विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था « Eglish Khabarhub

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था


९ श्रावण २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बुधबार विहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज दुर्घटनामा पर्‍यो । उड्नासाथ दाहिनेतिर मोडिए रनवेबाट केही पर रहेको कन्टेनरमा जहाज ठोक्किन पुग्यो ।

जहाज ठोक्किना साथ धुवाको मुस्लो उडेको भिडियोहरु सार्वजनिक भएका छन् ।

चालक दलका दुई सदस्यसहित १९ जना सवार विमानमा सौर्य एयरका कर्मचारी र इन्जिनियर लगायत सवार थिए ।

१९ जना मध्ये १८ जनाको तत्कालै मृत्यु भएको थियो ।

पाइलट मनिषरत्न शाक्यलाई भने उद्धार गरि अस्पताल लगियो । उनलाई उद्धार गरेको तस्बिरमा उनी क्याप्टेनको सेतो पोसाकमा रगतले भिजेको अवस्थामा देखिएको छ ।

विमानमा आगो लागेको भए पनि उनको शरीर जलेको अवस्थामा देखिएको थिएन ।

उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ । पाइलट शाक्यको मेरुदण्डको अपरेशन गरिएको छ भने टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेशन गर्नुपर्ने बताइएको छ ।

दुर्घटनामा ह्वार्ह्वार आगो लागेको भए पनि उनी ‘भाग्य’ले बाँचेका प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

के भयो ?

दुर्घटनामा पाइलट बाहेक सबैको मृत्यु भएको र आगो लागेको विमानबाट उनलाई सकुसल उद्धार गरिएपछि धेरैले यसबारे चासो राखिरेहका छन्। पाइलट शाक्य भने विमान ठोक्किएपछि भएको आगलागीमा पर्नबाट बचेका थिए ।

उद्धारमा खटिएका प्रहरीका अनुसार पाइलट शाक्यलाई विमान ठोक्किएको कन्टेनरभित्रबाट निकालिएको थियो ।

उड्नासाथ दुर्घटनामा परेको विमान कन्टेनरमा आएर बजारिएको थियो । कन्टेनरमा बजारिँदा विमानको अगाडिको भाग (ककपिट) त्यसैमा अड्किएको पाइएको उद्धारमा खटिएका सुरक्षा स्रोतको भनाइ छ । विमान ठोक्किएपछि डिलमा रहेको कन्टेनर तर खाल्डोतिर खसेको थियो ।

बाँकी भाग भने विमानस्थलको डिलभन्दा तल गोठाटारतर्फको खाल्डोमा बजारिन पुगेको थियो र ठूलो आगो लागेको थियो ।

उद्धारमा खटिएका एक सुरक्षाकर्मीले आफूहरुले पाइलटलाई कन्टेनरभित्रबाट निकालेको जानकारी दिए । ‘हामीले पाइलटलाई कन्टेनरभित्रबाट निकालेका थियौं,’ उनले भने, ‘रगतले भिजेको हुनुहुन्थ्यो । घाउँ निधारमा देखिएको थियो । आँखा हेरिरहनु भएको थियो।’

अरु भने तल पुगेको उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले पनि पाइलट शाक्यलाई कन्टेनरभित्रको जहाजको ककपिटबाट निकालेको जानकारी दिए ।

‘विमान दुर्घटनामा परेको १० मिनेटभित्रै हामीले उहाँलाई उद्धार गरेर अस्पताल लगेका हौं,’ झाले भने, ‘कन्टेनरभित्र विमानको भागबाट निकालिएको हो । त्यतिबेला सम्म त्यहाँ आगो आइपुगेको थिएन । विमानको बाँकी भाग अलिक पर पुगेको थियो र त्यहाँ आगो लागेको थियो ।’

सम्बन्धित समाचार

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ००:००  ५ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping