सेयर स्प्लिट गर्दै एनएलजी इन्स्योरेन्स, साथ खोज्दै प्राधिकरणलाई लेख्यो पत्र « Eglish Khabarhub

सेयर स्प्लिट गर्दै एनएलजी इन्स्योरेन्स, साथ खोज्दै प्राधिकरणलाई लेख्यो पत्र


२५ मंसिर २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । एनएलजी इन्स्योरेन्सले आफ्नो सेयर स्प्लिट गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको सेयर स्प्लिट गर्ने भएको हो ।

यस निर्जीवन बीमा कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९ सय ६० रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीको कुल सेयर संख्या १ करोड ५३ लाख ९५ हजार ३ सय ६० हुन आउँछ । एनएलजीले यीनै सेयरको संख्या बढाउने भएको हो ।

सेयर स्प्लिटका लागि एनएलजीले सोमबार नेपाल बिमा प्राधिकरणमा पत्र लेखेको छ । कम्पनीले स्प्लिटको आवश्यक प्रक्रिया जानकारी गराइदिन प्राधिकरणलाई अनुरोध गरेको हो ।

कम्पनीको ऐन २०६३ मा कम्पनीको सबै वा केही सेयर पुँजीलाई अंकित मूल्यभन्दा बढी वा घटी मूल्यको सेयरमा एकीकृत वा विभाजन गरेर सेयर पुँजी हेरफेर गर्न सक्ने अधिकारको व्यवस्था छ । सोहीअनुसार सेयर विभाजन गर्ने गरी प्राधिकरणलाई पक्रियाका बारेमा सोधेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले क्लिकमान्डुलाई जानकारी दिए ।

यसअघि नेपाल लाइफ इन्स्योरेन्सले पनि सेयर स्प्लिट गर्ने तयारी अघि बढाएको थियो । तर, प्राधिकरणलाई नसोधी अघि बढाएको भन्दै कम्पनीको आवेदन अस्विकार गरेको थियो ।

एनएलजीले भने प्रक्रिया थाल्नुअघि नै प्राधिकरणलाई प्रक्रियाबारे सोधेको छ ।

नेपाल लाइफले प्रतिकित्ता १०० रुपैयाँ मूल्यको सेयर टुक्र्याएर ५० प्रतिकित्ता र एक कित्ता सेयरलाई २ कित्ता बनाउन खोजेको थियो ।

एनएलजीको पत्रमा कुल अनुपातमा सेयर विभाजन गराउने भन्ने उल्लेख छैन ।

प्रचलितरुपमा स्प्लिट अनुपात १ बराबर २ वा १ बराबर ३ अनुरुप गरिन्छ । जसरी स्टक स्प्लिट गरिन्छ, त्यसैगरी कम्पनीले सेयर संख्यालाई कम गरेर सेयर मूल्य बढाउन रिभर्स स्टकको अवधारणा प्रयोग गरेर सेयर मूल्यलाई नियन्त्रित गर्न सक्छ ।

कम्पनी ऐनको दफा ५६ को १ (ख)ले सेयर स्प्लिट तथा रिभर्स गर्ने सुविधा दिएको प्रष्ट छैन तर ‘कम्पनीको सबै वा केही सेयर पुँजीलाई अंकित मूल्यभन्दा बढी वा घटी मूल्यको सेयर एकीकृत वा विभाजन गरेर’, त्यस्तै ऐनको दफा २७ को (२) मा अंकित मूल्य ५० रुपैयाँसम्म बनाउन सकिने’ भनेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ ले कम्पनी ऐनभन्दा विपरीत सेयरको अंकित मूल्य कम्तीमा १ सय रुपैयाँ हुनुपर्ने भनेर उल्लेख गरेको छ ।

सेयर स्प्लिट गर्दा नयाँ लगानीकर्ताहरुलाई कम्पनीमा आकर्षित गराउँछ । स्टक स्प्लिटका कारण उक्त कम्पनीको सेयर संख्या वृद्धि (अनुपातअनुसार दोब्बर वा तेब्बर) हुन्छ । साथै प्रतिसेयर मूल्य हालको भन्दा कम (अमुपातअनुसार आधा वा एकतिहाइ) हुन्छ ।

विश्वका अन्य देशको उदाहरण दिने हो भने विश्व चर्चित वैकल्पिक उर्जा तथा अन्तरिक्ष यात्रासँग सम्बन्धित कम्पनी टेस्लाले सन् २०२० मा १ बराबर ५ र २०२२ मा १ बराबर ३ कित्ता सेयर हुने गरी स्टक स्प्लिट गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार ००:००  ७ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping