४५ वर्ष पुरानो पाँचतारे याक एण्ड यति होटल बिक्रीमा, मूल्य ३० अर्बभन्दा बढी « Eglish Khabarhub

४५ वर्ष पुरानो पाँचतारे याक एण्ड यति होटल बिक्रीमा, मूल्य ३० अर्बभन्दा बढी


१९ भाद्र २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । राजधानीको पुरानो संस्कृति बोकेको पाँचतारे होटल याक एण्ड यतिले बिक्री गर्न खोजेको छ । होटल सञ्चालन गर्न सकस हुँदै गएको र पछिल्लो समय अपेक्षाकृत लाभ गर्न नसकेपछि होटल बिक्री गर्ने तयारी भएको छ ।

याक एण्ड यति होटल व्यवस्थापनले यो होटलको बिक्री मूल्य ३० अर्ब रुपैयाँ तय गरेका छन् । दरवारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यति होटल १०० वर्षभन्दा पुरानो दरबारको संरचनामा सञ्चालनमा भइरहेको छ । दरबारमार्गको लाल दरबारमा भएको यो होटल ५७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यो होटलममा कन्फ्रेन्स तथा इभेन्ट हलको रुपमा लाल दरबार कन्भेन्सन सेन्टर छ । होटलमा बालारुम, रिजेन्सी हल, दरबार हल, डाइनेष्टी हल, क्यस्ट्रल हल, सिने र भाइसराय नामक हलसहितको कम्पाउन्ड रहेको छ । राजधानीको केन्द्र भागमा रहेको यो होटललाई प्राइम लोकेशनमा भएको पर्यटकीय संरचनाको रुपले समेत चिनिन्छ ।

हाल होटलको केही भाग मर्मतसंभारमा हरेको भएपनि होटल आंशिकरुपमा भने सञ्चालनमा रहेको छ । होटलमा २४७ वटा कोठा छन् । स्वीमिङ पुल, ज्याकुजी, साउना, लाङटेनिस, साइक्लिङ, जीम, वेलनेस सेन्टर, स्पा र क्यासिनोसमेत रहेको यो होटल भारतीय व्यवस्थाप समूहले सञ्चालन गरिरहेको होटल हो । होटलका संस्थापक राधेश्याम सराफको २०७८ चैतमा निधन भए पनि उनका परिवारका सदस्यले यो होटल चलाइरहेका छन् ।

होटल सम्बद्ध स्रोतका अनुसार कोरोना महामारीपछि होटलले गति लिन नसकेको र पछिल्लो समय पर्यटक आगमनको भन्दा होटलको क्षमता बढी भएकोले चल्तीका होटललाई समेत सञ्चालनमा गाह्रो हुँदै गएको छ ।

नेपालमा हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने क्षमता भइसकेको भएपनि पर्यटक आगमन भने वार्षिक १० लाखमात्रै रहेकोले एक तिहाइभन्दा बढी होटल खाली नै रहेको दाबी होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए । उनका अनुसार होटल क्षेत्रले पछिल्लो समय अपेक्षाकृत व्यवसाय बढाउन सकेको छैन ।

स्तरीय पाँचतारे होटल थपिँदै गएका छन् भने खर्चालु पर्यटक भने बढ्न नसकेका कारण चल्तिका पाँचतारे होटलसम्म चल्न गाह्रो परेकोले बिक्री गर्न खोज्नु सामान्य नै भएको छ । याक एण्ड यति पुरानो दरबारमा सञ्चालन रहेको र राणाकालीन दरबारीय विराशत बोकेको होटल हो ।

पछिल्लो समय याक एण्ड यतिले क्यासिनो चलाएवापतको करिब आधा अर्ब रुपैयाँ नतिरेका कारण विवादमा आएको थियो । यो होटलले चलाएको क्यासिनोले पैसा नतिरकेका कारण दुई वर्ष अगाडि तत्कालीन पर्यटन मन्त्री प्रेम आलेले होटललाई बन्द गराउन निर्देशन दिएका थिए । होटल बन्द गराउने पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागको निर्णयविरुद्ध अदालतमा रिट निवेदन परेको थियो ।

अदालतले होटल बन्द नगर्नु भनेर आदेश दिएको छ भने यो होटलसँग क्यासिनोको रोयल्टी विवाद पनि सकिएको छैन । होटलले तिर्नुपर्ने क्यासिनो रोयल्टीको विषयमा पनि अदालतमा मुद्दा विचाराधीन छ ।

यो होटल सन् १९८४ को अक्टोबरमै नेप्सेमा सूचीकृत भए पनि यसले वित्तीय विवरणसहितको जानकारी अद्यावधिक नगरेका कारण नेप्सेमा निस्कृय अवस्थामा छ । होटल क्षेत्रले पछिल्लो समय नाफा कमाउँदै गएको भए पनि यसले विवरण नदिएको नाफा घाटा सार्वजनिक भने गरेको छैन ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  १ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping