सहकारी ठगी प्रकरण: रविलाई बुटवल लैजाने तयारी « Eglish Khabarhub

सहकारी ठगी प्रकरण: रविलाई बुटवल लैजाने तयारी


७ कार्तिक २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देहीबाट आज पोखरा ल्याइने भएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो । बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत पूर्वडिआइजी जोशी सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कमा अनाधिकृत रुपमा लगानी गरेपछि बयानको लागि रुपन्देही लगिएको थियो ।

जोशीसँग दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुध्द एयरको जहाजमार्फत पोखरा ल्याउने तयारी गरेको प्रहरीको भनाइ छ । आज मध्याह्न साढे १२ बजेको उडानमार्फन उनलाई पोखरा ल्याइन लागिएको हो ।

मंगलबार उनीसँग झण्डै सात घण्टा सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । बयान सकिएकाले पुन: कास्की पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी लक्ष्मी खनालले बताइन् ।

गोरखा मिडिया नेटवर्कमा जोशीका व्यवसायीक साझेदार पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पक्राउ परेका छन् । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । रवि र छवि दुवैलाई म्याद थपका लागि प्रहरीले बिहीबार अदालतमा उपस्थित गराउने छ ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन सडकमार्ग हुँदै पोखरा लगिएको थियो । आइतबार कास्की जिल्ला अदालतमा पेस गरिएका उनलाई ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट लामिछानेले कुनै प्रकृया पुरा नगरी २ करोड रुपैयाँ कर्जा लिएका थिए । लामिछानेले उक्त रकम २०७७ चैत १८ गते लिएको खुलासा भएको हो । लामिछानेको नाममा उक्त सहकारीकी कर्मचारी रोशनी गुरुङले पैसा जम्मा गरेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरेकी थिइन् ।

प्रहरीले गरेको अनुसन्धानबाट उनले सुप्रिम सहकारीबाट उक्त रकम लिएको देखाएको हो । उक्त मितिमा २ करोड रुपैयाँ लामिछानेको नाममा व्यापार कर्जा स्वीकृत भएको छ । जसमा सहकारीले ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको खुलासा भएको हो ।

‘संस्थाको बचत सदस्य रवि लामिछानेको नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरेको, भौचर सदर गर्ने सागर केसी, रकम जम्मा गर्ने रोसनी गुरुङ’ सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ ।

१ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको पाएपछि २८ जनालाई प्रतिवादी बनाउँदै यसअघि प्रहरीले सहकारी ठगीको मुद्दा दायर गरेको थियो ।

रविलाई बुटवल लैजाने प्रहरी तयारी

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवल लैजाने तयारी प्रहरीको छ । लामिछानेविरुद्ध बुटवलमा जाहेरी नपरे पनि जोशीको वयानका आधार लामिछानेलाई बुटवल लैजाने तयारी प्रहरीको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले पनि पार्टी सभापति लामिछानेलाई बुटवल लैजाने प्रहरीको तयारी रहेको सूचना पाएको बताएका छन् ।

‘छविलाई जहाँजहाँ लैजाने हो हाम्रा सभापतिलाई पनि उनको बयानका आधारमा त्यहीँ त्यहीँ लैजाने तयारी प्रहरीले गरेको सूचना पाएका छौं,’ रास्वपाका एक शीर्ष नेताले भने, ‘सरकारको दु:ख दिने नियत नै भएपछि के लाग्छ र ?’

भोलि म्याद थपका लागि पुन अदालतमा पेस गरेपछि लामिछानेलाई शुक्रबार बुटवल लैजाने तयारी रहेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार ००:००  ११ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping