जीवन बिमा योजनाका अनेकथरी नाम: एउटैले बेच्छ ७५ वटा पोलिसी, सावधिक योजना बढी « Eglish Khabarhub

जीवन बिमा योजनाका अनेकथरी नाम: एउटैले बेच्छ ७५ वटा पोलिसी, सावधिक योजना बढी

सर्वसाधारण झुक्किने गरी जीवन बिमा कम्पनीले बेच्छन् ४१२ नामका पोलिसी, एकै प्रकारका १२१ नाम


२६ मंसिर २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीले ४१२ नामका बिमा पोलिसी जारी गरेका छन् । बिमा कम्पनीहरुले सावधिक जीवन बिमा, बाल बिमा, मनि ब्याक योजना, आवधिक बिमा योजना, होल लाइफ लगायत ४ सय भन्दा बढी नाममा जीवन बिमा पोलिसी बिक्री गर्ने गरेका हुन् ।

कम्पनीहरुले बिक्री गरिरहेका ४१२ योजनामध्ये सबैभन्दा बढी सावधिक जीवन बिमा योजना हुन् । नेपाल बिमा प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीहरुले बिक्री गरिरहेको पोलिसीमध्ये करिब एक तिहाइ सावधिक जीवन बिमा योजना छन् ।

ती कम्पनीले बिक्री गर्ने गरेको योजनामध्ये २९.३६ प्रतिशत अर्थात् १२१ वटा योजना सावधिक जीवन बिमा प्रकार अन्तर्गत पर्छन्।

कुनै निश्चित अवधिसम्मका लागि गरिने बिमालाई सावधिक जीवन बिमा भन्ने गरिन्छ । बिमा अवधि सकिएपछि स्वयमं बिमितले वा बिमा अवधि भित्र बिमितको मृत्यु भएमा बिमितको हकवालालाई बिमांक रकम (बिमा गरिएको रकम) र बोनस प्रदान गर्ने गरिन्छ ।

बिमा कम्पनीहरुले दिने योजनामध्ये सबैभन्दा ठूलो संख्यामा यस्तै योजना रहेको छ ।

साविधिक बिमापछि सबैभन्दा चर्चित बिमा योजना हो, मनि ब्याक पोलिसी । जीवन बिमा कम्पनीले ४१२ नामका बिमा पोलिसी बिक्री गर्दा मनि ब्याक योजना पोलिसीको संख्या २१.११ प्रतिशत छ । कम्पनीहरुले ८७ वटा नामका मनि ब्याक पोलिसी बिक्री गरेका छन् ।

यसैगरी टर्म प्लान प्लान प्रकारको बिमा योजना १५.७७ प्रतिशत अर्थात् ६५ रहेको छ । यसरी बिमा योजना बिमा प्राधिकरणबाट स्वीकृत लिनुपर्ने हुन्छ ।

उल्लेखित ३ वटै प्रकारको योजना सबै १४ वटा जीवन बिमा कम्पनीले विभिन्न नाम दिएर बिक्री गरिरहेका छन् ।

यता बालबालिका लक्षित योजनाको संख्या ५२ रहेको छ । प्रभु महालक्ष्मी बाहेक १३ वटा कम्पनीले यस्तो योजना बिक्री गरिरहेका छन् ।

केही कम्पनीले बालबालिका बिमा योजना रोकेका पनि छन् । नेपालमा बालबालिकाको बिमा गर्ने परम्परा बढ्दै गएको छ । कम्पनीहरुले पनि बालबालिका लक्षित योजनाहरु बढाउँदै लगेका छन् । मध्यम तथा न्युन आय हुनेले समेत आफ्नो दैनिक खर्च कटाएर बालबालिकाको उज्ज्वल भविष्यका लागि भन्दै बिमा गर्छन् । बालबालिकाको बिमा गर्नेहरुले सामान्यतया उच्च शिक्षा अध्ययनका लागि पोलिसी किन्ने गरेका छन् ।

बाहेक जीवन बिमा कम्पनीहरुले ३० वटा नामका होल लाइफ योजना बिक्री गरिरहेका छन् । समग्र पोलिसी संख्यामा होल लाइफ योजनाको हिस्सा ७.२८ प्रतिशत रहेको प्राधिकरणको तथ्यांक छ ।

पछिल्लो समय बिमा कम्पनीहरुले ग्रुप बिमा योजना, टर्म राइडर योजना, माइक्रो प्लान जस्ता विभिन्न योजना बिक्री गरिरहेका छन् ।

सामान्यतया मानिसको जीवनमा हुने अनिश्चित जोखिम विरुद्ध बिमा गरिन्छ । जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगेमा वा मृत्यु भएमा बिमाले सोवापत आर्थिक क्षतिपूर्ति प्रदान गर्दछ । जीवन बिमाको अवधि समाप्त भएपछि बीमित (बिमा गर्ने व्यक्ति) ले वा बिमा अवधि भित्र बीमितको मृत्यु भएमा हकवालाले बोनस सहित एकमुष्ट रकम प्राप्त गर्दछ ।

नेपालमा बिमा तात्कालीन लाभ, स्वास्थ्यका लागि हुने लाभ भन्दा पनि बचतको योजनाका रुपमा हुने गरेको छ । स्वास्थ्यलाई मध्यनजर गर्दै बिमा गर्ने प्रचलन अझै पूर्ण रुपमा व्यवहारमा छैन ।

सामान्यतया जीवन बिमा परिवारमा कमाउने व्यक्ति अशक्त वा मृत्युबाट हुने आर्थिक क्षतिलाई कम गर्न, भविष्यमा बालबच्चाको शिक्षा तथा अन्य खर्च व्यवस्थापन गर्न, बुढेसकालको लागि आर्थिक सुरक्षा प्रदान गरी परनिर्भरता कम गर्न, जीवनमा हुनसक्ने रोगब्याध तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षति कम गर्न, कर छुटको सुविधा प्राप्त गर्न पनि बिमा गर्ने प्रचलन छ ।

सबैभन्दा बढी नामका पोलिसी जारी गर्ने कम्पनी हिमालयन

प्राधिकरणका अनुसार हिमालयन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी विभिन्न शिर्षकमा ७५ वटा नामका पोलिसी जारी गरेको छ । यसैगरी नेपाल लाइफले ४० वटा, नेशनल लाइफले ३३ वटा, मेट लाइफले विभिन्न नामका २५ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ३१ वटा, एशियन लाइफ इन्स्योरेन्सले ३६ वटा, सूर्य ज्योति लाइफ इन्स्योरेन्सले ३५ वटा, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २८ वटा, सन नेपाल लाइफले २१ वटा, आइएमई लाइफले २० वटा नामका बिमा पोलिसी जारी गरेका छन् ।

यस्तै सिटिजन्स लाइफले १६ वटा, रिलायबल नेपाल लाइफले विभिन्न शिर्षकमा १६ वटा, राष्ट्रिय बिमा संस्थानले १२ वटा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न शिर्षकमा २४ वटा नामका पोलिसी जारी गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार ००:००  १० : २६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping