मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपीएल : फाइनल खेल हेर्न प्रचण्ड, देउवा र मधेशवादी दलका नेताहरू कीर्तिपुर पुगे


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न विभिन्न राजनीतिक दलका शिर्षस्थ नेताहरु कीर्तिपुरस्थित खेल मैदान पुगेका छन् ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोसहित मधेशवादी दलका शिर्षस्थ नेताहरु कीर्तिपुरको खेल मैदान पुगेका थिए ।