लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा, कागजात नियन्त्रणमा लिएर अनुसन्धान « Eglish Khabarhub

लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा, कागजात नियन्त्रणमा लिएर अनुसन्धान


२१ कार्तिक २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाम जोडिएको मोरङको धनपालथान ४ स्थित कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थामा प्रहरीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

यो सहकारीमा पोखरेल पत्नी कोइराला सञ्चालक रहदा वचतकर्ता र विभिन्न लघुवित्तको करोडो रुपैयाँ अनियमितता भएको आरोप छ ।

बन्द रहेको उक्त सहकारीको कार्यालय कर्सियामा मोरङ प्रहरीले कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सुनसरी इनरुवाका कर्मचारी सहितको संलग्नतामा छापा मारेर अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले बताए ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको पत्रका आधारमा यो प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । चिमरियाले भने सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार सहित सबै सञ्चालक फरार भएकाले अनुसन्धान लम्बिएको हो ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले पोखरेल पत्नी कोइरालालाई कारवाहीको दायरामा राखेको छैन । उनको नाममा कुनै किटानी जाहेरी पनि नपरेको प्रहरी स्रोतले बतायो । न त सहकारीले किटानी गरेको छ न त कसैले किटानी जाहेरी नै दिएको छ । स्रोतका अनुसार त्यसैले कोइराला प्रति प्रहरीको नजर नै परेको छैन ।

प्रहरीले सञ्चारकर्मीहरुको उपस्थितिमा सहकारीमा छापामारेर कागजपत्र र कम्प्युटर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको रजिष्ट्रार हरि खत्रीले क्लिक्मान्डुसँग भने, ‘सहकारीका सवै सञ्चालक फरार भएकाले वास्तविकता बाहिर आउन समय लाग्ने अवस्था छ । सहकारीका केही सदस्यहरुसँग सोधपुछ गर्दा केही पनि खुलेको छैन ।’ खत्रीका अनुसार अध्यक्ष शम्भु रौनियार सहित सबै पदाधिकारी फरार छन् ।

२०६८ सालमा स्थापना भएको यो सहकारीमा पोखरेल पत्नी कोइराला दुई कार्यकाल सञ्चालक समिति सदस्य थिइन् । उनले २०७८ माघ ५ गते सहकारीबाट राजीनामा दिएर यस प्रकरणमा आफ्नो कुनै दायित्व नभएको दाबी गर्दै आएकी छन् ।

यो सहकारीले आफना वचतकर्ताको लालपुर्जा धितोमा राखेर रुपन्देहीको आरएसडीसी लघुवित्तबाट ४ करोड २५ लाख ऋण लिएको थियो । २०७७ पुस २९ गते सञ्चालक समितिको बैठक बसेर थप ३ करोड ऋण लिने निणर्य गर्दा सञ्चालक समिति सदस्यको हैसियतले कोइरालाले पनि माइनुटमा हस्ताक्षर गरेको पुष्टि भएको छ । त्यसको १३ महिनापछि २०७८ माघ ५ गते कोइरालाले सञ्चालक समिति सदस्यबाट राजीनामा दिएको पाइएको छ ।

कोइरालाले राजीनामा दिएर सहकारीको सबै दायित्ववाट उन्मुक्ति लिन खोजे पनि उनी सञ्चालक समिति सदस्य रहेका बेला लिएको ऋण नतिरेपछि रुपन्देहीको आरएसडीसी लघुवित्तले कर्जा असुली गर्न कोइराला सहित सञ्चालक समितिका सबै पादधिकारीलाई २०८० असोज १० गतेसम्म ३ करोड ४३ लाख ७२ हजार ८८३ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै कोइराला सहित तत्कालीन सञ्चालक समितिका पदाधिकारीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा सूचीकृत गराएपछि यो प्रकरणले चर्चा पाएको हो ।

२०८०–४–१ मा कर्जा सूचना केन्द्र लि. हेरिटेज प्लाजा काठमाडौंले कोइरालासहित यो सहकारीका सञ्चालकलाई कालोसूचीमा राखेको थियो ।

सार्वजनिक लेखा समितिका सभापति पोखेरल पत्नी कोइराला पनि यो घटनामा संलग्न भएको दाबी गरिए पनि अनुसन्धानका लागि किन कोइरालाको नाम समावेश नगरिएको भन्ने क्लिकमान्डुको प्रश्नमा खत्रीले भने, ‘पहिलो चरणमा हालका अध्यक्ष रौनियार सहितका पदाधिकारीबाट अनुसन्धान सुरु गरेर कोइरालाको नाम पनि आए उनलाई पनि अनुसन्धानको दायरामा ल्याइने छ ।’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा कसकसको नाम खुल्छ सबैलाई दायरामा ल्याइन्छ । अनुसन्धानले को के हो । सभापति र उसका कोको पत्नी भन्ने हेरिँदैन ।’

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उक्त सहकारीको सञ्चालक समिति सदस्यमा आफनी पत्नी अञ्जला सदस्य रहेको क्लिकमान्डुसँग स्वीकार्दै यो विषयमा आफूले प्रतिनिधि सभामा नै आफ्नो भनाइ सार्वजनिक गर्ने बताए ।

‘पत्नी अञ्जलाले सहकारी संस्थाको सञ्चालक सदस्य रहँदा ऋण लिन संस्थालाई स्वीकृति दिएको हो । तर त्यो रकम उनले हिनामिना गरेको भन्न मिल्दैन,’ पोखरेलले भने ‘त्यो रकम संस्थाका अध्यक्षले तिर्नुपर्ने तर नतिरेपछि अञ्चला फसेकी हुन् । यो विषयमा मेरो नाम जोडेर मिडियाबाजी भइरहेको छ । यसको जवाफ म प्रतिनिधिसभामै दिनेछु ।’

यो सहकारीले आरएसडिसीबाट २०७७ असोज २३ गतेको निर्णय बमोजिम २ करोड, २०७७ फागुन १३ गते थप २ करोड रुपैयाँ र २०७८ असार २४ गते ७५ लाख रुपैयाँ भुक्तानी लिएको थियो । यस वित्तीय संस्थासँग कर्जा माग गर्ने निर्णय गर्दाको तिनवटै बैठकमा संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भु प्रसाद सिंह, सचिव आलम अन्सारी मिया र सञ्चालकहरु अञ्जला कोइराला, आमोद मण्डल र रोशन राजवंशीको उपस्थिति रहेको पुष्टि भएको छ ।

उनीहरुले सर्वसम्मतिले कर्जा कारोबार गर्ने अख्तियारी संस्थाका अध्यक्ष शम्भु प्रसाद रौनियार, व्यवस्थापक चिरन्जीवी कुमार यादव र कोषाध्यक्ष शम्भु प्रसाद सिंहलाई प्रदान गर्नुका साथै उक्त कर्जा तोकिएकै समयावधि भित्र भुक्तान गर्ने प्रतिबद्धतासहित कर्जाको सम्पूर्ण जिम्मेवारी लिने निर्णय गरेको र उक्त बैठकहरुमा निवेदक कोइरालाको उपस्थिति हुनुका साथै निर्णयहरुमा सहमति जनाउँदै दस्तखात गरेको तथा उल्लेखित कर्जाहरुको जमानी बापत २०७७–०६–२७, २०७७–११–२ र २०७८–३–२३ गते धनजमानीको कवुलियतनामा गरेको आरएसडिसीको दाबी छ ।

यो सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको बताइएको छ । अध्यक्ष रौनियारले सहकारीका सदस्यको जग्गा मात्रै होइन सहकारीबाट ऋण खाने सर्वसाधारणको पनि घरजग्गा धितोमा राखिदिएका छन् । सहकारीको नाममा विभिन्न बैंकको ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण छ ।

यो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ ।

१८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । तर यो सहकारीले कहाँ लगानी गरेको भन्ने विवरण उपलब्ध भएको छैन । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रारका अनुसार यो सहकारीको स्थापना कालको डकुमेन्ट मात्र उपलब्ध छ । त्यसयता १० वर्षको डकुमेन्ट नै उपलब्ध छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  ४ : ०७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping