सुटुक्क जापान उडेका प्रदेशमन्त्री विवादमा परेपछि राजीनामा, मानवतस्करीमा छानबिन हुनसक्ने « Eglish Khabarhub

सुटुक्क जापान उडेका प्रदेशमन्त्री विवादमा परेपछि राजीनामा, मानवतस्करीमा छानबिन हुनसक्ने


२१ कार्तिक २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । राज्यलाई जानकारी नै नगराई निजी भ्रमण भन्दै सुटुक्क जापान भ्रमणमा निस्केका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करको आरोपमा कानूनी फन्दामा पर्ने स्थिति आएपछि बुधबार पदबाट राजीनामा दिएका छन् ।

वहालवाला मन्त्री विदेश भ्रमणमा निस्कँदा प्रधानमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई जानकारी दिँदै परराष्ट्र मन्त्रालयको अनुमति लिएर निस्कनु पर्ने प्रावधान छ ।

तर निवर्तमान मन्त्री अधिकारी प्रधानमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषदलाई कुनै खबर नै नगरी पराष्ट्र मन्त्रालयको अनुमति बेगार टोकियो महानगरले आयोजना गरेको एक कार्यक्रममा भाग लिन निजी भ्रमणका नाममा कात्तिक १३ गते सुटुक्क जापान हुइँकिएका थिए । र उनी १७ गते फर्केका थिए ।

उनको जापान यात्रा विवादमा परेपछि बुधबार पदबाट राजीनामा दिएका छन् । उनले गल्ती भएको स्वीर्कादै नैतिकताका आधारमा आफूले राजीनामा दिएर छानबिन र अनुसन्धानका लागि बाटो खुला गरेको क्लिकमान्डुलाई बताए ।

अधिकारीसहित उनकै सचिवालयको नक्कली कागजपत्र बनाएर जापान उडेका अन्य तीन जनालाई जापानले विमानस्थलबाटै डिपोर्ट गरेपछि अधिकारी मानवतस्करी जस्तो गम्भीर विवादमा मुछिएका छन् । स्रोतका अनुसार उनलाई पनि जापानले विमानस्थलबाटै डिपोर्ट गरेको थियो ।

‘मेरै सचिवालयको नक्कली कागजपत्र बनाएर खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटा पनि जापान उडेका रहेछन् । उनीहरुसँग हङकङ ट्रान्जिटमा मेरो भेट भयो,’ अधिकारीले भने ।

अधिकारीका अनुसार उनीहरुलाई उनले चिनेका थिएनन् । र उनीहरुले पनि आफूलाई नचिनेको अधिकारीको भनाइ छ । ‘तर उनीहरुले मेरै सचिवालयको नक्कली कागज बनाएर त्यहाँ पुगेको पाएपछि त्यहीँबाट नेपाल प्रहरीलाई जानकारी गराएँ ।’

तीन जना सचिवालयको नक्कली कागज बनाएर जापान पुगेपछि आफू कार्यक्रममा सहभागी नभई नेपाल फर्किएको र उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको अधिकारीले बताए ।

उनले भने यो विषयमा छानबिन गर्न सजिलो होस् भन्दै नैतिकताका आधारमा राजीनामा दिएको पनि बताए । अधिकारीले भने, ‘नैतिकताको आधारमा मैले राजीनामा दिएको छु । राज्यलाई यो विषयमा छानबिन गर्न खुला भएको छ ।’

उनीहरुसँग अधिकारीको चिनजान नभएको र सम्पर्क पनि नभएको बताइएको छ । राज्यले छानबिन गरे पूर्ण रुपमा सहयोग गर्न आफू तयार रहेको अधिकारीले बताए ।

अधिकारीका अनुसार काठमाडौंमा उत्रिने बित्तिकै प्रहरीले तीनै जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । अधिकारीसहित नक्कली कागजपत्रधारी तीन जनालाई टोकियोस्थित अध्यागमन कार्यालयले डिपोर्ट गरेको बताइएको छ ।

पक्राउ परेका तीन जनाको बयानका आधारमा प्रहरीले थप तीन जना दोलखाका वीरबहादुर, नुवाकोटका जुगव रिजाल र धादिङका महेश पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी स्रोतको भनाइ छ । उनीहरु नक्कली कागज बनाउने गिरोह भएको पनि पाइएको स्रोतको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार यसबारे अहिलेसम्म राज्यको माथिल्लो निकायले केही पनि निर्देशन पठएको छैन । साथै प्रहरीमा उजुरी पनि परेको छैन । आवश्यक परे यो विषयमा अधिकारीलाई अनुसन्धानका लागि प्रहरीले बोलाउन पनि सक्ने स्रोतको भनाइ छ ।

अधिकारीको जापान भ्रमण विवादमा पर्नुका साथै उनकै सचिवालयको नक्कली कागज बनाएर तीन जना जापान उडेको सुइँको पाएपछि मुख्यमन्त्री हिकमत कार्कीले अधिकारीलाई राजीनामा दिन निर्देशन दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ । अधिकारी मोरङ क्षेत्र नं २ (२) वाट नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद हुन् ।

अधिकारी कानून व्यवसायी पनि हुन् । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा उनी प्रदेश सांसद भएकै अवस्थामा साढे ३३ किलो सुन तस्करी मुद्दामा जिल्ला अदालत मोरङमा सुन तस्करको पक्षबाट बहस गरेर विवादमा परेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  ९ : ३१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping