
काठमाडौं । धनुषाधाम नगरपालिकाको जगदेवमा उखु बोकेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका – ४ का २८ वर्षीय सुनिल दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढल्केबरबाट सिरहातर्फ जाँदै गरेको ज १ त ४६१६ नम्बरको ट्याक्टर धनुषाधाम नगरपालिका-६ स्थित जगदेव पुलकै मंगलबार अनियन्त्रित भएर पल्टिएको हो ।
दुर्घटनाको क्रममा घाइते भएका चालक दासलाई लालगढ मोडेल हस्पिटलमा लगिएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
SHARE YOUR THOUGHTS