श्री एयरको आक्रामकताले बुध्दको एकाधिकार टुट्दै, ‘फेयर वार’ले यात्रुलाई फाइदा « Eglish Khabarhub

श्री एयरको आक्रामकताले बुध्दको एकाधिकार टुट्दै, ‘फेयर वार’ले यात्रुलाई फाइदा


८ असार २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । आन्तरिक उडानका वायुसेवा कम्पनी बुध्द एयर र श्री एयरलाइन्सबीच प्रतिस्पर्धा चर्कदै गइरहेको छ । श्री एयरलाइन्सले पछिल्लो समय बुध्द एयरको भरतपुर विमानस्थलमा लामो समयदेखिको एकाधिकार तोडेर आक्रामक सेवाविस्तार गर्ने भएको छ ।

लामो समयदेखि बुध्दले मात्रै एकाधिकार जमाइरहेको चितवनको भरतपुर विमानस्थलमा अब श्री एयरलाइन्सले समेत उडान गर्ने भएको छ ।

श्री एयरलाइन्सले नियमित सेवा दिन भरतपुर विमानस्थलमा बिहीबार परीक्षण उडान गरेको छ । यो उडानपछि अब श्रीले भरतपुरमा नियमित उडान गर्ने गरी उडान अनुमति माग गरेको छ । श्रीले उडान अनुमति पाएर एक महिनाभित्रै भरतपुरमा उडान गर्ने भएको छ ।

बुध्द एयरले अहिले चितवनमा ४७ सिट क्षमताको एटीआर ४२ जहाजबाट दैनिक ९ वटा उडान गर्दै आएको छ । यस्तो उडान एउटा पोखराबाट हुन्छ भने अरु ८ वटा काठमाडौंबाट भइरहेको छ ।

यो विमानस्थल उडान गर्न बुध्द एयरसँग भएको एटीआर ४२ सरह वा त्यो भन्दा कम क्षमताका र भरतपुरमा अवतरण गर्न सक्ने उपयुक्त जहाज अरु कम्पनीको नहुँदा बुध्दले मात्रै लामो समय एकाधिकार जमाइरहेको छ । भरतपुरमा यसअघि यति र सिम्रिक एयरले उडान गर्ने गरेको भए पनि दुबै वायुसेवाको उडान अहिले भरतपुरको लागि छैन ।

यतिले भरतपुरमा उडान गर्ने जेटस्ट्रिम नामक जहाज बिक्री गरेको र एटीआर ७२ मा गएका कारण यसको भरतपुरमा उडान छैन । सिम्रिक एयरलाइन्सलाई गुण एयरलाइन्सले किनेका र यतिका जहाज समेत थप गरेको यो वायुसेवा आर्थिक अभावका कारण एक वर्ष भन्दा लामो समयदेखि बन्द छ ।

भरतपुरमा बुध्द एयरले ४७ सिट क्षमताको जहाजबाट गर्ने उडानको विकल्प श्रीले बनाउने भएको छ । श्रीसँग ८० सिट क्षमताको क्यु ४०० जहाज छ । यही जहाजबाट उडान गर्दै एकैपटक धेरै यात्रुलाई सेवा दिन सकिने र लागत पनि अन्य वायुसेवाको तुलनामा कम हुने भएकाले भाडादर कम हुने श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरले बताए ।

श्रीको जहाजले भरतपुरमा उडान गर्न सक्ने भएकोले परीक्षण उडान गरिएको उनले बताए ।

‘अब आवश्यक प्रक्रिया पूरा गरेर नियमित यात्रु उडानको तालिका सार्वजनिक गर्ने छौं,’ उनले भने, ‘ यसका लागि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाउन बाँकी छ ।’

श्री एयरलाइन्स पछिल्लो समय आक्रामक सेवा विस्तारमा आइरहेको आन्तरिक उडानको वायुसेवा कम्पनी हो । यो वायुसेवाले हाल १० वटा जहाजमार्फत सुगम क्षेत्रमा उडान गर्दै आएको बुध्द एयरसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुध्द एयरसँग हाल १३ वटा ७२ सिट क्षमताका जहाजसहित १७ जहाज छन् । यात्रु उडान क्षमताका हिसावले एकैपटक धेरै यात्रुलाई सेवा दिन सक्ने क्षमता बुध्द एयरसँग छ।

पछिल्लो समय यात्रु उडानको संख्यामा बुध्दसँग श्रीको तुलना गर्न नसकिने गरी फराकिलो अन्तर भए पनि यात्रु क्षमता, जहाज संख्या र श्रीको आक्रामक रणनीतिले यसको प्रतिस्पर्धा बुध्दसँगै हुने निश्चित छ।

श्रीसँग अहिले ८० सिट क्षमताको जहाजको संख्या ६ वटा छ । यो वायुसेवासँग ७० सिट क्षमताको सीआरजे २ र ५० सिट क्षमताको सीआरजे २ वटा गरी १० वटा नियमित उडानकै जहाज छ । यो वायुसेवासँग दुईवटा इन्जिनको २४ सिट क्षमता भएको एमआई १७ नामक ६ वटा हेलिकप्टर छ । अर्को २ वटा ५ सिट क्षमताको सिंगल इन्जिनका लाइट हेलिकप्टर छ । जहाजको संख्याको हिसावले अहिले पनि सबैभन्दा धेरै यही वायुसेवासँग छ ।

५ वर्षपछि बुध्दको एटीआर ४२ विस्थापित हुने

आगामी ५ वर्षपछि बुध्द एयरले एटीआर ४२ जहाज विस्थापन गर्ने भएको छ । बुध्द एयरका अनुसार तीनवटा जहाजको ५ वर्षभित्रमा लाइभ साइकल सकिने भएकाले ती जहाजलाई विस्थापित गर्नै पर्ने छ ।

बुध्द एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार तीन जहाजमध्ये आगामी २ वर्षमा एउटाको उडान साइकल सकिन्छ भने त्यसपछि साढे दुई वर्षमा अर्को हुँदै ५ वर्षमा तीनवटै विस्थापित गर्नुपर्ने हुन्छ । अगामी ५ वर्षसम्ममा पनि सरकारले भरतपुर विमानस्थलको धावनगर्मा विस्तार नगरेको अवस्थामा भने भरतपुरमा जाने जहाज नहुँदा उक्त विमानस्थलमा उडान नै नहुने चिन्ता हवाई सेवा प्रदायकलयले नै व्यक्त गरिरहेका छन् ।

यद्यपी श्री एयरलाइन्सको प्रवेशले भने भरतपुरमा हुने उडानलाई निरन्तरता दिन सक्ने विश्वास सेवाप्रदायकको छ । त्यसो त हाल बुध्द एयरले सेवा दिने सुगम क्षेत्रका विमानस्थमै श्री एयरलाइन्स पुगेको छ । जहाँ श्री एयरलाइन्स पुगेको छ त्यहाँ भाडादरमा भएको प्रतिस्र्धाले यात्रुलाई फाइदा भएको छ ।

बुध्द एयरका अनुसार सरकारले धावनमार्ग विस्तार गरेको अवस्थामा भने एटीआर ७२ जहाज नै भरपुरमा अवतरण गर्न सक्छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारको आश्वासन दिइहेकोले ठूलो जहाजमार्फत सेवा दिन सकिने विश्वास बद्ध एयरको छ ।

भरतपुरमा हाल १२ सय मिटरको धावनमार्ग छ । यो धावनमार्गबाट एटीआर ४२ सम्मका जहाज अवतरण भइरहेका छन् । अब श्रीले क्यू ४०० नामक हजाज नै अवरतण गराइसकेले तत्काल उडानमा प्रभावित भने हुने छैन । तर, सरकारले २ सय मिटर रनवे विस्तार गरिदिएको अवस्थामा भने एटीआर ७२ नै सहजै अवतरण गर्न सक्ने सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार ००:००  १ : ३४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping