ज्योति ग्रुपको औपचारिक फुटपछि पद्मको भावुक भाषण, सौरभले सम्झिए हजुरबा मणिहर्षले सिकाएको पाठ « Eglish Khabarhub

ज्योति ग्रुपको औपचारिक फुटपछि पद्मको भावुक भाषण, सौरभले सम्झिए हजुरबा मणिहर्षले सिकाएको पाठ



काठमाडौं । शताब्दी पुरानो बिरासत बोकेको व्यावसायिक घराना ज्योति समूह विधिवतरुपमा अलग भएको छ । भाजुरत्न ज्योतिले सुरु गरेको व्यवसायलाई मणिहर्स ज्योतिले व्यापक विस्तार गरेका थिए । ज्योति समूहभित्र पछिल्लो समय सम्पत्तिको विवाद उत्कर्षमा पुगेको थियो ।

एकले अर्काको विरुद्धमा प्रहरीमा उजुरी दिने, अड्डा अदालत धाउनेदेखि मिडिया बाजी गर्दै आएका थिए । जसले ठूलो बिरासत बोकेको ज्योति समूह पारिवारिक किचलोका कारण बदनाम हुनुका साथै व्यवसायमा पनि निकै पछाडि परेको छ । नेपालमा पहिलो पटक निजी क्षेत्रबाट यही समूहले ऋण लिएको थियो । नेपाल बैंकबाट भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सले लिएको ऋण नै निजी क्षेत्रले लिएको पहिलो ऋण हो ।

यसअघि ज्योति समूहको अध्यक्ष पद्म ज्योति, उपाध्यक्ष डा. रुप ज्योति रहेकोमा अहिले पद्म ज्योतिले नयाँ समूह गठन गरेका छन्। पद्म ज्योति निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

लामो आन्तरिक विवादपछि दाजु पद्म ज्योति र भाइ रुप ज्योति अलग भएका हुन् । योसँगै पद्म ज्योतिले नयाँ समूह र लोगो सार्वजनिक गरेका छन् । आइतबार पद्म ज्योति समूह घोषणा गरेका छन् ।

पद्म ज्योति समूहको अध्यक्षमा पद्म ज्योति रहेका छन् भने संस्थापक सदस्यमा मीरा ज्योति तथा निर्देशक सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति रहेका छन् । यो समूहमा नयाँ पुस्ता रहेका छन् ।

नयाँ समूह घोषणा कार्यक्रममा अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्ष ज्योतिको विरासतलाई आत्मसात गर्दै नयाँ अध्याय सुरु गरे बताए ।

पद्म ज्योति समूह घोषणा गर्ने कार्यक्रममा पद्म ज्योति र सौरभ ज्योतिले व्यक्त गरेको मन्तव्य जस्ताको त्यस्तै:

पद्म ज्योति

ज्योति ग्रुपले आफ्नो पहिचान लाई पद्म ज्योति ग्रुपको नयाँ उत्पत्ति गरेसँगै एउटा चर्चित विरासतको नयाँ अध्याय सुरुवात भएको छ । एक शताब्दीभन्दा लामो समयदेखि ज्योति ग्रुपको मार्गदर्शक सिद्धान्तको रुपमा जीवित रहेको आस्था, नवीनता र उत्कृष्टतालाई यथावत राखी यो नवीन सुरुवातले व्यवसायलाई अग्रगति दिनेतर्फ नयाँ बाटो कोरेको छ ।

सन् १९२० मा भाजुरत्न र छोरा मणिहर्ष ज्योतिले स्यामुकापुको स्थापना गरेसँगै ज्योति समूहको इतिहास सुरु भएको थियो । दशकौं लामो इतिहासमा ज्योति ग्रुपले व्यापार व्यवसायका महत्वपूर्ण क्षेत्रहरुमा आफुलाई बिस्तार गरी नेपालको औद्योगिक तथा आर्थिक परिदृश्यमा अग्रपंक्तिमा रहन सफल भएको छ । ज्योति ग्रुपले आफ्नो इतिहासकालमा व्यवसायिक तथा सामाजिक महत्वका अनेकौं उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको छ ।

सन् १९६१ मा नेपालको पहिलो फलाम कारखाना हिमाल आइरनको स्थापना गर्नु, सन् १९६५ मा नेपालभरका किसान र उद्योगहरूलाई एउटै छानामुनि वस्तु बिक्री तथा सेवा उपलब्ध गराउन अग्रगामी रहेको भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्सको थालनी गर्नु, सन् १९६८ मा नेपालको पहिलो सिमेन्ट कारखाना हिमाल सिमेन्टको सुरुवात गर्नु, नेपालको पहिलो अक्सीजन उद्योग हिमाल अक्सीजन, पहिलो फलामे तार उद्योग हिमाल वायर्स स्थापना गर्नु, नेपाली आम जनतालाई सहज यात्राको स्वतन्त्रता दिने उद्देश्यले सन् १९६८ मा होन्डा र पछि हिरो कम्पनीका मोटरसाइकलको आपुर्तिको सुरुवात गर्नु आदिलाई यसको प्रमुख उदाहरणको रुपमा लिन सकिन्छ । त्यतिमात्र नभई नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट कर्जा लिने पहिलो ग्राहक बनी हाम्रा संस्थापक भाजुरत्नले बैकिङ कर्जा भनेको व्यवसायीहरुको लागि आधुनिक युगमा एउटा स्रोत हुने देखाएका थिए ।

ज्योति परिवारको सक्रियता व्यवसायिक क्षेत्रमा मात्र सिमित छैन । यसले समुदाय तथा राष्ट्रको सम्पदा र संस्कृतिको संरक्षण तथा संवर्धनका निम्ति समाज कल्याण तथा परोपकारका कार्यहरुलाई चार पुस्तादेखि उत्तिकै महत्व दिने गरेको छ । आफ्नो व्यवसायको प्रारम्भदेखि नै दान, समाजसेवामार्फत् व्यवसायिक सामाजिक उत्तरदायित्वलाई प्रचार नगरी सन्तुलित ढंगले बहन गर्दै आइरहेको छ ।

केहि समयदेखि ज्योति परिवार पारिवारिक कम्पनीहरूको पुनर्संरचना र विभाजनको कठिन क्षणबाट गुज्रिरहेको धेरैलाई थाहा नै छ । पारिवारिक विवाद भनेको नेपाली समाजमा मात्र नभई संसारभरी हुने एक तथ्य हो । इतिहासले देखाउँछ कि परिवारहरु मात्र होइन, व्यवसाय, राज्य र राजनीतिक पार्टीहरु समेत बलियो हुनका लागि पनि टुक्रिन्छन् । हरेक सुर्यास्तपछि एउटा नयाँ सुर्योदय हुन्छ । त्यसैले, यस विषयमा ज्योति परिवार आशावादी छ कि यसले पनि चाँडोभन्दा चाँडो एउटा सर्वहितकारी निकासा प्राप्त गर्ने नै छ । हामी सम्पूर्ण ज्योति परिवारको मंगल र सुखशान्तिको कामना गर्दछौं ।

हामीलाई थाहा छ, जुनसुकै चुनौतीपूर्ण अनुभवले पनि सिकाईको एक न एक बहुमूल्य अवसर प्रदान गरेको हुन्छ । हाम्रो पद्मज्योति परिवारमा, हामीले पाँच वर्षअघि पारिवारिक विधान बनाएका छौं, जसले हामीलाई उचित मार्गदर्शन दिन महत्वपूर्ण भुमिका खेलेको छ । हामी पद्म ज्योति परिवार एकबद्ध छौं र एकढिक्का भई सबै निर्णय गछौं । हामीले हाम्रो बाटो स्पष्ट छानेका छौं ।

हामी विगतमा हराउन चाहँदैनौं । बरु हाम्रो समय र ऊर्जालाई आफ्नो भविष्य र भावी पुस्ताका लागि खर्च गर्न चाहन्छौं । आफ्नो उन्नति, स्थिरता एवं खुसियालीका लागि भविष्यमा लगानी गर्न र काम गर्न चाहन्छौं ।

पद्म ज्योति ग्रुपले आधुनिकता र नवप्रवर्तनको विचारधाराको प्रतिनिधित्व गर्दछ । यस ग्रुपले स्याकार ट्रेडिङ कम्पनीमार्फत अटोमोटिभ वाहनहरु आपूर्ति, हिमाल मोटो कम्पनीबाट उद्योग संचालन, स्याकार हायर पर्चेज कम्पनीमार्फत वित्तीय सेवा, सन् इन्टरनेशनल कम्पनीबाट खानेकुरा क्षेत्र र व्हाइट हैट कम्पनीहरुमार्फत सेवा र प्रविधि क्षेत्रमा प्रभावकारी प्रगति गर्दैछ।

मानार्थ अध्यक्ष पद्म ज्योति र ज्योति परिवारको नयाँ युवा पुस्ताको नेतृत्वमा यो पद्म ज्योति ग्रुप सकारात्मक परिवर्तन हासिल गर्न, स्थानीय उद्यमशीलतालाई बढावा दिन तथा रोजगारी सिर्जना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैब प्रतिबद्ध रहनेछ । यो परिवर्तन केवल नामको परिवर्तन मात्र नभई विकास, उत्कृष्टता र सामुदायिक सशक्तिकरणप्रति हाम्रो पुनः प्रतिबद्धता हो ।

हाम्रो भविष्य र ज्योति परिवारको पहिचान दुबै सुरक्षित रहनेमा हामी निश्चिन्त छौं । १०० वर्षदेखि गरिआए झैं आफ्नो बुद्धि, क्षमता प्रयोग गरी इमानदारीता र विनम्रता साथ अर्थतन्त्र, समाज र मुलुकको सेवामा लागि परिरहने बाचा गर्दछौं ।

हाम्रो यो नवीन सुरुवातको उपलक्षमा यहाँहरु सबैबाट आशीष र सद्भाव पाउनका लागि प्रार्थना गर्दछौं ।

सौरभ ज्योति

ज्योति समूहका १००औँ वर्षको इतिहास ४ पुस्ता र आफूले आफैंलाई युवा ठाने पनि हाम्रो पुस्ताको उमेर ढल्किसक्यो । अब ज्योति समूहको पाँचौँ पुस्ता पनि ठुलो भइसके र केही वर्षमा काम जोइन गर्छन् । त्यसैले पनि परिवर्तनको आवश्यकता जरुरी छ।

हाम्रा चेयरम्यान एमेरिटसले भर्खरै व्याख्या गरे अनुसार हाम्रो र काकाको परिवारबीच केही समस्याहरु आएका छन् । यो सत्य हो ।

तर भन्छन् नि- पुस्तकमा धेरै अध्याय हुन्छन् । एउटा नराम्रो अध्यायले गर्दा किताबको अन्त्य हुँदैन । आज हामी एउटा नयाँ अध्याय सुरू गर्ने चरणमा छौँ । नयाँ पद्म ज्योति ग्रुप यो इभोलुसनको प्रक्रिया हो र हामी इभोल्व गर्न सकेनौँ भने यक्सटिन्ट हुन्छौं।

यक्सटिन्सन्को कुरा गर्दा जनवारहरुमा, डाइनोसोर, डोडो चरा यक्सटिन्ट भए । विजनेसेसमा पनि कोडक, कम्प्याक कम्प्युटरर्स एनरोन, ब्लकबस्टर बन्द भए । टेकनोलोजीमा, फ्याक्स मेशिनस, पेजरर्स, टेलिग्राम अब छैनन् ।

यो उदाहरणहरूको पाठ सिकेर हामी समय सापेक्ष आफूलाई र ज्योति समूहलाई परिवर्तनतर्फ लगिराखेका छौं ।
हजुरबुवा मणिहर्ष ज्योतिसँग मैले बाल्यकालमा समय बिताउने शुभ अवसर पाए । हजुरबुवाले मलाई धेरै माया गर्नुहुन्थ्यो र उहाँबाट मैले धेरै सिकेको छु ।

उहाँले मलाई ३ पाठ सिकाउनुभएको म कहिल्यै बिर्सिन्न ।

१. हजुरबुवाले हाम्रो परवानिपुरको ज्योति फार्ममा राम्रो पिच बाटो भएता पनि जहिले पनि खेतको बाटो हुँदै फ्याकट्रीतिर लानु भएको थियो । राम्रो बाटो नलगी खेतबाट जहिले किन लगेको भनेर सोधेँ ?

उहाँले भन्नुभयो, ‘पिच बाटो हिँड्न सजिलो होला, तर त्यहाँ फूलहरू भेटिँदैन ।’

खेतको बाटोमा खाल्डा खुल्डी छन् । चुनौतीपूर्ण छ । तर चुनौतीले नै अवसर प्रदान गर्छन् । हाम्रो परिवार छुट्न जाँदा हामीलाई धेरै दुःख र पीडा भयो ।

तर त्यसबाट हामीले सिकेर त्यो चुनौतीहरुलाई अवसरको रुपमा परिणत गर्यौं । हाम्रो व्यवसायलाई विकास र विस्तार गरेर अगाडि बढेका छौँ ।

२. हजुरबुवा भन्नुहुन्थ्यो- ‘आफ्नो विकासको मात्र सोच्यो भने मानिस सफल हुन सक्लान् तर हामीले त्यस्तो सफलता खोज्नु हुँदैन । आफ्नै सफलताले समाज र राष्ट्रलाई पनि योगदान पुर्याउने गरी सकारात्मक परिवर्तन ल्याउनुपर्छ । त्यो प्रकारको सफल हामी हुनु पर्छ ।’

यही सिद्धान्त नयाँ पद्म ज्योति ग्रुपको कोर भ्याल्युजमा परिणत भएको छ- सकारात्मक परिवर्तन हाम्रो प्रतिबद्धता ।

३ हजुर बुवा भन्नुहुन्थ्यो- उद्योगको काम डर होस् या देशको राष्ट्रप्रमुखको, दुबैलाई बराबर सम्मान र इज्जत गर्नुपर्छ । यो पनि पद्म ज्योति समूहको मूल्य र मान्यतामा छ । सबैप्रति विश्वास, सम्मान र निष्पक्ष । हाम्रो इतिहास र सिद्वान्तहरूमा टेकी हामी नयाँ काम तिर उड्ने क्रममा छौं । हामी महत्वपूर्ण परिवर्तनको मोडमा छौं । पद्म ज्योति समूह विकासतिर लागिरहेका छौं, वृद्धिको गतिमा छौं । उत्पादनशील उद्योगहरुमा लगानी गरिरहेका छौं । पद्म ज्योति समूह मुलुकमा अझै रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्नतिर लक्षित छ ।

अन्त्यमा
भन्छन् कि कहिलेकाहीँ केहि कुराले तपाईको हृदयमा चोट पुग्छ । तर त्यसले तपाईको भिजन फिक्स हुन्छ । हाम्रो अवस्था पनि त्यस्तै छ । अब हाम्रो दृस्टी स्पष्ट छ । हामी इमान्दार, महेनत र लगनशीलताका साथ अगाडी बढ्दैछौं । यो नयाँ यात्रामा हामीहरुलाई तपाईंहरुको शुभकामना र साथ चाहिन्छ । पद्म ज्योति समूहको नवीन सुरुवातमा तपाईंहरुको सहयोग, स्नेह र सद्भाव सधैँ रहनेछ भन्ने हाम्रो विश्वास छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार ००:००  ६ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping