मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन मन्त्रीको निरीक्षण, विस्तारको काममा यस्तो निर्देशन « Eglish Khabarhub

मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन मन्त्रीको निरीक्षण, विस्तारको काममा यस्तो निर्देशन


१८ मंसिर २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । सोमबारको मध्यराति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार १० वजेपछि मर्मतका क्रममा विमानस्थल बन्द भएपछि सुरु भएको मन्त्रीसहितको एक टोलिको निरक्षण मंगलबार विहान १ बजेसम्म चल्यो ।

निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन । गए राती पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तारको काम सन्तोजनक रुपमै अगाडि बढाइरहेको देखियो ।

मन्त्री पाण्डेले विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न समयमा नै सक्न र तोकिएकै तालिका अनुसार पूरा गर्न निर्देशन दिएका छन् ।

उनले तीब्र गतिमा काम भइरहेको भन्दै समयमै काम सम्पन्न हुने विश्वास रहेको पनि बताए । उनले ठूलो संख्यामा विभिन्न जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्मार्णले विकासे आयोजनाको कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने पनि उल्लेख गरे ।

पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै निर्माणको काम सकेर विमानस्थलको उडान सेवा प्रभावकारी हुने बताए ।

‘१० घण्टा विमानस्थल बन्द गरेर निर्माणको काम तीब्र गतिमा सबै साईडमा काम भइरहेको छ । निर्धारित समय आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, त्यो भन्दा पहिला नै काम हुन्छकी भन्ने अहिलेको युद्धस्तरमा भइरहेको कामले सङ्केत गरेको छ’, उनले भने ।

उनले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै कम्तिमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार ००:००  १० : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping