
काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा संलग्न जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ ।
आज (शुक्रबार) पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा संलग्न रहेका राईसहित १९ जनालाई मुद्दा दर्ता गरेको हो ।
उनीहरुलाई थप १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ । यसअघि १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ माग दाबी गरिएको थियो । अहिले पुरक निवेदनमा ४० करोड थपिएको हो ।
उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, भविश्वर अर्याल, प्रमोद भट्टराई, अनुज नकर्मी पुर्पक्षका लागि थुनामा छन् ।
जीबी राईका दाइ भूपेन्द्र राई, सागर केसी, थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर, बुद्धि गुरुङ फरार छन् । उनीहरु विरुद्ध मुद्दा दर्ता भएको छ ।
SHARE YOUR THOUGHTS