बिवाईडीको बहुउदेश्यीय एम सीक्स कारको नेपालमा बुकिङ खुल्ला, प्रारम्भिक मूल्य ६० लाख १५ हजार « Eglish Khabarhub

बिवाईडीको बहुउदेश्यीय एम सीक्स कारको नेपालमा बुकिङ खुल्ला, प्रारम्भिक मूल्य ६० लाख १५ हजार



काठमाडौं । बिवाईडीको बहुउदेश्यीय कार एम सिक्स नेपालमा बुकिङ खुल्ला भएको छ ।

बिवाईडीका  लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बहुप्रतीक्षित बिवाईडी एमसिक्सको बुकिङ खुल्ला भएको घोषणा गरेको छ ।

नेपालको पहिलो प्रिमियम ७ सीटर इलेक्ट्रिक एमसिक्सले परिवार र व्यवसाय दुवैका लागि अद्वितीय सुविधा, प्रदर्शन र स्थिरता प्रदान गर्न डिजाइन गरिएको कम्पनीको दाबी छ ।

बिवाईडी एमसिक्स को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ तोकिएको छ । सीमित अवधिका लागि यो गाडीको बुकिङ गर्ने ग्राहकहरूले १ लाख ५० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।

एमसिक्स एउटा बहु-उपयोगी गाडी हो, जसले नेपाली परिवार र व्यवसायका आवश्यकता पूरा गर्न लक्जरी, कार्यक्षमता, र स्थिरतालाई संयोजन गर्ने कम्पनीको दाबी छ ।

यो कारमा ७ प्रिमियम सिट, पानोरामिक ग्लास छत, ५८० लिटरसम्मको लचिलो लगेज क्षमता छ । जसले प्रत्येक यात्रालाई आरामदायी र व्यावहारिक बनाउने कम्पनीको दाबी छ ।

१०० किलोवाटको उच्च-प्रदर्शन इलेक्ट्रिक मोटर र ४४० किलोमिटर सम्मको दायरा, जसले पहाडी बाटो र लामो यात्रालाई सजिलो बनाउँछ ।
११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले गाडीलाई ३७.४ मिनेटमा पूर्ण चार्ज गर्न सक्षम बनाउँछ ।

१२.८ इन्चको घुमाउन मिल्ने इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ, र बिवाईडीको एड्भान्स लेभल २ एडास प्रविधि समावेश छ ।

एमसिक्सले नेपालको इलेक्ट्रिक गतिशीलतामा उल्लेखनीय फड्को ल्याउने दाबी छ ।

१ लाख ५० हजार रुपैयाँको विशेष नगद छुट पाउनेछन् । यो अफर २४ डिसेम्बर २०२४ सम्म मात्र मान्य हुने कम्पनीको दाबी छ ।

Publish on: