पुबुदुको ‘पावर प्याक’ अब जनकपुरमा, सफलता दिलाउन केही दिनमात्रै बाँकी (भिडियोसहित) « Eglish Khabarhub

पुबुदुको ‘पावर प्याक’ अब जनकपुरमा, सफलता दिलाउन केही दिनमात्रै बाँकी (भिडियोसहित)



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गतका लिग चरणका खेलहरु सकिने अवस्थामा पुग्दैछ ।

यो अवस्थामा जनकपुर बोल्ट्स प्ले अफमा पुग्ने पहिलो टोली हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसनायके अहिले एनपीएलको टोलीअन्तर्गत जनकपुरको प्रशिक्षकको रुपमा कार्यरत छन् ।

नेपाली टोलीलाई ठूलो सफलता दिलाएका उनी अहिले जनकपुरलाई पनि सफल बनाउने योजनामा छन् ।

नेपालले विश्वकप क्रिकेटको खेलमा प्रशिक्षकको भूमिकामा भएका पुबुदुले नेपाललाई दुई जित पनि दिलाएका थिए । पुबुदुले एनपीएलमा आफू प्रशिक्षकको रुपमा आउन पाउँदा धेरै खुसि भएको बताएका छन् ।

एनपीएल जस्तो प्रतियोगिता आयोजना हुँदा नेपाली क्रिकेटलाई नै धेरै फाइदा पुग्ने भएको उनले बताए । त्यस्तै प्रतियोगिताले गर्दा नयाँ खेलाडी पनि उत्पादनको लक्ष्य भएको बताए ।

‘एनपीएल जस्तो ठूलो प्रतियोगिता आयोजना हुनु नेपाली क्रिकेटका लागि ठूलो सफलताको कुरा हो । यसले गर्दा नयाँँ खेलाडी उत्पादन पनि हुन्छन् । यो मेरो लागि पनि राम्रो हो नेपाली क्रिकेटसँग जोडिन पाएको छु,’ पुबुदुले भने ।

पुबुदुले प्रतियोगिताको उपाधिका लागि आफूहरु तयार भएको बताएका छन् । प्लेअफसम्ममा आफूहरुले उत्कृष्ट प्रदर्शन गरेको कारण प्लेअफमा सम्भावना बनाएको र अब बाँकी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए ।

‘प्रतियोगितामा हामी अघिल्लो चरण पुगेका छौं । हालसम्मको खेलमा हामी बलियो नै छौं । यसै अनुसारको प्लानिङमा हामी जानेछौं । यसै अनुसार चल्दा पक्कै सफल हुनेछौं । हाम्रो एक खेलाडी मात्र एक खेलमा चलेमा हामी सफल बन्नेछौं,’ पुबुदुले भने ।

पुबुदुले प्रतियोगिताबाट नेपाली क्रिकेटमा नयाँ खेलाडीको राष्ट्रिय टोलीमा आगमन हुने खेलाडीको विषयमा पनि आफू ढुक्क भएको बताएका छन् । प्रतियोगितामा विपीन शर्मा, शेर मल्ल जस्ता खेलाडी नेपाली टोलीका लागि पछि ठूलो नाम कमाउने बताएका छन् ।

‘धेरै खेलाडी नेपाली क्रिकेटको भविश्यका लागि आवश्यक छन् । अहिले देखिएका स्टार खेलाडीमा शेर मल्ल, विपीन शर्मा जस्ता धेरै खेलाडी छन् । जो भविश्यमा नेपाली टोलीबाट खेल खेलेर स्टार बन्न सक्छन्,’ पुबुदुले भने ।

Publish on: