काठमाडौं । सेयर बजार मापन गर्ने सूचक ३३.०८ अंकले घटेको छ । नेप्से परिसूचक ३३.०८ अंकले घटेर परिसूचक घटेर २५७६.५० बिन्दु कायम भएको छ । बजारमा आएको उच्च गिरावटले बजार २६ सय बिन्दुबाट झरेको छ ।
कारोबारमा ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा वित्त कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । वित्त समूह ५.१९ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक समूह २.७७ प्रतिशतले घटेको छ ।
बैंकिङ समूह ०.९२, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१, म्युचुअल फन्ड ०.३८ र निर्जीवन बिमा ०.९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज ०.०६ प्रतिशतले बढेको छ ।
सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ०१ प्रतिशतले बढेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख आठ हजार पाँच सय ५७ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया