दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय हुन सकेन, १० गतेबाट खोल्न सरकारको प्रस्ताव « Eglish Khabarhub

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय हुन सकेन, १० गतेबाट खोल्न सरकारको प्रस्ताव


२ आश्विन २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खोल्न विषयमा सरकार र व्यवसायीबीच मतभेद हुँदा अझै टुंगो लाग्न सकेको छैन ।

बुधबार यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्ताकर्मीलगातको बैठक सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको थियो ।

व्यवसायी र सरकारबीच सहमति हुन नसकेपछि बैठक शुक्रबारका लागि सरेको छ । ‘छलफल भएको थियो । यसअघि पनि फूलपातीको एक साताअघि खोल्ने चलन रहेछ,’ यातायात मन्त्रालयका सहसचिव सुशिलबाबु ढकालले भने, ‘विगतमा भएका सबै राम्रा असफल अभ्यासहरुलाई आत्मसाथ गर्ने निर्णय भएको छ । हामी अर्को बैठक बसेर टुङग्याउछौं ।’

स्रोतकाअनुसार बैठक चलिरहेका बेला यातायातय मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मा ‘बिडारी’बैठकको बीचमै उठेर हिडेका थिए । अर्को महत्वपूर्ण बैठकमा जान परेको भन्दै उनीहरु हिँडेका थिए । उनीहरु हिँडेपछि व्यवसायीहरु पनि अर्को बैठकमा मन्त्री र सचिवलाई समेत राखेर सहमति गर्ने निष्कर्षमा पुगेका थिए । त्यसपछि बैठक स्थगित भएको हो ।

यसपटकबाट टिकट काट्नका लागि परिचय खुल्ने कागजात अनिवार्य गरिएको छ । त्यसलाई कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको सहसचिव ढकालले बताए । उनकाअनुसार अनुगमन प्रणाली प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।

यातायात व्यवसायीहरुले सडकको अवस्था बेहाल रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सडकको बेहाल अवस्था रहेका कारण तत्कालै मर्मतको माग गरेका थिए । कुनै पनि हिँड्न लायक नभएको उनीहरुको गुनासो थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंअघि नै सबै खाल्डाखुल्डी पुरिसक्ने प्रतिबद्धता जनाएको थियो ।

त्यसै गरी व्यवसायीहरुले राइड सेयरिङ नियमनको विषय समेत उठाएको थिए । उनीहरुले लामो समयदेखि राइड सेयरिङ बन्द गर्न माग गर्दै आएका छन् ।

दशैं लगायतका पर्वमा काठमाडौं लाखौं मानिसहरु बाहिरिन्छन् । लामो दूरीमा यात्रा गर्नेहरुका लागि व्यवसायीहरुले अग्रिम बुकिङ खोल्ने गर्छन् । अघिल्ला वर्षहरु एक महिना पहिलेदेखि नै बुकिङ खोल्ने विषयमा छलफल हुने गरेको थियो ।

यो वर्ष दशैं सुरु हुन १५ दिन बाँकी हुँदा समेत अग्रिक टिकटको बुकिङ टुंगो लागेको छैन । यातायात व्यवसायीहरुले सडकको अवस्थाका कारण तोकिएको समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था नरहेको गुनासो गरेका छन् । उनीहरुका अनुसार यात्रुहरुले समय पुर्‍याउन नसकेको भन्दै गाली गरे पनि सडकका कारण यस्तो अवस्था आएको हो ।

देशभरी सबै राजमार्ग निर्माणाधीन अवस्थामा रहेका कारण यस्तो अवस्था आएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले १० गते अग्रिम बुकिङ खोल्न व्यवसायीहरुलाई अनुरोध गरेको बताए । ‘बैठक बसिरहेको थियो । म निस्किएँ । सम्भवत १० गतेदेखि खुल्छ होला,’ उनले भने ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले प्रारम्भिक छलफल भएको बताए । ‘मसिनो गरी छलफल गरी छलफल गर्ने निर्णय भएको छ । सबैलाई गृहकार्य गरेर आउन भनिएको छ । सडकको बेहालको अवस्थाको विषय उठाएका छौं,’ सिटौलाले भने, ‘पर्सी बस्ने बैठकले निर्णय गर्छ । ‘

यातायात व्यवसायीहरुले दशैंको टिकट अनलाइनमा किन्न आग्रह गरेका छन् । उनीहरुले लाइनमा बसेर दु:ख नगर्न आग्रह गरेका हुन् ।

तर यातायात व्यवसायीहरुले अन्तिम समय मात्रै सरकारसँग बार्गेनिङ गरेर टिकट खोल्ने निर्णय गर्छन् । जसका कारण सर्वसाधरण रातभर लाइन बसेर टिकट काट्न बाध्य हुने गरेका छन् । हरेक वर्ष बसपार्कहरुमा रातभर लाइन लाग्ने गर्छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार ००:००  ५ : ५३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping