
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घात भएको छ ।
स्थानीयस्तरमा उनको उपचार गर्न सम्भव नभएपछि उपचारको लागि दिल्ली पठाइएको छ । हमाललाई मस्तिष्क घात ९ब्रेन अट्याक०को समस्या देखिएपछि शुक्रवार राति धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । तर त्यहाँ उपचार गर्न सम्भव नभएपछि शनिबार दिल्ली पठाइएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघातको समस्या देखिएको बताए ।
उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।
SHARE YOUR THOUGHTS