२९ मंसिर २०८२, आइतबार

दुईपाङ्ग्रे ईभी: ब्राण्ड ल्याउन कर्पोरेट हाउसबीच प्रतिस्पर्धा, उपभोक्ताको रोजाइमै परेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहुलियत दिने सरकारको नीतिका कारण मुलुक विद्युतीय सवारीसाधन (ईभी) मय बनेको छ ।

कार,माइक्रो हुँदै सार्वजनिक सवारीसाधनमा समेत ईभीको प्रयोग बढ्न थालेको छ । चार पाङ्ग्रे ईभी लोकप्रिय बने पनि त्यस अघि नै आएको दुई पाङ्ग्रेले भने विश्वास जित्न नसकेका कारण उपभोक्ताको रोजाइमा परेको छैन ।

विश्वमै विद्युतीय सवारीसाधन ‘एडम्पसन’ गर्ने मुलुकहरुको अग्रपंक्तिमा नेपाल पुगेको छ । चार पाङ्ग्रे सवारीसाधन प्रयोगमा क्रान्ति गरेको नेपालमा दुईपाङ्ग्रे ईभीको बिक्री सीमित मात्रै छ ।

मापदण्डविना जस्तोसुकै सवारीसाधन आयात गर्न दिएकै कारण दुई पाङ्ग्रे ईभीले ग्राहकहरुको विश्वास नै जित्न सकेको छैन् । नाडाका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएका बेला थरी थरीका ब्राण्ड भित्रिएका कारण अविश्वास बढेको बताए । ‘डिजेल/पेट्रोलको अभाव हुँदा धेरैवटा ब्राण्डका दुईपाङ्ग्रे ईभी भित्रिए । तर यस्ता यस्ता ब्राण्ड भित्रिएकी त्यसले परफम नै गर्न सकेन । दुई जना तानेन।

‘अलिकति चार्ज कम भएपछि तान्नै छोड्यो,’ उनले भने, ‘त्यसकारण नेपालमा दुई पाङ्ग्रे ईभी कामै नलाग्ने रहेछ भन्ने नेपाली उपभोक्ताहरुको दिमागमा पर्‍यो । अहिले पनि मान्छेको दिमागमा त्यो छाप रहिरहेको छ ।’  

उनका अनुसार अहिले पनि मानिसहरु दुईपाङ्ग्रे ईभीमा विश्वास गर्दैनन् ।

राजनबाबु श्रेष्ठ

मापदण्ड नबनाए त्यसको असर चार पाङ्ग्रेमा पर्न सक्ने उनीहरुको भनाइ छ ।  उनका अनुसार नाडाले पनि यो विषयमा छलफल गरिरहेको छ । ‘मापदण्ड आवश्यक छ । सरकारले मापदण्ड बनाइदिनुपर्छ । कुन मापदण्डको भित्र्याउन सकिन्छ ?, मापदण्डसँगसँगै गाडी भित्र्याउने कम्पनीले आवश्यक न्यूनतम के के पूर्वाधार चाहिन्छ, त्यो बनाउनुपर्छ,’ श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘उत्पादन ल्याएर बजारमा बेच्ने मात्रै होइन, कन्जुमरलाई खुसी पनि बनाउनुपर्छ । कन्जुमरले दु:ख पाउनु हुँदैन ।’ २०७२ सालमा नेपालमा भारतीय अघोषित नाकाबन्दी भएको थियो ।

जानकारहरु नेपालमा दुई पाङ्ग्रे ईभी बिक्री नहुनु मुख्य कारण पावर,रेन्ज र मूल्य मुख्य कारण भएको बताउँछन् । उनीहरुका अनुसार नेपाल भित्रिएका अधिकांश दुईपाङ्ग्रे बाईक र स्कुटरले करिब १०० किमी हाराहारीको रेन्ज दिन्छ । अफ रोड, सामान्य उकालोमा नचढ्ने तर महँगो भएका कारण उपभोक्ताको रोजाइमा नपरेको उनीहरुको भनाइ छ ।  नेपालको भुगोल सुहाउँदो डिजाइन नभएका कारण पनि रोजाइमा पर्न नसकेको हो ।

त्यसो त पावरफुल स्कुटर ४ लाख रुपैयाँभन्दा बढी महँगो पर्छ । महँगो मूल्य परेका कारण ब्राण्डेड स्कुटर उपभोक्ताको रोजाईमा पर्न सकेको छैन ।

नक्सालमा बिक्रीका लागि राखिएको टेल्जी ब्राण्डका इलेक्ट्रिक स्कुटर

योम माई मोटर्स कम्पनीका निर्देशक संजिव शिल्पकारले विभिन्न कम्पनी खुल्ने र बन्द हुने गरेका कारण दुईपाङ्ग्रे ईभीमा विश्वास बढ्न नसकेको हो ।

‘बजारमा दुईपाङ्ग्रे सवारीसाधन ल्याउने  र हराउने प्रवृत्ति छ । जसले ग्राहकहरुमा अविश्वास बढाएको छ, ‘ शिल्पकारले भने, ‘ग्राहकहरुले कम्पनी बुझेर मात्रै खरिद गर्नुपर्छ । जथाभावी ब्राण्ड किन्दा किनिसकेपछि आफ्टर सेल्स सर्भिसका लागि समस्या हुन सक्छ । सबै हिसाबले टेल्जी भरपर्दो छ ।’ यो कम्पनीले चिनियाँ टेल्जी ब्राण्डका स्कुटरहरु ल्याएर करिब ४ वर्षदेखि बिक्री गरिरहेको छ ।

नेपालमा करिब ८० वटा ब्राण्डका दुई पाङ्ग्रे ईभी बिक्री हुने गरेका छन् । सीमित केहि ब्राण्ड बाहेकका दुई पाङ्ग्रे ईभी स्वरुममा थन्किएका छन् ।

नेपालमा सन् २०१९ मा ४५३ युनिट इलेक्ट्रिक स्कुटर भित्रिएका थिए।  २०२० मा ४९४,२०२१ मा १५६०,२०२२ मा ६३८९, २०२३ मा ४७०० युनिट  भित्रिएका छन्।  नेपालमा न्युँ, टेल्जी, यडिया, ओपेई, लुयुआन, हिरो,एलभेङ,पेयोर ईभी, सेग्वे, जेमोपाई,बोस्च, एमपेरे, आहाना, रे मोटर्स, आईमा, राफ्ट, ओकाया,जुम्बो/जुनेन्, के एसआर मोटर्स, युजी बेष्ट, इनिग्मा, जुलुन,इ आसवा, सुनरा, रुयाङ, टीभीएस, कोमाई, सुपर सोको, एथर, जोय,क्योटो, अल्फा ग्रीन, न्यु मेरस, जेटी, स्लेन, ग्रान्था,आरोमा, मिकु, बेनलिङ, अन नोन्, याकुजा आदि ब्राण्डका स्कुटर भित्रिरहेका छन् । अधिकांश चिनियाँ ब्राण्ड छन् ।

इलेक्ट्रिक बाइकतर्फ सन् २०२२ मा २७१  र २०२३ मा ३४ युनिट भित्रिएका छन् । इलेक्ट्रिक मोटरसाइकल भित्र्याउने मुख्य ब्राण्डहरु टेल्जी,भिमोटो, कोमाई, एडरिस, फेन्चेङ, ओडिस, जोय, मिटसुजु, जोन्टेस, ग्रीन वाहान, सुपर सोको, टारो, हार्वेन, ओवेन, ओक्ला, इभोक, इनर्जिका, अन नोन आदि हुन् । बाइकमा पनि चिनियाँ वर्चस्व रहेको छ ।

जानकारहरु नेपालमा ईभीको कुनै मापदण्ड नबनाएका कारण परीक्षण गर्ने थलो बनाएको बताउँछन् । उनीहरु सरकारले मापदण्ड नबनाएर मुलुकलाई डम्पिङ साईट बनाउन लागेको भन्दै गुनाँसो गर्छन् ।

नेपालमै दुईपाङ्ग्रे ईभीको डिजाइन हुँदै

सिप्रदी ट्रेडिङ र यात्री डिजाइन स्टुडियोले नेपालमै दुईपाङग्रे ईभीको डिजाइन गर्न लागेका छन्।  असार तेस्रो साता दुई कम्पनीबीच नेपालमै दुई पाङ्ग्रे विद्युतीय सवारीसाधन उत्पादन गर्न सहकार्यको सम्झौता भएको थियो । करिब १४ महिनामा डिजाइन तयार हुनेछ । त्यसपछि निर्माण थाल्ने योजना छ ।

‘भारत र चीनमा बनेका दुईपाङ्ग्रे ९ डिग्री ग्रेडियन्टसम्म चढ्ने हुन्छन् । त्यहाँ पहाडहरु फोडेर सडक बनाइएको छ । त्यहाँ त्यत्तिको क्षमताको राम्रो मानिन्छ,’ उपाध्यक्ष श्रेष्ठले भने,’ नेपालमा १७/१८ डिग्री ग्रेडियन्ट छ । हामीले नेपाल सुहाउँदो बनाउन लागेका हो ।’