पूर्वी नाकाबाट चिया र प्लाइउडको निकासीमा छलाङ: अलैंची, अम्रिसो, अदुवा र काउली निकासीमा निराशा « Eglish Khabarhub

पूर्वी नाकाबाट चिया र प्लाइउडको निकासीमा छलाङ: अलैंची, अम्रिसो, अदुवा र काउली निकासीमा निराशा


१६ मंसिर २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । मुलुकको पूर्वीनाका काँकडभिट्टाबाट चिया र प्लाइउडको निकासीले छलाङ मारेको छ । यस्तै अलैंची, अम्रिसो, अदुवा र काउली निकासीमा भने निराशा छाएको छ ।

काँकडभिट्टाबाट निर्यात हुने मुख्य १० कृषि र औद्योगिक उत्पादन मध्ये चालु वर्षको पहिलो चार महिनाको निर्यात तथ्यांकले यस्तो देखाएको हो ।

काँकडभिट्टा नाकाबाट यूरोपेली मुलकसहित भारत, भुटान, बंगलादेश र चीन तर्फ नेपाली कृषि उपज र औद्योगिक उत्पादन निकासी हुँदै आएको छ ।

नेपाली चिया निकासीमा भारतीय पक्षले अवरोध गर्दै आए पनि अघिल्लो वर्षको तुलनामा चालू आवको चार महिनामा नेपाली चियाको निकासी झण्डै ६८ प्रतिशतले बढेको मेची भन्सारको तथ्याङ्क छ ।

यो नाकावाट अघिल्लो वर्षको चार महिनामा १ अर्ब ३१ करोड ३४ लाख ३६ हजार रूपैयाँ बराबरको ५५ लाख ८० हजार ९५३ केजी चिया निकासी हुँदा चालु वर्षको चार महिनामा २ अर्ब २० करोड ४८ लाख ४० हजार रूपैयाँको ८० लाख ६२ हजार १६४ केजी चिया निकासी भएको छ ।

मेची भन्सारका प्रवक्ता गणपति कँडेलका अनुसार यो नाकाबाट अघिल्लो वर्षको तुलनामा ८९ करोड १४ लाख ४ हजार रूपैयाँको २४ लाख ८१ हजार २०९ केजी बढी निकासी भएको थियो ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले नेपालको चिया निकासीमा कुनै प्रभाव नपरेको बताए ।

भारतको दार्जेलिङका चिया किसान र व्यापारीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई भेटेर काँकडभिट्टा नाकाबाट भारत निकासी हुँदै आएको नेपाली चियाले स्थानीय उत्पादन प्रभावित भएको भन्दै आयातमा रोक लगाउन आग्रह गरेको हल्ला फैलिए पनि निकासीमा कुनै प्रभाव नपरेको उनी बताउँछन् ।

दार्जलिङका केही चिया व्यपारी र विचौलियाले नेपाली चिया भारत निकासी हुन रोक्नुपर्ने पश्चिमबंगालकी मुख्यमन्त्रीसँग प्रस्ताव राखेको समाचारहरु सार्वजनिक भए पनि अहिले चिया निकासी भइरहेको पराजुलीले बताए ।

यो नाकाबाट गतवर्ष कात्तिक सम्ममा ९६ करोड ९८ लाख ६८ हजार मूल्यको प्लाइउड निकासी हुँदा चालु वर्षको त्यही अवधिमा एक अर्ब २५ करोड ७२ लाख ५९ हजार मूल्यको निकासी भएको छ । यो गत वर्षको दाँजोमा २९.६३ प्रतिशतले बढी हो ।

त्यसैगरी गतवर्ष चार महिनामा ४ करोड ८१ लाख ११ हजार मूल्यको भेनियर सीट निकासी भएकोमा यसवर्ष त्यही अवधीमा १६ करोड ४५ लााख १२ हजारको निकासी भएको छ । भन्सारका अनुसार यो गतवर्षको भन्दा २४१.९४ प्रतिशतले धेरै हो ।

चालु वर्षको चार महिनामा पूर्वीनाकाबाट चिया, प्लाइउड र भेनीयर सीटको निकासी उत्साहजनक रहे पनि सदावहार निकासी व्यापार धान्दै आएको पूर्वको प्रमुख नगदेवाली अलैची, अम्रिसो, अदुवा, काउली, बन्दागोभी, ब्रोकाउली, कुकुर र विरालोले खाने छुर्पीको निकासीले निराश तुल्याएको छ ।

मेची भन्सारको तथ्याङकअनुसार गतवर्षको चार महिनाको तुलनामा चालु वर्ष त्यही अवधिमा अलैचीको निकासी ११.८७, अम्रिसो ११.६६, अदुवा ३७.७४, काउली, बन्दा र ब्रोकाउली २७.९८ र कुकुर बिरालाले खाने छुर्पीको निकासी ४१.४५ प्रतिशतले घटेको छ ।

गतवर्ष चार महिनामा यो नाकाबाट २ अर्ब १५ करोड ६० लाख ९४ हजार मूल्यको १७ लाख ३७ हजार ११० किलो अलैची निकासी हुँदा चालुवर्ष त्यही अवधिमा एक अर्ब ९० करोड २ लाख ४१ हजार मूल्यको १२ लाख ५ हजार नौ सय केजीमात्र निकासी भएको भन्सारको तथ्यांक छ ।

त्यसैगरी ३९ करोड ४ लाख ६७ हजार मूल्यको ३२ लाख ५३ हजार ८९० केजी अम्रिसो निकासी हुँदा चालुवर्ष ३४ करोड ४९ लाख ३७ हजारको मात्र निकासी भएको पाइएको छ । त्यस्तै गतवर्ष चार महिनामा ३७ करोड ७३ लाख ७६ हजार मूल्यको अदुवा निकासी हुँदा चालुवर्ष २३ करोड ४९ लाख ६२ हजारमा सीमित भएको छ ।

गतवर्ष ११ करोड ५४ लाख ६३ हजार मूल्य वरावरको काउली, बन्दागोभी र ब्रोकालउी निकासी हुँदा चालुवर्षको चार महिनामा ८ करोड ३१ लाख ५३ हजार मूल्यको मात्र निकासी भएको छ । त्यस्ते कुकुर तथा विरालाले खाने छुर्पी गतवर्ष चार महिनामा ४८ करोड ७८ लाख ५७ हजारको निकासी भएकोमा यसवर्ष २८ करोड ५६ लाख ६४ हजारको मात्र निकासी भएको भन्सारको तथ्यांक छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार ००:००  १ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping