बाढी पहिरोमा असंवेदनशील सरकार: बैठक, निर्देशन र निर्णयमा अल्झिएको राज्यसत्ता « Eglish Khabarhub

बाढी पहिरोमा असंवेदनशील सरकार: बैठक, निर्देशन र निर्णयमा अल्झिएको राज्यसत्ता


१५ आश्विन २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ‘यो देशमा कुनै पनि विपतमा ३ वटा शब्द निकै सुनिन्छन् । ति हुन्, बैठक, निर्देशन र निर्णय । विपत आउँछ भन्ने थाहा हुँदा पनि हाम्रोमा पूर्वतयारी गर्ने चलनै छैन । सेना, प्रहरी र सशस्त्र प्रहरीको सक्रियताले मात्रै यहाँ पनि सरकार छ भन्ने अनुभुति हुन्छ ।’

नेपाल सरकारका एक वरिष्ठ सचिवले क्लिकमान्डुसँगको कुराकानीमा माथि उल्लेखित विषय सुनाएका हुन् ।

शनिबार बाढी र पहिरोबाट जनता छट्पटाइरहेको अवस्थामा गृहजिल्लामा सम्मान थापिरहेका मुख्यसचिव एक नारायण अर्यालले सोमबार सिंहदरबारमा बैठक गरेका थिए ।

गत सोमबार नै जल तथा मौसम विभागले बिहीबारदेखि शनिबारसम्म भीषण वर्षाको चेतावनी दिए पनि मुख्य सचिव अर्याल सम्मान थाप्न स्याङ्जा पुगे । यदी जल तथा मौसम विभागको सूचनालाई विष्लेषण गर्दै सरकारले तयारी गरेको सायद कयौं व्यक्तिको ज्यान जोगाउन सकिन्थ्यो ।

अन्य देशमा जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गर्ने सूचनालाई निकै गभ्मीरताका साथ लिइने गर्छ ।

नेपाल सरकारका एक उच्च अधिकारीका अनुसार गत वर्ष तालिमका लागि अमेरिका पुग्दा विपत व्यवस्थापन कसरी हुने रहेछ भनेर नजिकबाट देखेको बताउँछन् ।

‘हामी तालिममा सहभागी थियौं । दिउँसो ४ बजे तिर आयोजकका तर्फबाट मौसमका कारण भोलिको तालिम रद्द हुने जानकारी आयो,’ ती अधिकारीले भने, ‘बाहिर चर्को घाम लागेको थियो । मौसम निकै सफा थियो । तर, पनि खराब मौसमका कारण तालिम रद्द भएको सूचनाले नेपालबाट सहभागी हामीहरु अचम्ममा पर्यौं ।’

तालिम रद्द भएको सूचना आउँदा दिनभरी तालिममा बस्दाको थकानबाट १ दिन आराम हुने भयो भन्ने लागेको उनी बताउँछन् ।

‘तर, तालिम रद्द भएको दिन घरबाट बाहिर निस्कन सकिएन । अघिल्लो दिन खुला रहेको मौसम रातिको ११ बजेबाट बिग्रन थाल्यो । रातभरी र दिउँसो भरी हिँउ पर्यो । बाटोमा ३ फिटसम्म हिँउ परेको रैछ,’ ती अधिकारीले भने, ‘पछि बुझ्दा त स्थानीय प्रशासनले सरकारी कार्यालय र विद्यालय समेत बन्द गरेका रहेछन् । सडकमा हिउँ पन्छ्याउन डोजर तयारी अवस्थामा राखिएको रैछ । प्रशासनले गरेको पूर्वतयारीले क्षति निकै कम मात्रै भएको थियो ।’

ती अधिकारी मौसमले दिने सूचनाका आधारमा सरकारी र गैरसरकारी निकायले रणनीति बनाएको बताउँछन् ।

‘नेपालमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले गत बिहीबारदेखि अविरल पानी पर्ने अनुमान सार्वजनिक गरेको थियो,’ ती अधिकारी भन्छन्, ‘यदी हामीले उक्त सूचनालाई प्रयोग गर्दै तयारी गरेको भए धेरै मानिसको ज्यान जोगाउन सकिन्थ्यो । तर, दुर्भाग्य नै भन्नु पर्छ हाम्रो देशमा एक निकायले प्रकाशित गर्ने सूचना अर्को निकायले प्रयोग गर्ने तथा अन्तर निकाय समन्वय गर्ने संस्कार नै छैन ।’

गैर जिम्मेवार प्रशासन र राजनीतिक नेतृत्व

गत बिहीबारदेखि अविरल पानी पर्ने सही अनुमान गरेको भन्दै जल तथा मौसम विज्ञान विभागका मौसमविद्लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सर्हाना गर्नु पर्ने थियो ।

तर, ११ दिन लामो अमेरिका भ्रमणबाट फर्कंदा प्रधानमन्त्री केपी शर्मा ओलीले कहाँ कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा नभएको र जल तथा मौसम विभागले पहिरोका विषयमा कुनै जानकारी नदिएको बयान दिए ।

‘कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन, थाहा हुने कुरा पनि होइन, काठमाडौंमा यति धेरै डुबान हुन्छ भन्ने पनि आँकलन भएन,’ ओलीले भने, ‘हामी कसैले नसोचेको घटना भएको छ । विपद्पछि भने सरकारले सक्दो काम गरिरहेको छ ।’

जबकी जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि अति ठूलो वर्षको पूर्वसूचना दिएको थियो भने गत मंगलबार नै ‘रेड अलर्ट’ जारी गरेको थियो ।

विभागले जिल्ला तोकेर अत्याधिक वर्षा हुने भन्दै रेड अलर्ट जारी गर्दासमेत सरकारले पहिरो जान सक्छ भन्ने अनुमान नगर्नु गैह्रजिम्मेवारी भएको सरकारी अधिकारी स्वीकार गर्छन् ।

‘हाम्रो काम गर्ने संस्कार नै परिवर्तन गर्नु पर्ने अवस्था छ । बैठक, निर्देशन र निर्णयको गोलचक्रबाट बाहिर निस्केर अन्तर निकाय समन्वय गर्ने , पूर्वतयारी गर्ने, परिणाम दिने गरी काम गर्ने संस्कृति विकास गर्नु पर्नेछ,’ नेपाल सरकारका एक सचिव भन्छन्, ‘केही नहुँदासम्म केही हुँदैन भन्ने हाम्रो संस्कारमा ठूलो समस्या छ । यदी हाम्रो संस्कार जिम्मेवार हुने थियो भने जल तथा मौसम विभागले रेड अर्टल जारी गरेको अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख बेलायत जाने, मुख्य सचिव अनावश्यक भ्रमणमा जिल्ला जाने तथा भ्रमण लम्बाएर प्रधानमन्त्री अमेरिकामा बस्न हुँदैन थियो ।’

झ्याप्ले खोलामा ज्यान गुमाउने अवस्था आउनुले नेपालमा राज्य संयन्त्रण निकै कमजोर अवस्थामा रहेको इंगित गरेको अर्का सचिव बताउँछन् ।

‘घटनापछि मुख्यसचिवले सचिव बैठक गरेर निर्देशन दिएर केही हुने वाला छैन । हामीहरु कोही पनि काम गर्ने संस्कार परिवर्तन गर्ने पक्षमा छैनौं,’ एक सचिव भन्छन्, ‘हाम्रो राजनीति मात्रै होइन, सार्वजनिक प्रशासन पनि निकै कमजोर अवस्थामा पुगेको छ । यसमा टालटुले समाधान नभएर ठूलो सर्जरी आवश्यक छ ।’

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार ००:००  ६ : ४४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping