![](https://internal.appharu.com/wp-content/uploads/2024/12/c9e3aa91-9424-4825-b95b-d0ff35f5890e-scaled.jpg)
काठमाडौं । सौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जिएसई इलेक्ट्रिक कार बिक्री सुरु गरेको छ ।
यो प्रिमियम सेडान कार हो । कम्पनीका अनुसार ४९ किलोवाट आवर ब्याट्री क्षमताको यो कारको मोटर आउटपुट ९९ किलोवाट छ ।
फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ । १७० एमएम ग्राउण्ड क्लियरेन्स छ । ३६० डिग्री एभीएम भिजुअल सिस्टम छ । ४१० लिटर बुट स्पेस छ । नेपालको भुगोललाई मध्यनजर गरी यो कार ल्याइएको कम्पनीको दाबी छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/jm-ev-scaled.jpg)
यो कारको ५३ लाख ९९ हजार रुपैयाँ पर्छ । यो जिआङसी जियाङलिङ ग्रुप भेहिकल कम्पनी लिमिटेड (जेएमईभी) ले निर्माण गरेको हो ।
सन् २०१५ मा स्थापना भएको जेएमईभी चीनको उद्योग र सूचना मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरुमध्ये एक हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/ccb6e8ff-fb6e-4299-b3d8-95d5fc9b8d57-scaled.jpg)
सन् २०१९ मा रेनल्ट समूहले जेएमईभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा बढेको बताइन्छ ।
SHARE YOUR THOUGHTS