चांगनको दिपाल एस०७: विदेश र नेपालमा एकै स्पेसिफिकेसन, भन्सार छल्न किलोवाट घटाएर आयात « Eglish Khabarhub

चांगनको दिपाल एस०७: विदेश र नेपालमा एकै स्पेसिफिकेसन, भन्सार छल्न किलोवाट घटाएर आयात


१३ असार २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का पूर्वअध्यक्ष विष्णु अग्रवालको कम्पनीले भन्सार छल्न किलोवाट घटाएर गाडी आयात गर्ने गरेको पाइएको छ ।

चांगन मोटर्सको दिपाल एस-०७ भन्सार छल्न कागजात मिलाएर ९९ किलोवाट बनाएर आयात गर्ने गरेको पाइएको छ ।

सबै स्पेसिफिकेस उस्तै भएको गाडी बाहिर १९० किलोवाटमा बिक्री भइरहेको छ तर नेपालमा भने ९९ किलोवाट आयात गरेर बिक्री भइरहेको छ । चांगन मोर्टस एमडब्लु वृद्धि अटोकर्प प्रालिको हो । यो कम्पनी विष्णु अग्रवालको हो । कागजात मिलाएर कम्पनीले करोडौं रुपैयाँ भन्सार छलेको भन्दै भन्सार विभागले अनुसन्धान थालेको छ ।

अग्रवालले सेरेस, जीप, चांगन, फियाट, यमाहा, स्कोडा, जेसीबीलगायतका ब्राण्डहरु नेपालमा आयात गरेर बिक्री गरिरहेका छन्।

भन्सार विभागको प्रारम्भिक अध्ययनमा ५१ देखि १०० किलोवाटका ईभीले भन्सार छलेको निष्कर्ष निकाल्दै थप अध्ययन थालिएको छ । भन्सार राजस्वमा नै असर गरेपछि विभागले अहिले अध्ययन गरिरहेको हो । भन्सार स्रोतका अनुसार केहि कम्पनीले भन्सार छली गरेर गाडी आयात गरिरहेको पाइएको हो । ‘हामीले नेपालमा मात्रै होइन, चिनियाँ भन्सार कार्यालयमा समेत कम्पनीहरुले पेस गरेको विवरण मागेका छौं,’ भन्सार विभागका एक कर्मचारीले भने, ‘प्रमाणित हुन आए हामी कारबाही गर्छौं ।’

नेपालमा ५१ देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीसाधनले ६३ प्रतिशत कर तिर्नुपर्छ । १०१ देखि २०० किलोवाटसम्मका सवारीसाधनले ८५ प्रतिशतसम्म कर तिर्नुपर्छ । उपभोक्तालाई किलोवाट घटाएर बेचेपछि यसले रावस्वमा क्षति पुर्‍याइरहेको छ।  ‘ईभी आयातकर्ताहरुले अर्बौ रुपैयाँ राजस्व छलेर गाडी ल्याइरहेको विषयहरु बाहिरिएका छन्, हामी छानबिन गरिरहेका छौं’ भन्सार स्रोतले भन्यो ।

पेट्रोलियम कारमा सीसी भने झैं विद्युतीय सवारीमा मोटरको पिक पावर हुन्छ । जति धेरै मोटरको पिक पावर उति ठूलो क्षमता हुने भन्ने बुझिन्छ । जसअनुसार कम पिक पावर भएको मोटरले दिने टर्क (सामान्य भाषामा भन्नुपर्दा ‘पिकअक’) बढी पिक पावरले दिनेभन्दा कम हुनुपर्छ । १९० किलोवाट र ९९ किलोवाट दुवै गाडी अधिकतम टर्क ३२० न्युटन मिटर (एनएम) छ ।

नेपालको उपलब्ध हुने दिपालको मोटर पावर ९९ किलोवाटमात्र छ । जबकि चिनियाँ कम्पनीको यो कारले विश्वका अन्य बजारमा १५० किलोवाटको कार पठाउँछ ।

क्लिकमान्डुले प्राप्त गरेको कागजात अनुसार नेपालमा र बाहिर बिक्री हुने दिपाल एस-०७ को एउटै स्पेसिफिकेसन छ । तर नेपाल आयात हुने गाडीको किलोवाट घटाएर आयात भएको छ ।

नेपालमा बिक्री हुने दिपालको एस-०७ को स्पेसिफिकेसन
नेपाल बाहिर बिक्री हुने दिपाल एस-०७ को स्पेसिफिकेसन

गाडीको पर्फरमेन्स एउटै छ । मात्रै नेपालमा आयात गर्दा ९९ किलोवाटमा कागजमा बनाइएको छ ।

गाडीको रेन्ज ४८५ किलोमिटर छ । ब्याट्री क्यापासिटी ६६.८ किलोवाट आवर छ । ब्याट्री एकै खालको छ । बाहिर बिक्री हुने र नेपालमा बिक्री हुने गाडी डिसी फाष्ट चार्जरबाट ३५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

एकै खालको च्यासिस छ । स्टेयरिङ इलेक्ट्रिक पावर स्टेरिङ छ । टर्निङ रेडियस ५.७४ एम छ । एक्सटेरियर समेत एउटै छ ।गाडीको लम्बाई, चौडाई, उचाईसमेत क्रमश ४७५० एमएम, १९३० एमएम र १६२५ एमएम छ ।

ह्विलबेस २९०० एमएम, फ्रन्ट ह्‍विल ट्रयाक १६४० एमएम, रियर ह्‍विल ट्रयाक १६५० एमएम, ग्राउण्ड क्लियरेन्स १६५ एमएम, सिटीङ क्यापासीटि एउटै छ । टायरको साइज पनि एउटै छ ।

कम्पनीका एक अधिकारीले बाहिर १९० किलोवाटमा बिक्री भइरहेको भए पनि नेपालको बजार हेरेर ९९ किलोवाटको बनाउन लगाएर आयात गरिएको बताए ।

‘बाहिर १९० किलोवाटमा दिपाल एस-०७ बिक्री भइरहेको छ । सरकारले १०० किलोवाटमाथिको सवारीसाधनमा बढी कर लिन्छ । हामीले ९९ किलोवाटको बनाउन लगाएर आयात गरेका हौं, ‘ ती अधिकारीले भने, ‘भन्सार छली भएको भन्दै बाहिर हल्ला छ । प्रामाणित गर्न हामी चुनौती दिन्छौं ।’ सरकारले मेसिन ल्याएर गाडीको किलोवाट परीक्षण गर्न वा कम्पनीलाई सोध्न सक्ने उनले बताए ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार ००:००  २ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping