लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगन « Eglish Khabarhub

लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगन



काठमाडौं । सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको हो ।

शुक्रबार अर्थमन्त्रालयमा भएको छलफलपछि दुवै पक्षबीच ६ बुँदे सहमति भएको हो । उक्त सहमतिसँगै आन्दोलनरत संघर्ष समितिको तर्फबाट आन्दोलनका कार्यक्रमहरु स्थगन भएका छन् ।

सहमति पत्रमा आन्दोलनरत पक्षको तर्फबाट वार्ता टोलीका संयोजक पुनाराम (मनिराम) ज्ञवाली र सरकारको तर्फबाट वार्ता टोली संयोजक नारायणप्रसाद रिसालले हस्ताक्षर गरेका छन् ।

बिहीबारदेखि सुरु भएको छलफल आज शुक्रबार पनि भएको थियो ।

Publish on: