जनार्दन शर्मा अर्थमन्त्री हुँदा स्टिलको कच्चा पदार्थमा ल्याएको बिचलन सच्याएको पुनको दाबी « Eglish Khabarhub

जनार्दन शर्मा अर्थमन्त्री हुँदा स्टिलको कच्चा पदार्थमा ल्याएको बिचलन सच्याएको पुनको दाबी


१६ जेष्ठ २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उद्योगलाई प्रतिस्पर्धी बनाउन स्पन्ज आइरनमा कर बढाएको प्रष्टीकरण दिएका छन् ।

सरकारले स्वदेशी उद्योगलाई धरासायी बनाउने र ३६ अर्ब रुपैयाँ लगानी डुबाउने गरी भन्सार वृद्धि गरेको भन्दै बिरोध भइरहँदा अर्थमन्त्रीले प्रतिस्पर्धी बनाउन स्पन्ज आइरनमा कर बढाएको बताए।

मेल्टिङ उद्योग लगाएका व्यवसायीहरुले सरकारको अस्थीर नीतिका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै बिरोध गरिरहँदा मंगलबार बजेट सार्वजनिक गरेका अर्थमन्त्रीले बुधबार पत्रकार सम्मेलन गर्दै स्पन्ज आइरनमा कर बढाउनुपरेको कारणबारे प्रष्टीकरण दिए ।

‘तीनवटा स्ल्याब बनाएर स्पोन्ज आइरन र ब्लेडमा भन्सार लगाइएको हो । स्पन्ज आइरनमा विचलन नहोस् भनेर हामीले हाम्रो सिद्धान्त अनुसार काम गरेका छौं,’ अर्थमन्त्री पुनले भने, ‘कच्चा पदार्थभन्दा तयारी सामान एक तह बढी कर हुनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका हौं ।’

उनले कुनै व्यक्ति र उद्योग विशेषलाई हेरेर सरकारले निर्णय गर्ने नभएकाले सबै उद्योगलाई संरक्षण गर्ने दायित्व सरकारकै भएको बताए । आपसी सल्लाह र पर्याप्त छलफलबाटै स्पन्जमा कर बढेको उनको भनाइ छ ।

सबै कच्चा पदार्थ नेपालमा ल्याएर प्रयोग गर्ने भएकोले मेट्रियलको स्क्राब, स्पन्ज र ब्लेडलाई तीन भागमा छुट्याएर हेर्नुपर्ने निष्कर्ष निकालेको पनि मन्त्री पुनले बताए । उनले पहिलो स्ल्याबका रूपमा स्क्रयापलाई १, स्पन्जलाई २.५ र बिलेटलाई ५ प्रतिशतको भन्सार लगाएको उनले बताए । गत वर्ष स्पन्ज आइरमा १ प्रतिशत मात्रै भन्सार शुल्क लगाएको थियो ।

अर्थमन्त्री पुनले स्टिल उद्योगको कच्चा पदार्थमा पूर्वसरकारले निम्त्याएको बिचलन सच्याएको बताएका हुन् । कच्चा पदार्थमा नयाँ स्ल्याब कायम गरेर सच्याउने काम गरेको उनको भनाइ छ ।

अर्थमन्त्री जनार्दन शर्मा हुँदा स्पन्ज आइरन आयातमा भन्सार महसुल घटाइएर १ प्रतिशत बनाइएको थियो । उतिबेला मधु मराशिनी अर्थसचिव थिए । अहिले पुन अर्थमन्त्री भएको बेला उनै मरासिनी अर्थसचिव छन् ।

‘कसैको अनुहार हेरेर कुनै उद्योग हेरेर भन्दा पनि न्यायोचित के हुन्छ ? सिद्धान्ततः मेल खान्छ कि खाँदैन ? भन्ने छलफल गरेर स्पन्ज आइरनमा भन्सार थपिएको हो,’ पुन भने ।

पुनले कच्चा पदार्थ ल्याएर स्टिल उत्पादन गरिन्छ तर अहिलेसम्म कुनमा प्राथमिकता दिने तय छैन । सोहीअनुसार प्राथमिकता तय गरेर स्क्रयापलाई सबैभन्दा तल र त्यसपछि स्पन्ज आइरन राखेको उनले बताए।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ००:००  २ : १५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping