चार्जिङ स्टेसन मर्मतका लागि प्राधिकरणले बनाउँदैछ ३ सर्भिस स्टेसन, गाडी र इन्जिनियर स्ट्याण्डवाई रहने « Eglish Khabarhub

चार्जिङ स्टेसन मर्मतका लागि प्राधिकरणले बनाउँदैछ ३ सर्भिस स्टेसन, गाडी र इन्जिनियर स्ट्याण्डवाई रहने


१ जेष्ठ २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको चार्जिङ स्टेसन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन मर्मत सम्भारका लागि ३ वटा सर्भिस सेन्टर राख्ने भएको छ ।

चार्जिङ स्टेसनहरुमा समस्या समाधानका लागि ३ सर्भिस सेन्टर राख्न लागेको हो । ‘हामीसँग सर्भिस सेन्टरमा एक/दुईजना इन्जिनियरसहित गाडी स्ट्याण्डवाई रहनेछ,’ नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्ध सागर ज्ञवालीले भने, ‘हामीले क्षेत्रीय रुपमा राख्न लागेका हौं ।’

नेपाल विद्युत प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ । ती चार्जिङ स्टेसनहरुमा विभिन्न समस्याहरु देखापर्न थालेपछि प्राधिकरणले सर्भिस सेन्टर राख्न लागेको हो ।

अहिले कुनै समस्या आए केन्द्रबाटै मर्मतका लागि जानुपर्ने अवस्था छ । त्यहाँ पुगेर मर्मतका लागि समय लाग्ने भएकाले सर्भिस सेन्टर राख्न लागिएको हो । ‘सर्भिस सेन्टर राखेपछि तत्कालै त्यहाँ पुगेर मर्मत गर्न सकिन्छ । सर्भिस सेन्टर नहुदाँ समान्य मर्मत गर्नै समय लाग्ने गरेको छ,’ उनले भने, ‘हामी चार्जिङ स्टेसनहरुलाई दुरुस्त राख्ने गरी काम गर्न खोज्दैछौं ।’

प्राधिकरणको चार्जिङ स्टेसनहरुमा समस्या आएको, एप नचलेको, लो भोल्टेजको समस्या आएको भन्दै गुनासोहरु आउने गरेका छन् । कतिपयले सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गर्ने गरेका छन् ।

गुनासोहरु बढ्न थालेपछि प्राधिकरणले सर्भिस सेन्टर राख्न थालेको हो ।  ‘अहिले चार्जिङ स्टेसनहरु कमिसनिङको काम हुदैछ । हामी ठाउँ फिक्स गरेर सर्भिस सेन्टरको काम सुरु गरिहाल्छौं, ‘ उनले भने ।

प्राधिकरणले एसियाली बिकास बैंक (एडीबी) को ३७ करोड ७९ लाख रुपैयाँ सहुलियत ऋण लिएर चार्जिङ स्टेसन निर्माण गरेको हो । काठमाडौं उपत्यकाभित्र ७ वटासहित मुलुकका मुख्य राजमार्ग र शहरी क्षेत्रमा चार्जिङ स्टेसन निर्माण गरिएको छ । यी फाष्ट चार्जरले एक घण्टामा नै फुल चार्ज गर्न सक्छ ।

विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने भन्दै सरकारले सिंहदरबारभित्र समेत ३० किलोवाटका ५ वटा फाष्ट चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ । करिब १ करोड रुपैयाँ खर्चेर सिंहदरबारमा चार्जिङ स्टेसन राखेको हो ।

‘अधिकांश चार्जिङ स्टेसन प्याक’

विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै अधिकांश चार्जिङ स्टेसनहरु व्यस्त हुन थालेका छन् । केहि चार्जिङ स्टेसनमा मध्यरातमा समेत गाडीहरु चार्जमा राख्न थालेको प्राधिकरणले जनाएको छ ।

निजीसहित साना ठूला गरी साढे तीन सयभन्दा बढी चार्जिङ स्टेसनहरु रहेका छन् । प्राधिकरणका चार्जिङ स्टेसनले दैनिक डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसनबाट सबैभन्दा धेरै विद्युत गएको फागुन ७ गते खपत भएको थियो । १ हजार ७४७ वटा सवारीसाधन चार्ज गर्दा २२ हजार २२० किलोवाट आवर (युनिट) खपत भएको थियो । १ लाख ९४ हजार ९४० रुपैयाँ आम्दानी गरेको थियो । गएको दशैमा समेत प्राधिकरणको चार्जिङ स्टेसनबाट करिब २२ हजार युनिट बिजुली खपत भएको थियो ।

 प्राधिकरणले चार्जिङ पूर्वाधारको अभाव भएको भन्दै २ अर्ब रुपैयाँ खर्चेर ५०० वटा चार्जिङ स्टेसन बनाउने तयारी गरेको छ । मुख्य राजमार्ग र शहरी क्षेत्रमा चार्जिङ स्टेसन बनाउने भन्दै अर्थ मन्त्रालयसंग स्रोत सुनिश्चितता मागेको छ । तर अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता दिन सकेको छैन ।

तेस्रो लगानी सम्मेलनमा समेत यो परियोजना शोकेस गरिएको थियो । तर लगानीकर्ताहरु आकर्षित हुन सकेनन  । चीनले चार्जिङ नेटवर्क बनाइदिन ग्रीन सिग्नल दिएको भन्दै प्रस्ताव गरिएको थियो तर तयारी नपुगेको भन्दै सम्झौता हुन सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणमा क्रममा नेपालले प्रस्ताव गरेको थियो । गएको असोज दोस्रो साता प्रधानमन्त्री दाहाल औपचारिक चीन भ्रमणमा गएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार ००:००  १२ : ०२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping