एनसेललाई केन्द्रित गरेर नीहित उद्देश्यका साथ दफा ५७ मा संशोधन गरियो: पूर्वअर्थमन्त्री महत « Eglish Khabarhub

एनसेललाई केन्द्रित गरेर नीहित उद्देश्यका साथ दफा ५७ मा संशोधन गरियो: पूर्वअर्थमन्त्री महत


३० जेष्ठ २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निश्चित उद्देश्यका साथ आयकर ऐनको दफा ५७ मा संशोधन गर्न लागिएको दाबी गरेका छन् ।

बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.महतले आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्नेगरी बजेट विनियोजना भएको टिप्पणी गरे ।

उनले एउटा उद्देश्यका साथ दफा ५७ अन्तर्गत छुट दिन खोजिएको बताए ।

‘सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको छ,’ पूर्वअर्थमन्त्री महतले भने, ‘आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर एउटा नीहित उद्देश्यका साथ दफा ५७ अन्तर्गतमा छुट दिएका कुराहरु आइरहेका छन् ।’

बजेट समग्रमा नेपाली जनतालाई थप निरास बनाउने,अर्थतन्त्रलाई निरासाजनक अवस्थामा पुर्‍याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने गरि आएको उनको भनाइ छ । ‘बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने देखिइएको छ’ महतले भने ।

महतले वर्तमान सरकारको तीन महिनामा नेपाली जनता र मुलुकको अर्थतन्त्रमा निराशा थप्ने काम मात्रै गरेको आरोप लगाए ।

सरकारले बजेटमा ३ करोडभन्दा तलका योजना नराख्ने प्रतिवद्धता तोडेको उनको भनाइ छ । मन्त्रालयमा राखिएको बजेट आफू अनकुलका मान्छेहरुबाट सञ्चालित संस्थाहरुमा गएको उनको आरोप छ ।

‘अहिले संघसंस्था र आफू अनकुलका मान्छेहरुबाट सञ्चालित संस्थाहरु अनगिन्ती रुपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको छ,’ उनले भने, ‘ ३ करोडभन्दा तल बजेटका योजना नराख्ने कुरा अर्थमन्त्रीले तोड्नु भयो । अहिले जति मन्त्रालयगत छलफल चलिरहेको छ । उति ज्याँदा बजेटले निरासा गराएको छ । पूर्वाहपूर्ण र बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकता भए पनि नभए पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्नेगरी बजेट विनियोजन भएको छ ।’

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ००:००  ६ : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping