कतार एयरको विमान र सिम्रिक एयरको हेलिकप्टर ठोक्किनबाट ‘टिकास’ ले जोगायो « Eglish Khabarhub

कतार एयरको विमान र सिम्रिक एयरको हेलिकप्टर ठोक्किनबाट ‘टिकास’ ले जोगायो


१८ बैशाख २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको बोइङ ७८८ विमान सिम्रिक एयरको बिथ्री हेलिकप्टरसँग ठोक्किनबाट जोगिएको हो ।

करिब ३२० किलोमिटर प्रतिघण्टा भन्दा बढीको रफ्तारमा उडिरहेको कतार एयरको विमान नजिक सिम्रिक एयरको हेलिकप्टर पुगेपछि ट्राफिक एलर्ट एन्ड कोलिजन एभोइडेन्स सिस्टम (टिकास) ले ट्राफिक एडभाइजरी (टीए) जारी गर्दै कतार एयरलाइन्सका पाइटललाई सचेत गराएको थियो ।

विमानस्थल कार्यालयका अधिकारीकाअनुसार टिकासले टिए जारी गर्दा कतार र सिम्रिक एयरको होरिजेन्टल दूरी करिब २ माइल तथा भर्टिकल दूरी करिब २०० फिट रहेको थियो ।

हेटौंडाको आकासमाथि ३५ मिनेट विमान होल्ड गर्दै विमानस्थलमा अवतरण गर्ने क्रममा टिकासबाट टिए जारी हुँदा पाइलटले संयमित हुँदै विमान अवरण गरेको विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीकाअनुसार ट्राफिक एड्भाइजरी सम्भावित दुर्घटनालाई रोक्न जारी हुने गर्छ । ‘टिए जारी भएको अवस्थामा एटीसी वा अन्य कसैको सहायताभन्दा पनि पाइलटले विमानभित्र रहेको फ्लाइट म्यानेजमेन्ट सिस्टमको सहायताले निर्णय गर्दै विमान उडाउने गर्छन्,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारी लुक्लाबाट काठमाडौँ उडेको ९ एन एएलपी नम्बरको सिम्रिक एयरको हेलिकप्टर एरिया कन्ट्रोलबाट टावरलाई कुनै जानकारी नदिई एप्रोच क्षेत्र (हेलिकप्टर वा विमान अवतरण गर्ने सुरु गर्ने ठाउँमा) पुगेर टावरलाई जानकारी गराउँदा समस्या भएको बताउँछन् ।

कतार एयरलाइन्सको विमान अवतरण हुने क्रममा अप्रोच एरियामा पुगेको हेलिकप्टरलाई फिर्ता गराउने गरि एटीसीले निर्देशन नदिनु त्रुटीपूर्ण भएको जानकारहरु बताउँछन् । एटीसीको गैरजिम्मेवारीपन र पाइलटले जानकारी नदिँइ उडान गर्दा टीकास प्रणालीले एडभाइजरी जारी गर्नुपर्ने अवस्था आएको विमानस्थल कार्यालयका अधिकारीहरुको भनाइ छ ।

‘लुक्लाबाट उडेको हेलिकप्टर कुन ठाउँमा पुगेको छ भन्ने विषयमा टावरलाई जानकारी दिनु पर्ने हो तर उसले सिँधै विमानस्थलबाट १५ माइलभन्दा कम दूरीमा आइपुगेपछि विमानस्थलमा अवतरण गर्न लागेको जानकारी दियो,’ विमानस्थल कार्यालयका एक अधिकारीले भने, ‘हेलिकप्टरले आफू अवतरण गर्न लागेको जानकारी दिँदासम्म हामीले कतारलाई अवतरण गर्ने अनुमति दिइसकेका थियौं । कतारले अवतरणको तयारी गरिरँहदा हेलिकप्टर २ माइलभन्दा कमको दूरीमा भएपछि टिकासले टिए जारी गरेको हो ।’

१५ माइल मा बोलाएको हेलिकप्टर एकैपटक अवतरण स्थल(पूर्वी हेलिप्याड) नजिकै पुग्दा मात्र कन्ट्रोल टावरले हेलिकप्टर लाई ‘मार्क’ गरेको देखिन्छ। १५ माइलमा सम्पर्कमा आएको हेलिकप्टर एकैपटक २ माइलसम्म आइपुग्दा कसैले उसलाई होल्ड गर्ने प्रयास नगरेको देखिन्छ भने हेलिकप्टरले आफू अगाडि बढ्ने क्लियर निर्देशनसमेत नपाइ उडेको देखिन्छ।

सिम्रिक एयरको हेलिकप्टर क्याप्टेन आर डंगोलले उडाएका थिए ।

पाइलट थकित हुनुका साथै प्राधिकरणको नियमन कमजोर हुँदा यस्ता समस्या आउने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी बताउँछन् । ‘कम जनशक्तिबाट विमानस्थल सञ्चालन गर्ने महानिर्देशकको उर्दी हुनाले कन्ट्रोलर समेत थकित अवस्थामा सही निर्णय लिन नसकेको देखिन्छ’ उनले भने ।

एटीसी, पाइलट, विमान र हेलिकप्टरको नियमित अनुगमन गर्नु पर्ने प्राधिकरणले आफ्नो जिम्मेवारी अनुसार काम गर्न नसकेको उनको भनाइ छ । ‘जसले गर्दा एटीसीदेखी पाइलटसम्म नियम नमान्ने क्रम ह्वात्तै बढेको छ । यस्ता घटना बढ्दा समेत प्राधिकरणको नेतृत्व जिम्मेवार भएको छैन । जसले आगामी दिनमा ठूलो दुर्घटना निम्त्याउने जोखिम छ,’प्राधिकरणका एक अधिकारी भन्छन् ।

टिकासले टीए जारी गर्दा गर्दै मंगलबार बिहान १० बजे कतार एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो ।

कतार एयरलाइन्सको विमान ९ बजेर २५ मिनेटमा हेटौंडाको आकास माथि पुगेको थियो ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणमा चाप हुँदा एटीसीले विमानलाई आकासमा होल्ड गर्न लगाएका थिए।

हेटौंडाको आकासमाथि ३ फन्का लगाउँदै कतारको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको पर्खाइमा थियो ।

३५ मिनेट होल्ड गरेपछि एटीसीले विमानलाई अवतरणको अनुमति दिएका थिए ।

सोही समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको हेलिप्याडमा सिम्रिक एयरको हेलिकप्टर समेत अवतरणका लागि पुगेको थियो ।

समयमै विमानस्थलको टावरले हेलिकप्टर र विमानलाई सेप्रेसन गर्दा नसक्दा टिकासले टिए जारी गर्नु परेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार ००:००  १ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping