ह्‍विलिङ चार्ज तिरेर १२०० मेगावाट बिजुली किन्न भारत तयार, एनएचपीसीसँग ग्रीड कनेक्सन सम्झौता « Eglish Khabarhub

ह्‍विलिङ चार्ज तिरेर १२०० मेगावाट बिजुली किन्न भारत तयार, एनएचपीसीसँग ग्रीड कनेक्सन सम्झौता


३१ बैशाख २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं ।  सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बनाएको प्रसारणलाइनबाट १२०० मेगावाट बिजुली लैजान भारतीय कम्पनी एनएचपीसी लिमिटेड सहमत भएको छ ।

पश्चिम सेती र सेती नदी-६ बाट उत्पादन हुने बिजुली ग्रीड कम्पनीले बनाएको प्रसारणलाइनमार्फत भारत लैजान तयार भएको हो। सोमबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र एनएचपीसीबीच द्धिपक्षीय समझदारी (एमओयु) भएको छ । एमओयुमा राष्ट्रिय प्रसारण कम्पनी प्रमुख कार्यकारी प्रमुख नेत्र ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायले हस्ताक्षर गरे।

यी दुबै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयु भएको छ । पश्चिम सेती ७५० मेगावाट र सेती नदी-६ (एसआर-६) ४५० मेगावाट जडित क्षमता भएको आयोजना हो ।  सुरुमा एनएचपीसी लिमिटेडले डेडिकेटेड प्रसारणलाइन बनाएर बिजुली लैजाने योजनामा थियो । पछि आयोजना नजिकैबाट ग्रीड कम्पनीले प्रसारणलाइन बनाइरहेकाले त्यहीँबाट लैजान तयार भएको  हो । ग्रीड कम्पनीले प्रस्ताव समेत गरेको थियो ।

सेती नदी-६ कर्णाली करिडोर ४०० केभी प्रसारणलाइनको बेतन सबस्टेसनमा जोडिनेछ भने पश्चिमसेती सेती करिडोर ४०० केभी प्रसारणलाइनको वनलेक सबस्टेसनमा जोडिनेछ । एनएचपीसीले दोधारा-बरेली ४०० केभी प्रसारणलाइनमार्फत भारत बिजुली लैजानेछ । यी दुवै प्रसारणलाइन प्रयोग गरेबापत कम्पनीले ह्‍विलिङ चार्ज तिर्नेछ ।

सतलज जलविद्युत निगम (एसजेभीएन) ले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । करिब एक वर्षमा उत्पादन गर्ने तयारीका साथ काम भइरहेको छ । यो आयोजनाबाट उत्पादन हुने बिजुली लैजान कम्पनीले आफैं डेडिकेटेड प्रसारणलाइन निर्माण गरिरहेको छ । डिंडिङ-ढल्केबर-बथनाहा ४०० केभी प्रसारणलाइनमार्फत बिजुली लैजानेछ ।

२०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत् आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिने गरी सम्झौता भएको थियो । पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना हो । जसको लागत करिब २ खर्ब रुपैयाँ अनुमान गरिएको छ । सेती नदी-६ अछाम र डोटीमा निर्माण हुनेछ ।

एनएचपीसी लिमिटेडले सर्वेको अनुमति पाएको छ । दुई वर्षभित्र कम्पनीले विस्तृत अध्ययन प्रतिवेदन बुझाइसक्नुपर्नेछ ।

कार्यक्रममा ग्रीड कम्पनीका सीईओ नेत्र ज्ञवालीले एमओयु एउटा डकुमेन्ट मात्रै नभएर नेपालको जलविद्युत विकासका लागि दुई सरकारी कम्पनीको सहकार्य समेत भएको बताए । सेती करिडोरका लागि एक्जिम बैंकसँग छलफल भइरहेको बताए ।

कर्णाली करिडोर प्रसारणलाइन भारतीय कम्पनी कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले निर्माणको जिम्मा पाएको छ । करिब साढे ७ अर्ब रुपैयाँमा पाएको ठेक्का ४८ महिनामा सक्नुपर्नेछ । २०७९ फागुनमा नै ठेक्का पाएको हो । यो प्रसारणलाइनले २२०० मेगावाट विद्युत प्रसारण गर्न सक्छ ।

यो प्रसारणलाइन कालिकोटको मान्माबाट सुरु भएर अछाम,सुर्खेत हुदै दोधारा पुग्नेछ । यो करिब ८० किलोमिटरको हुनेछ ।

सेती करिडोर प्रसारणलाइन अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । १८ अर्ब रुपैयाँ अनुमान गरिएको यो प्रसारणलाइन १५६ किलोमिटरको हुनेछ । चैनपुरदेखि डोटीको वनलेक हुँदै दोधारासम्म पुग्नेछ । यो प्रसारणलाइन अन्तर्गत चैनपुर र वनलेकमा सबस्टेसन समेत निर्माण हुनेछ । यो आयोजनामा लगानीका लागि भारतको एक्जिम बैंक इच्छुक देखिएको छ ।

एउटा आयोजना भारतीय कम्पनीले निर्माण गर्ने र अर्को आयोजनामा भारतीय लगानी हुने भएपछि प्रसारणलाइन प्रयोग गर्न भारत तयार भएको बुझिएको छ ।

एनएचपीसीले ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना संयुक्तरुपमा निर्माण गर्ने गरी पाएको छ । १०६ मेगावाटको अप्पर अरुण र १९०२ मेगावाटको मुगु कर्णाली समेत विकास गर्न मागेको छ । सरकारले कुनै निर्णय भने गरिसकेको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ००:००  ६ : ५७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping