आज मौसम सफा रहने : मौसम महाशाखा « Eglish Khabarhub

आज मौसम सफा रहने : मौसम महाशाखा



काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको आँशिक प्रभाव रहेपनि सोमबार देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार सोमबार कोशी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ। बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेको छ।

मंगलबार भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Publish on: