निराशाजनक रहेको घरजग्गा कारोबारमा २०८१ मा सुधार होला ? « Eglish Khabarhub

निराशाजनक रहेको घरजग्गा कारोबारमा २०८१ मा सुधार होला ?


२ बैशाख २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । २०८० साल घरजग्गा कारोबारमा निराशाजनक वर्षको रुपमा बितेको छ । कोरोनाको समयमा पनि उच्च कारोबार भएको घरजग्गामा २०८० सालमा भने मन्दी छाएको हो।

विगतमा मासिक औसतमा ६५ हजारदेखि ७० हजार वटा घरजग्गाको कारोबार हुँदै आएकोमा २०८० सालमा करिब आधाले घटेको थियो । २०८० को फागुन मसान्तसम्मको तथ्यांक अनुसार उक्त वर्ष औसतमा मासिक ४३ हजार वटा घरजग्गाको किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

विभागको तथ्याङ्कअनुसार २०८० को ११ महिनाको अवधिमा ४ लाख ७१ हजार ९३६ वटा घरजग्गाको किनबेच भएको थियो । २०८० सालमा आर्थिक मन्दीका कारण बजारमा माग कम हुँदा कारोबार उल्लेख्य हुन सकेन । साथै आर्थिक मन्दीले घरजग्गा कारोबारमा समस्या आउँदा कतिपयले कम मूल्यमा पनि बिक्री गर्न बाध्य भएका छन् ।

त्यस्तै विभागले देशभरको मालपोत कार्यालयबाट दिएको सेवावापत ३६ अर्ब ३८ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । विभागको तथ्याङ्कअनुसार २०८० को वैशाख महिनामा ४२ हजार ४६१ घरजग्गा किनबेच भएको थियो । सो महिना विभागले ३ अर्ब १० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

जेठमा देशभरका मालपोत कार्यालयबाट ५५ हजार ६९ वटा किनबेच भएको थियो । उक्त महिना ५५ हजार घरजग्गाको किनबेच हुँदा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । असारमा ४४ हजार घरजग्गा किनबेच भएको विभागले जनाएको छ । जसमा उक्त कारोबारबाट ४ अर्ब २७ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो भने २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । भदौमा ३५ हजार ६८६ घरजग्गा किनबेच हुँदा ३ अर्ब ४ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

असोजमा देशभर ३९ हजार ८८१ वटा घरजग्गाको कारोबार भएको थियो । सो महिना ४ अर्ब ८ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्तिकमा भने दशैं र तिहार भएकाले कारोबार कम भएको थियो । कार्तिकमा २६ हजार ४६ वटा घरजग्गा किनबेच भएको थियो । विभागले २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

मंसिरमा ४१ हजार ८५१ वटा घरजग्गा किनबेच हुँदा २ अर्ब ८६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यस्तै पुसमा ४५ हजार २७५ वटा घरजग्गा किनबेच भएको थियो । जसमा सो महिना ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

माघमा ५० हजार ९२१ वटा घरजग्गा किनबेच हुँदा ३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ र फागुनमा ५० हजार ९९८ वटा घरजग्गा किबनेच हुँदा ३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

२०८० को फागुनसम्मको तथ्याङ्कअनुसार जेठ महिनाबाहेक अन्य महिना कारोबार उच्च कमी आएको पाइन्छ । मासिक ७० हजारको हाराहारीमा किनबेच हुँदै आएको घरजग्गा २०८० मा ५० हजार लिखित पारित हुन पनि कठिन भएको तथ्याङ्कले देखाउँछ ।

घरजग्गा व्यवसायीहरुले आर्थिक मन्दीबीच कारोबारमा सकारात्मक सन्देश दिन रियल इस्टेट मेला पनि गरेका थिए । उक्त मेलापश्चात घरजग्गा कारोबार बढ्ने घरजग्गा व्यवसायीहरुको अपेक्षा थियो । तर आर्थिक मन्दीले मानिसहरुले लगानी गर्न डराउँदा अपेक्षाअनुसार कारोबार बढ्न नसकेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघका व्यवसायीहरुले अपेक्षा गरेअनुसारको कारोबार बढ्न नसकेको स्वीकार्छन् । दसैं र तिहारपछि घरजग्गाको कारोबार बढ्ने अनुमान आफूहरुले गरे पनि त्यसअनुसार नभएको उनीहरुको भनाइ छ । अपेक्षाअनुसार कारोबार नबढ्दा व्यवसायीहरु भने निराश भएका थिए ।

व्यवसायीले लामो समयदेखि घरजग्गा कारोबारलाई सहजीकरण गर्ने विभिन्न व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । अर्थतन्त्रमा देखिएको समस्याका कारण मानिसमा लगानी गर्न आत्मविश्वास बढ्न सकेको छैन ।

महासंघले विभिन्न समयमा सरकारी अधिकारीहरुलाई भेटेर राष्ट्र बैंकले लिएको नीतिले कारोबार बढ्न नसकेको बताउँदै आएका छन् । उनीहरुले लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्‍याउनुपर्ने माग गर्दै आएका छन् । त्यसैगरी, आम्दानीको स्रोतको ईएमआई शतप्रतिशत हुनुपर्ने उनीहरुको माग छ ।

राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो ७० प्रतिशत र ईएमआई शतप्रतिशत नबनाएसम्म घरजग्गा कारोबार बढ्न नसक्ने व्यवसायीहरुको भनाइ छ । त्यस्तै, सरकारले सहज नीति अपनाएमा विस्तारै आत्मविश्वास बढेर कारोबारमा सुधार आउने व्यवसायीहरुको दाबी छ ।

त्यसैगरी अहिले पनि अधिकांश क्षेत्रमा आर्थिक मन्दीले सुधार आउन नसकेकाले घरजग्गा कारोबारमा कहिले सुधार आउँछ भन्ने यकिन गरेर भन्न नसकेको व्यवसायीहरुको भनाइ छ । सरकारले सहज नीति अपनाए मात्रै कारोबार बढ्ने उनीहरुको भनाइ छ । घरजग्गा व्यवसायीहरुले नयाँ वर्ष २०८१ सालमा घर जग्गा कारोबारले गति लिने विश्वास लिएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार ००:००  ६ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping