
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनासम्मको अवधिमा १४ जीवन बिमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् ।
जीवन बिमा कम्पनीहरूले यो अवधिमा ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ नवीकरण बिमाशुल्क र १ अर्ब १८ करोड ९७ लाख रुपैयाँ वैदेशिक रोजगार बिमाशुल्क आर्जन गरेका छन्, भने पहिलो बिमाशुल्क मात्रै १२ अर्ब ४७ करोड १ लाख रुपैयाँ रहेको छ। बिमा प्राधिकरणका अनुसार हाल कुल सक्रिय बीमालेख संख्या १ करोड ३३ लाख ४२ हजार २४६ वटा रहेको छ ।
यस्तै, मंसिर महिनामा मात्र जीवन बिमा कम्पनीहरूले ३ लाख ७७ हजार ९२८ वटा बिमालेख जारी गरी १२ अर्ब ३४ करोड ८६ लाख रुपैयाँको बिमा शुल्क आर्जन गरेका छन् ।
एक महिनामा नवीकरण बिमा शुल्क ९ अर्ब ३९ करोड ४३ लाख रुपैयाँ, वैदेशिक रोजगार बिमा शुल्क २७ करोड ८७ लाख र पहिलो बिमाशुल्क २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँ रहेको छ । पहिलो बिमाशुल्क वैदेशिक रोजगार बाहेक हो ।
बिमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
धेरै बिमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले ७ अर्ब ६६ करोड ३६ लाख, मेट लाइफले २ अर्ब ३३ करोड २० लाख, एशियन लाइफले ३ अर्ब ३६ करोड ४ लाख, आइएमई लाइफले १ अर्ब ८९ करोड ४९ लाख, सन नेपाल लाइफले १ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
बिमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म रिलायबल नेपाल लाइफले १ करोड ९२ लाख १५ हजार, सिटिजन्स लाइफले २ अर्ब ६५ करोड ५४ लाख, सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड ६८ लाख, सानिमा रिलायन्सले २ अर्ब ५९ करोड ७५ लाख, हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
यस्तै, हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ र राष्ट्रिय जीवन बिमा कम्पनीले २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
SHARE YOUR THOUGHTS