हट एयर बेलुन उडाएर पोखरामा सार्वजनिक भयो बिवाईडीको एमसिक्स, कति पर्छ मूल्य ? « Eglish Khabarhub

हट एयर बेलुन उडाएर पोखरामा सार्वजनिक भयो बिवाईडीको एमसिक्स, कति पर्छ मूल्य ?



काठमाडौं । बिवाईडीको बहुउदेश्यीय कार एम-सिक्स (BYD M6) पोखराबाट बिक्री सुरु भएको छ ।

बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इकंले ‘बेलुन फेस्ट’बाट नयाँ एमपीभी सार्वजनिक गरेको हो । कम्पनीले काठमाडौंमा यस अघि नै एम सिक्सको बुकिङ खुला गरेको थियो ।

नेपालको पहिलो प्रिमियम ७ सीटर इलेक्ट्रिक एमसिक्सले परिवार र व्यवसाय दुवैका लागि अद्वितीय सुविधा, प्रदर्शन र स्थिरता प्रदान गर्न डिजाइन गरिएको कम्पनीको दाबी छ ।

बिवाईडी एमसिक्सको प्रारम्भिक मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

एमसिक्स एउटा बहु-उपयोगी गाडी हो, जसले नेपाली परिवार र व्यवसायका आवश्यकता पूरा गर्न लक्जरी, कार्यक्षमता, र स्थिरतालाई संयोजन गर्ने कम्पनीको दाबी छ । अहिलेसम्म यो गाडी १ सयवटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

यो कारमा ७ प्रिमियम सिट, पानोरामिक ग्लास छत, ५८० लिटरसम्मको लचिलो लगेज क्षमता छ । जसले प्रत्येक यात्रालाई आरामदायी र व्यावहारिक बनाउने कम्पनीको दाबी छ ।

१०० किलोवाटको उच्च-प्रदर्शन इलेक्ट्रिक मोटर र ४४० किलोमिटर सम्मको दायरा, जसले पहाडी बाटो र लामो यात्रालाई सजिलो बनाउँछ र

११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले गाडीलाई ३७.४ मिनेटमा पूर्ण चार्ज गर्न सक्षम बनाउँछ ।

१२.८ इन्चको घुमाउन मिल्ने इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ, र बिवाईडीको एड्भान्स लेभल २ एडास प्रविधि समावेश छ ।

एमसिक्सले नेपालको इलेक्ट्रिक गतिशीलतामा उल्लेखनीय फड्को ल्याउने कम्पनीको दाबी छ ।

Publish on: