उपत्यका वरिपरि नै घुमघामका पर्याप्त गन्तव्य, कहाँ जान उपयुक्त ? « Eglish Khabarhub

उपत्यका वरिपरि नै घुमघामका पर्याप्त गन्तव्य, कहाँ जान उपयुक्त ?


२८ आश्विन २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

आन्तरिक पर्यटकका लागि उपत्यका र वरपरका क्षेत्रमै दर्जनौ घुमघामका गन्तव्य छन् । एक घन्टाकाे लागि हाइकिङ, आधा दिनको सिटि टुरदेखि एक दिनकाे यात्रासहितकाे साहसिक मनोरञ्जनका गतिविधसम्म गर्न सकिने पर्यटकीय गन्तव्य छन् । घुमघाम गर्न रुचाउनेले इच्छाएको क्षेत्र र समयमा थाेरै खर्चमै घुम्न सक्छन ।

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर जान यो वर्ष सडक यातायातको सास्तीले अधिकांश घुम्न लायक गन्तव्यमा पुग्न असम्भव बन्यो । यही असोज ११ र १२ गतेको अवरिल वर्षाले काठमाडौं उपत्यका छोड्नुपर्ने र लामो गन्तव्यमा जानुपर्ने यात्रुलाई तनाव दियो । विभिन्न बाधा ब्यवधान झेलेर र बाध्यताले हिँडेका यात्रुबाहेक फूर्सदको समय सदुपयोग गर्नेहरुले भने पक्कै सास्तीपूर्ण यात्रा चाहेका छैनन् ।

यो वर्षको मुख्य चाडपर्व अघि बाढी पहिरोले बाटो नै अवरुद्ध गरेका कारण उपत्यका छाड्न नपाएका र उपात्यकामै रहनेहरु घुम्न बाहिर जान चाहेका थिए भने राजधानीमै रोकिएका छन् ।

दशैंको विजया दशमीको दिन टिकाटालो लगाएर वा टिकाको भोलिपल्टदेखि बिदा नसकुन्जेलसम्म होस् वा त्यसपछि छोटा बिदादेखि सप्ताहन्तसम्ममा राजधानी उपत्यका वरिवरि नै घुमेर पनि आन्तरिक पर्यटकले भने समय व्यथित गर्न सक्छन् ।

त्यसका लागि आन्तरिक यात्रुले एक दिने पदयात्रा, एक रातको होमस्टे बसाई, काठमाडौं नजिकका गन्तव्यमा घुम्ने तथा होटलमा बसेर फर्कनसक्ने सुविधासमेत रहेको छ ।

यसका लागि आन्तरिक पर्यटकले रुचाउने पर्यटनको विधा भन्ने छान्नुपर्ने छ । कसैलाई पदायात्रा मन पर्ला त कसैलाई डे टुर, कसैलाई उपत्यकाको सांस्कृतिक धार्मिक गन्तव्य घुम्न मन लाग्ला त कसैलाई होमस्टे बसाई । आन्तरिक पर्यटकले रोजेको विधामा उपत्यका वरिपरि प्रशस्त घुमघामको गन्तव्य रहेकोले दशैं विदा, दशैंपछि तिहार अगाडिको समयको सदूपयोग गर्न सक्ने गन्तव्य क्लिककमाण्डुले सुझाएको हो ।

होमस्टे अनुभव
काठमाडौं वरिपरि नै घुम्न चाहने यात्रुको लागि होमस्टे अनुभव उपयुक्त गन्तव्य हुन सक्छ । काठमाडौं उपत्यका वरपर, काभ्रे, नगरकोट, ककनी, थानकोट, रामकोटसहितका क्षेत्रमा रहेको होमस्टे अनुभव दशैं तिहारको विदाको लागि उपयुक्त भ्रमण गन्तव्य हुन सक्छ ।

पछिल्लो समय होमस्टेप्रति आन्तरिक यात्रुको चाप बढेको सम्बन्धित क्षेत्रको कला संस्कृति हेर्न र बुझ्न चाहने पर्यटकले उपत्यका वरिपरिकै होमस्टे घुम्न सक्ने होमस्टे महासंघका सचिव सुरज बास्तोलाले सुझाव दिए । उनले भने ‘उपत्यका वरिवरि होटल खोजेर बस्ने आन्तरिक पर्यटकको लागि होमस्टे सबैभन्दा उपयुक्त गन्तव्य बन्न सक्छ । अहिलेको समय होमस्टेमा जाने, साथीभाइको सानो टिम बनाउनेदेखि संस्थागत रुपमै होमस्टेमा गएर दुई दिनदिनसम्मको कार्यक्रम बनाउने आन्तरिक पर्यटकको चाप बढेको छ ।

होमस्टेमा पुगेपछि आन्तरिक पर्र्यटकलाई सम्बन्धित सामूदायिक होमस्टेले गर्ने स्वागत सत्कार, कला संस्कृति देखाउने र एक अर्को समूदायको जानकारी लिएर फर्कनेको चाप बढेकै छ । बास्तोल भन्छन, ‘कला संस्कृतिको अध्ययन गर्न आउने महिला समूह, कुनै कार्यालयका कर्मचारी, साथीसंगीदेखि परिवारका सदस्यसम्ममको आकर्षणको केन्द्र होमस्टे भएको छ । होमस्टेको बसाई एकातर्फ आनन्ददायी र नयाँ अनुभव बटुल्ने खालको हुन्छ भने अर्कोतर्फ होटलको तुलनामा सस्तो पनि हुन्छ ।’

होमस्टे अनुभव गर्न राजधानी नजिकका गन्तव्यमा पुगेका आन्तरिक पर्यटक दोहोर्याएर अर्को गन्तव्यमा जान पनि रुची देखाउने गरेको होमस्टे महासंघको बुझाइ छ । आन्तरिक पर्यटकलाई घुमघाम गर्न रुची जगाउने काम एकपटक कुनै होमस्टेमा पुगेपछि माउथ पब्लिसिटीले आफैं अर्को समूह वा दोहोर्याएर आउनेको रुची देखिएको पनि होमस्टे एसोसिएसनका कोषाध्यक्ष बास्तोलाले बताए ।

पदयात्रा
उपत्यका वरिवरिका गन्तव्यको आन्तरिक पर्यटकको अर्को आकर्षण भनेको एक दिने पदायात्रा पनि हो । उपत्यका वरिवरि चन्द्रागिरि, गोकर्ण, शिवपुरी, रामकोट, थानकोटसहितका क्षेत्रमा साथी सर्कल बनाएर पदयात्रा गर्न सकिन्छ । यी क्षेत्रमा घुम्न एक त कम खर्च हुने र अर्कोतर्फ राती बास नबसी फर्कन सक्ने विशेषता छन् ।

आन्तरिक पर्यटकले उपत्यका वरिपरि घुमघाम गर्न सक्ने यस्ता गन्तव्यले दशैं तिहारको फूर्सदको समयमा होस वा अन्य समयको फूर्सदको सदूपयोग गर्न सबैभन्दा सहज पनि हुने ट्रेकेङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को सुझाव छ । तर आन्तरिक पर्यटक एकातर्फ प्याकेजमा घुम्न जाने नै कम हुन्छन भने अर्कोतर्फ उपत्यका वरिवरि एजेन्सी खोज्ने भन्ने नै नहुने तर्क पदयात्रा व्यवासायीको छ ।

नेपालमै पहिलोपटक निःशुल्क वाकिङ टुर सुरु
गत २७ सेप्टेम्बरमा मनाइएको यो वर्षको विश्व पर्यटन दिवसको दिनदेखि नेपालमै पहिलोपटक निःशुल्क वाकिङ टुर सुरु भएको छ । कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुर क्षेत्रको पुरातात्विक सांस्कृति तथा धार्मिक महत्वको क्षेत्रमा निःशुल्क साताको एक घण्टा घुमाउने गरेको छ ।

समाजका अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी संसारभर वाकिङ टुर निःशुल्क गर्ने प्रचलन छ हामीले नेपालमा पनि यस्तो टुरको सुरुवात गर्ने काम गरिएको हो । यस्तो टुरमा प्रोफेसनल गाइडसहितको टुर हुन्छ भने यसबाट आफ्नो क्षेत्रको प्रवद्र्धन मात्रै नभएर घुमघाम गर्ने संस्कृतिको विकास हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा दैनिक २ पटकसम्म हुने निःशुल्क टुर हाम्रोमा सातामा एक पटक गरेर भएपनि यसको सुरुवात गर्न सकिएको सुवेदीले बताए ।

समाजले दशैं अगाडिका दुई सातामा दुई वटा समूहलाई टुर गराइसकेको छ । अब दशैंपछाडि निःशुल्क टुर सुरु हुने पनि उनको भनाइ छ । कीर्तिपुर समाजले हरेक शनिबार ८ देखि ९ बजेसम्म यस्तो टुर गराउँदै आएको छ ।

एक दिने टुर गराउने समूह दर्जनभन्दा बढी
सहरी जीवनलाई सक्रिय बनाउन र स्वस्थ्य जीवनयापन गरौं भन्दै राजधानीमै हरेक सातादेखि मासिक रुपमा हाईकिङ, साइक्लिङ, टे«किङ, सिटिटुरसहितको नामबाट विभिन्न गतिविधि हुने गरेको छ । यस्तो गतिविधिमा हाल एक दर्जनभन्दा बढी समूह सक्रिय हुन थालेको नेपाल पर्यटन बोर्डका अधिकृत सुवेदीले बताए ।

मासिक रुपमा प्रकृतिप्रेमी समूह, हाइफोर नेपाल, साइक्लिङ समूहसहितले आआफ्नो प्रकृति अनुसारका गतिविधि गराउने गरेका छन् । यस्ता गतिविधिमा हिड्नेदेखि गुड्नेसम्मको गतिविधि हुने गरेका छन् ।

धार्मिक सांस्कृतिक टुर
उपत्यकालाई मन्दिरै मन्दिरको सहर भनेर चिनिन्छ । काठमाडौंमा घुम्ने पर्यटकीय गन्तव्यको रुपमा धार्मिक मठमन्दिर उपयुक्त हुन सक्छ । धार्मिक सांस्कृतिक टुरको रुपमा उपत्यकाको हनुमानढोका, बसन्तपुर, पाटन दरबार, भक्तपुर दरबारसहितका थुपै धार्मिक गन्तव्य छन् ।

उपत्यकाका पुरातत्विक सम्पदा क्षेत्रमा पदायात्रा गर्ने, विभिन्न शक्तिपीठको दर्शनसँगै घुमघाममा निस्कनेसहितको गतिविधि उपत्यकाबासीका लागि पर्वविदासँगैको फूर्सदमा उपयुक्त हुन सक्छ ।

काठमाडौं, ललितपुर, भक्तपुका कोर सिटी एरिया घुम्ने, त्यहाँको धार्मिक सांस्कृति पक्षको बारेमा बुझ्ने, पुरातात्विक ऐतिहासिक सम्पदाको जानकारी लिनेदेखि मनोरन्जका लागि घुम्न सकिन्छ ।

पर्यटकीय गन्तव्यको घुमघाम
उपत्यका वरपर घुमघाम गर्ने गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकले रुचाउने क्षेत्र भने उदायमान क्षेत्रसहितका चल्तीका पर्यटन गन्तव्यसमेत छन् । सामाजिक संजालले गर्दा चर्चामा रहेको गन्तव्यदेखि स्वतस्पूर्तरुपमा परिवारसहित घुम्नेसम्मको गन्तव्य जाने गरिएको छ ।

उपत्यका वरिवरिका चर्चित पर्यटकीय गन्तव्यका रुपमा चन्द्रागिरी केवलकार, नारायणहिटि दरबार, सदर चिडियाखाना, फनपार्क, नमोबुद्ध, शिव मन्दिर, सेतोगुम्बा, ककनी, शिवपुरी, नगरकोटसहितका उपत्यका वरपरका एकदिने पर्यटकीय गन्तव्य छन । यी गन्तव्यमा आन्तरिक पर्यटकको चाप बढी हुने गरेको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकको रुचाइमा परेका गन्तव्यमध्ये थानकोटको चन्द्रागिरि केवलकार पनि एक हो । यो गन्तव्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । यी बाहेक एकै दिनमा पुगिने गन्तव्यका धुलिखेलकाे जीपलाइन, भोटेकोशीकाे बन्जी, काठमाडौंकाे धरहरा, कमलादीकाे स्काईवाकदेखिका दर्जनौ क्षेत्र रहेको र घुम्न जान चाहनेले उपत्यका वरपर नै एकैदिनमा घुमेर फर्कन सक्छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार ००:००  ७ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping