अब्बल बन्दै नेपाली चेन होटल, मध्यपूर्वदेखि युरोपसम्म फैलने तयारी « Eglish Khabarhub

अब्बल बन्दै नेपाली चेन होटल, मध्यपूर्वदेखि युरोपसम्म फैलने तयारी

एउटै समूहबाट २६ वटासम्म होटलको व्यवस्थापन


४ जेष्ठ २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालमा केही समय अघिसम्म विदेशी ब्राण्डका होटललाई निकै प्राथमिकताका साथ हेर्ने नेपालका व्यवसायिक घराना अहिले भने स्वदेशी ब्राण्डमै हौसिन थालेका छन् । विदेशी चेन होटल सरहको सेवा, सुविधा, क्षमता र ग्राहक सेवाका कारण नेपाली व्यवस्थापन अब्बल हुन पुगेका छन् भने विदशी ब्राण्डमै लामो समय चलेको होटलले नेपालमा आफैं दायरा विस्तार गर्न थालेका छन् ।

नेपाली होटल परिस्कृति हुँदै जाँदा र विश्वभर फैलिएका नेपालको दक्ष जनशक्ति अब नेपालमै टिकाउने बाटोसमेत बनेको देखिएको छ । नेपाली ब्राण्डका होटल एउटैले २६ वटासम्मको व्यवस्थापन सम्हालिसकेका छन् । देशभित्र लामो समय विदेशी चेनमा खुलेका होटल अहिले आफ्नै व्यवस्थापन समूह बनाएर अन्तर्राष्ट्रिय स्तरमा होटलको व्यवस्थापापन सम्हाल्ने गरी अगाडि बढिरहेका छन् ।

पछिल्लो समय नेपालको होटल क्षेत्रमा अब्बल जनशक्ति भएको र देश विदेशमा काम गरेर अनुभव प्राप्त गरेर उच्च दक्षता बनाएकै कारण नेपाली व्यवस्थापन प्रभावकारी हुन थालेको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए । शाहका अनुसार काठमाडौं उपत्यकामा मात्रै पाँचतारे होटल सीमित छैनन् । नेपालीको सामथ्र्य बढ्दै गएकोले पहुँचसँगै होटलको व्यवस्थापन बढ्नुलाई सकारात्मक मान्नुपर्ने उनी बताउँछन् ।

विदेशमा काम गरेको अनुभवनलाई नेपालमा आएर प्रयोग गर्न थालिएको नेपाली व्यवस्थापनकै कारण भएकोले यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिएको नेपाली होटल व्यवसायीहरु बताउँछन् ।

२६ वटा होटलको व्यवस्थापन सम्हाल्दै सिद्धार्थ हस्पिटालिटी ग्रुप

नेपालमा पछिल्लो समय होटल व्यवसायमा आक्रामक बनेको सिद्धार्थ हस्पिटालिटी ग्रुपले २६ वटा होटलको व्यवस्थापन सम्हाल्न थालेको छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेका अनुसार आफैंले सञ्चालन गरेका र व्यस्थापन गरेकासमेत गरेर होटलको संख्या २६ वटा पुगेको छ । यी होटल पर्यटक स्तरदेखि ५ तारेसम्म पुगिसकेका छन् ।

सिद्धार्थ हस्पिटालिटी ग्रुप सुरु भएको २६ वर्ष हुँदा संयोग नै भन्नुपर्छ होटल पनि २६ वटा नै पुगेको सीईओ न्यौपानेले बताए । ‘अहिले यो ग्रुपले १९ वटा होटल आफैं चलाएको छ भने ६ वटाको व्यवस्थापन जिम्मा लिएको छ,’ न्यौपानेले भने ।

सिद्धार्थ हस्टिालिटी ग्रुपसँग अहिले एउटा पाँचतारे होटल, ३ वटा चारतारे र बाँकी रेस्टुरेन्ट रहेका छन् ।

नेपालीको दक्षता र क्षमता बढ्दै गएकोले अब नेपालमा विदेशी ब्राण्डका होटल भित्र्याउने विकल्पमा नेपालीले नै व्यवस्थापन सम्हाल्न थालेका छन् । नेपाली व्यवस्थापन अब्बल भएको सन्देश दिन र थप विश्वास जगाउन अन्तर्राष्ट्रिय स्तरका होटलमा व्यवस्थापन सम्हाल्ने गरी होटलको खोजी भइरहेको सीईओ न्यौपानेले क्लिकमान्डुसँग बताए ।

अहिले नेपाली नै विदेशी ब्राण्डलाई टक्कर दिन सक्ने भएको दाबी नेपाली होटल व्यवस्थापन समूहको छ । नेपाली होटल व्यवस्थापन विस्तारै अन्तर्राष्ट्रिय स्तर प्रवेशको संघारमा छन् । त्यसका लागि नेपाली होटल व्यवस्थापन समूह सिद्धार्थले छिट्टै भारतको एक तारे होटलको व्यवस्थापन सम्हाल्ने भएको छ ।

युरोपेली होटल खोज्दै सोल्टी

नेपाली होटल व्यवस्थापन समूह ‘सोल्टी होटल काठमाडौं’ले पनि भारतमै नयाँ होटलको खोजी गरिहेको छ । सोल्टीले युरोप तथा मध्यपूर्वी एसियामा पनि उपयुक्त होटल व्यवस्थापनका लागि खोजेको बताएको छ ।

पाँचतारे होटल चलाइरहेको सोल्टीले युरोपेली होटल खोज्न थालेको छ । नेपालमै पाँचतारेसहित एक दर्जनको व्यवस्थापन सम्हाल्दै गरेको यो होटललले मध्यम तथा उच्च वर्षका ग्राहकलाई सेवा दिने गरी काठमाडौं र काठमाडौं बाहिरका १२ वटा होटलको व्यवस्थापन गर्दै छ । सोल्टीले नेपाल बाहिर भारतदेखि यूरोपसम्म पनि होटलको व्यस्थापन सम्हाल्ने भएको छ । यसका लागि होटलको खोजी भइरहेको सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाँईंले क्लिकमान्डुसँग भने

सोल्टिमोड–ताहाचलको सोल्टी होटलले सोल्टी होटल काठमााडौंको ब्राण्डमा विभिन्न होटलको व्यवस्थापन सम्हालिरहेको छ । सोल्टीले नेपालगञ्जमा पाँचतारे होटल सोल्टी सिब्क्रिम चलाइरहेको छ भने पोखरामा पाँचतारे स्तरकै होटल सञ्चालनको तयारी गरिरहेको छ । यो होटलको व्यवस्थापनमा इटहरीमा पाँचतारे होटल सञ्चालन गर्दै छ भने यसले नगरकोटको तायो इको रिसोर्टकोसमेत व्यवस्थापन सम्हालेको छ ।

सञ्चालनमा आएका, निर्माणाधीन र निर्माणको तयारीमा रहेकोसमेत गरी सोल्टी होटलले अहिले १२ वटा होटलको व्यवस्थापन सम्हाल्दै छ । होटल नेपाली व्यवस्थापनमा आएपछि लगानी विस्तार र बजारीकरणलाई थप आक्रामक बनेको छ ।

लामो समय विदेशी व्यवस्थापनमा चलेको यो होटलबाट ३ वर्ष अगाडि मात्रै विदेशी व्यवस्थापन समूह बाहिरिएको हो । साढे २ दशकभन्दा लामो समयदेखि सोल्टी होटलको व्यवस्थापन सम्हालेको बेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी) बाहिरिएपछि नेपाली व्यवस्थापनले नै होटल सम्हाल्न थालेको हो । यो होटलले यसअघि बनाइरहेको र सम्हाल्न थालेको सबै होटल अब ‘दि सोल्टी काठमाडौं’को नामबाट विश्वका विभिन्न देशमा पुग्ने योजनाका साथ अगाडि बढ्न थालिसकेको जानकारी दिएको छ ।

‘विदेशी व्यवस्थापन नहुँदा नेपालबाट बाहिरिने रकम रोकिन्छ भने नेपालभित्रै नेपाली हस्पिटालीलाई प्रवर्द्धन गर्न सकिने छ । विदेशी व्यवस्थापनका लागि बाहिरिने विदेशी मुद्राको पनि बचत हुन्छ,’ चापागाईंले भने, ‘नेपाली होटलसँगै संसारभर अब्बल मानिएका होटलका जनशक्ति भएकाले पनि आफ्नै व्यवस्थापनलाई प्रवर्द्धन गर्न लागिएको हो ।’

सोल्टीले भारतमा होटल खोजिरहेको छ भने अनुकुल होटल पाएसँगै राम्रो व्यवस्थापन हुने पनि उनले बताए ।

१० वर्षमा एक सय होटल पुर्‍याउने पौवाको महत्तवाकांक्षी लक्ष्य

नेपाली व्यवस्थापनमा चलेको पौवा होटलले आगामी १० वर्षमा एक सयवटा होटलको व्यवस्थापन सम्हाल्ने महत्त्वाकांक्षी योजना बनाएको छ । १५० जनाभन्दा बढीको समूहका लगानीकर्ता पौवा ब्राण्डमा नेपालमा खोलेको होटललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने योजना बनाएको छ । यो होटललेको व्यवस्थापन समूहले पछिल्लो ८ वर्षमा १३ वटा होटलको व्यवस्थापन सम्हालिसकेको छ । पौवा ब्राण्डमा होटल सञ्चालन गरिरहेको यो समूहले अबको १० वर्षमा स्वदेशी र विदेशमा गरी एक सयवटा पुर्‍याउने पनि होटल पौवाका अध्यक्ष ध्रुव न्यौपानेले क्लिकमान्डुसँग बताए ।

‘पछिल्लो ८ वर्षमा जति होटलको व्यवस्थापन सम्हालेको छौं अबको एक दशकमा त्यसलाई १० गुणा नै वृद्धि गरेर भारतदेखि मध्यपूर्वमा लैजाने योजना बनाएका छौं’ उनले भने ।

सिद्धार्थ हस्पिटालिटी ग्रुपबाट छुट्टिएको यो समूहले पर्यटक स्तरदेखि चारतारेसम्मका होटलका व्यवस्थापन सम्हालिरहेको छ । यो होटल समूहले पाँचतारेसम्मको व्यवस्थापन सम्हाल्ने क्षमता बनाइसकेकोले छिट्टै भालुवाङ र नेपालगन्जमा ५ तारे होटलकै व्यवस्थापन सम्हाले तयारी रहेको पौवाका अध्यक्ष न्यौपाने भने ।

नेपालमा उत्पादन भएका होटल व्यवस्थापनक दक्ष जनशक्तिलाई बाहिर जानबाट रोक्ने र विदेशीएकालाई स्वदेश फर्कउने मुख्य उद्देश्य राखेर सेवामूलक व्यवसाय गरिरहेको भनाइ पनि होटलका अध्यक्ष न्यौपानेले क्लिमान्डुलाई बताए ।

केजीएच पनि होटल बिस्तारमा आक्रामक

होटल विस्तारमा काठमाडौं गेस्ट हाउस (केजीएच) ग्रुप पनि आक्रामक रहेको छ । नेपाली व्यवस्थापनमा चलेको यो होटलले नेपालमा पर्यटकलाई सेवा र सुविधा दिन सबैमा एकै प्रकारको सेवा, सुविधा र गुणस्तरमा जोड दिइरहेको छ । केजीएच ग्रुपलाई नेपाली व्यवस्थापनको अब्बल होटल समूह पनि मानिन्छ । ठमेलमा काठमाडौं गेस्ट हाउस होटलबाट सुरु भएको व्यवसायलाई यो होटलले अहिले काठमाडौं र बाहिरका विभिन्न सहरमा फैलाएको छ । काठमाडौं गेस्ट हाउसका ग्रुपका होटल नेपाली ब्राण्डको अब्बल होटल समूह भएकोले यसको ब्राण्डलाई ग्राहकले रुचाको उनीहरुको भनाइ छ ।

पाँच होटल सञ्चालन गर्दै होटल एस ग्रूप

होटल व्यवसायमा बलियो पकड बनाउँदै अगाडि बढेको एस ग्रुपले ५ वटा तारे होटल सञ्चालन गर्दै छ । काठमाडौं र बाहिर गरी अहिले ३ वटा होटल चलाइरहेको र २ वटा होटल सञ्चालनको तयारी भइरहेको होटल एस ग्रुपका अध्यक्ष योगेन्द्र शाक्यले बताए।

होटल व्यवसायमा लामो समयदेखि सक्रिय शाक्यको काठमाडौंको लाजिम्पाटबाट एम्बास्डर होटल सुरु गरेका थिए । एस ग्रुप अन्तर्गत चलेको यो होटलले थप क्षमता विस्तार र नयाँ सञ्चालन गर्ने क्रमलाई अझै बढाउँदै लैजाने शाक्यले बताए ।

पछिल्लो समय नेपाली व्यवस्थापले चेनकै रुपमा विकास गर्दै गएको होटल समूहमा नयाँ ब्राण्ड थपिने क्रम विस्तारै बढ्दै गएका छन् । एउटा होटल खोल्नेले दुई तीनवटा बनाउने, काठमाडौं बाहिरका भित्र आउने, बाहिरिने क्रम पनि सुरु भएको छ । नेपालमा अहिले नै ३५ लाख पर्यटक धान्न सक्ने क्षमता भइसकेकोले पर्याप्त होटल भएकोले सरकारले विदेशी ल्याउन मात्रै जोड दिनुपर्ने भनाइ होटल संघ नेपालको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ००:००  १० : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping