कालिमाटी तरकारी बजारमा आज : सस्तो भयो प्याज, प्रतिकिलो ७६.२५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज : सस्तो भयो प्याज, प्रतिकिलो ७६.२५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेडा ५५, टनेलको सानो गोलभेडा ६५, रातो आलु ५७.६७, सेतो आलु ५१.६७, प्याज ७६.२५, गाजर लोकल ९५, गाजर तराई ९५, बन्दा लोकल ४५, बन्दा तराई ४५, बन्दा नरिवल ४५, स्थानीय काउली ९०, स्थानीय काउली ज्यापु १०५, तराई काउली ९५, सेतो मुला २७.६७, लाम्चो भान्टा ७५, डल्लो भान्टा ७५, तने बोडी १२५, मटरकोशा १७० र घिउ सिमी ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै टाटे सिमी ९५, तिते करेला ९५, लौंका ९५, परवर(लोकल) ८५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो ४५, भिण्डी १३५, बरेला ६५, पिडालु ७५, स्कुस ३०, रायो साग ३०, पालुङ्गो साग ७५, चमसुरको साग ५५, तोरीको साग ४५, मेथीको साग ६०, हरियो प्याज ८५, बकुल्ला ९५, तरुल ७५, कन्ये च्याउ १८०, डल्ले च्याउ ३००, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ९५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य

Publish on: