय लागिरहेको सिंहको दाबी छ ।
‘अहिले हामीले जहाज उडानका लागी आवश्यक आन्तरिक तयारी गरिरहेका छौं,’ उनले भने । प्राधिकरणबाट एनओसी आएपछि औपचारिक रूपमा घोषणा गर्ने र बीबीका उडान योजनाको बारेमा जानकारी दिने पनि सिंहले बताए ।

बीबीले २ वटा एयरवस ल्याउने र त्यसपछि आवश्यकता अनुसार नयाँ जहाज थप गर्दै जाने भएकोले अहिलेको पहिलो पर्खाइ नै एनओसीको लागि भएको पनि उनको भनाइ छ ।

बीबी एयरवेजले प्राधिकरणमा पेश गरेको योजनाअनुसार काठमाडौं र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी रहेको छ । वायुसेवाले भारत, मलेसिया, कतार, जापान, सिंगापुर, हंङकङसहितको ७ गन्तव्यमा उडान गर्ने गरी तयारी गरिरहेको पनि सिंहले बताए ।

बीबी एयरवेजले विगत एक वर्षदेखि कर्मचारी राख्ने, विदेशी पाइलटको लागि वर्क परमिट लिने, जहाज ल्याउन नियामकीय शर्तहरु पूरा गर्नेजस्ता काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार ००:००  ३ : ३७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping